For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सत्ताको अहंकारमा बेलगाम बोली

byDainik Nepalgunj
April 4, 2025
in विचार
0 0
0
सत्ताको अहंकारमा बेलगाम बोली
Share on FacebookShare on Twitter

नेपाली राजनीतिक पार्टीहरूमा गालीगलौच, बेआधार आरोप,
आफ्नो कित्ताको भएन भने सिधै भित्तैमा पुर्याउने गरि गरिने ब्यवहार सामान्य जस्तै छ ।

विगत चारपाँच दशक यता चलेको र आजपर्यन्त गालीगलौच, आधारहीन आरोपको श्रंखलाले अझै परिपक्वता लिएको छ । बिशेष गरि वामपन्थी विचारधारा भएका राजनीतिक पार्टी कार्यकर्ताहरूमा विचार नमिल्नेहरूलाई सके सफाया गर्ने त्यसो गर्न नसके निषेध गरेर जाने राजनीतिक स्कूलिङ गराइने गरिएको पाइन्छ । चाहे त्यो भूमिगत कालमा होस् या २०४६ पििछको खुला परिवेशमा, नेपालमा निषेधको राजनीति र आफ्ना वैचारिक विरोधिहरूलाई क्षतिपति केहि नराखी आरोप लगाउने, भित्तैमा पुर्याउने, सके सफाया गर्ने, नसके धम्क्याउने, निषेध गर्ने प्रचलन ब्याप्त रहेको छ । बेलगाम बोलीले चुटेर भएपनि चारपाँच जनाको गुट बनाएर पार्टीको नाम दिने, आफ्ना भजन मण्डलीहरू बनाएर लेख्न, नाँच्न गाउन लगाउने, गीतबाट वचन र बोलीबाट, भाषण र ब्यवहारबाट नै निषेध गरेर जाने प्रचलन नेपाली राजनीतिमा बनमारा झार झैं जताततै मौलाएको पाइन्छ । पछिल्लो समय यस्तै स्कूलिङमा हुर्के बढेको पुस्ता सत्तासनि भैरहेको अवस्था छ । यहि पुस्ताले नेपाली समाजमा बेलगाम बोली, ठाँटछलको राजनीतिक चरित्रलाई खुबै मलजल गरिरहेको छ । पिण्डखाने भैसकेका केहि भूमिगत कालदेखिका समाजमा भ्रम छरेर यहाँसम्म पुगेका नेताहरूमा त झन यो चरित्र नहुने कुरै भएन । आज यहि पुस्ता सत्तामा छ र यसको बोली बेलगाम र झन भन्दा झन छुद्र बन्दै गैरहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको दोस्रो महासचिव र वामपन्थी आन्दोलनका संस्थापकहरू मध्ये एक नेता केशरजंग रायमाझीले राजा महेन्द्रको विक्रम संवत २०१७ सालको कदमलाई ‘प्रगतिशील कदम’ भनेका कारण तत्कालिन वामपन्थीहरूले रायमाझीलाई दरभङ्गामा बैठक गरेर ‘गद्दार’ को मात्रै संज्ञा दिएनन् आजसम्म पनि उनकै नामबाट कम्यूनिष्टहरूमा ‘रायमाझी प्रवृति’ को भाष्य नै बनाइएको छ । आफ्नो बिरोधलाई रायमाझी प्रवृति भन्नेहरूले पछिल्लो चरण ‘आलोक प्रवृति’ को भाष्य पनि बनाए । पार्टीभित्र गुट र गुटनायकहरूको निर्माण गर्ने र त्यसभित्र अर्को गुटलाई निषेध गर्ने, छुद्र ब्यवहार गर्ने, अहंकार देखाउने, किनारा लगाउने जस्ता कुराहरू सामान्य अनविार्य काम जस्तै बनाइए । यसको असर तिनिहरू सत्तामा जाँदा राज्य संयन्त्रभित्र, शिक्षक कर्मचारीभित्र, विद्यार्थी भित्र र समाजमा समेत पर्न थाल्यो । राजनीतिले समाज विकास यस्तै भाष्य र आर्दशबाट गर्न थालेपछि २०४७ सालतिर पानी बाराबार, विहेवारी बाराबार र पछिल्लो समय समाजिक राजनैतिक जातिय क्षेत्रिय कित्ताकाटको चरमोत्कर्षमा समाजलाई पुर्याइयो ।

नेपाली राजनीतिक सत्ताको अहंकार र बेलगाम बोलीका सर्वमान्य पात्र ओली र प्रचण्ड हुन् । माधव नेपालबाट सत्ता लिएपछि ओलीमा अहंकारको डुङ्गुर बढेको हो भने वैद्यबाबुरामहरूलाई किनारा लगाएर प्रचण्डको अहंकार चुलिएको हो । यसैले यिनिहरूमा न बोलीको कुनै ठेगान छ न विश्वसनियता नै छ । केहि सण्डमुण्ड र साइबर स्यालहरूको डफ्फा पालिएका छन् । ठेक्कापट्टा कमिशन मिलाइ दिएर मौसमी भजनेहरू पालिएका छन् । नियुक्ति कनेक्शन मिलाएर मञ्च चढाइएका केहि बुद्धिजिविहरू पालिएका छन् । यस्तै यस्तैका बलमा पार्टीभित्र महागुटको नेता र सत्ता मझेरीको निर्णायकत्व लिएर चौपाल जमाएकाहरूको अहंकार र निषेधको पाराकाष्ठा नै चलिरहेको छ ।

भनिन्छ लोकतन्त्रमा सबैको जीत हुन्छ । चुन्ने चुनिने एउटा विधि र प्रक्रिया हो तर जित्नेवाला जित्नेहार्ने सबैको पनि साझा हुन्छ । नजितुञ्जेल दलको होला तर जितेपछि उ राज्यको हुन्छ । तर नेपालमा त्यस्तो सम्भवै रहेन । यहाँ त नजितुञ्जेल पार्टीको हुन्छ जितेपछि नितान्त गुटको हुन्छ । राज्यशक्तिको परिभाषा नै त्यहि गुटको नाइकेको मुखबाट निस्किन्छ । सत्ताको अहंकारको मुस्लो पनि सत्तासीन रहेको पदको मर्यादा बिर्सेर बर्सिन्छ । अनि देशमा राजनीति, पार्टी, सत्तासँग चरम निराशा र असन्तुष्टि नबढेर के बढ्छ त ?

झुठ फरेब, गर्न नसकिने कुराहरूको बर्षा, बेतुकी सपनाहरूको पोका वितरण, हरेक घुम्तीमा पुगेर पछिल्लो घुम्तीका जनताको आस्थामाथिको भद्दा मजाक, आफै बोक्सी आफै धामी जस्ता कुराहरू नेपाली लोकतन्त्रका पर्याय नै भएका छन् । आफ्नै मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता प्रति घृणा र बिषवमन गरेर अग्रगमनकारी बन्ने, हत्याहिंसा, जातिय कित्ताकाट, यौनका साहित्य लेखेर प्रगतिशीलबन्ने भाष्य निर्माण भएको छ । जनता मर्दा किन मरे ? कसका कारणले मरे ? त्यो कुरा सत्तालाई चासो हुँदैन । उल्टो ‘दुईचारवटा आँप झर्छन त्यसले कुनै फरक पर्दैन’ भनिन्छ । जनता सडकमा निस्किँदा किन निस्के ? सत्तासँग के चित्त बुझेन र के गर्नुपर्ने भयो भन्ने छैन । जनताको लर्कोलाई ‘माखे साँङ्लो र दशप्रन्ध हजारको जुलुस दिनकै निस्किन्छ’ भनेर जनताको अपमान गरिन्छ । आफ्नो सत्ता शक्तिशाली छ भन्ने देखाउन आफ्ना सण्डमुण्डहरू परिचालित गरेर, जिल्लामा बस पठाएर, ज्याला मासुभात सबैथोक ब्यवस्था गरेर मान्छे जम्मा पारेर कतै कन्र्सट त कतै सभाजुलुसहरू गरिन्छ । राज्यकोषबाट भीड जुटाएर उर्दी लगाएर विदेशीका वीर्यपान गराइन्छ । अनि सत्ताको सुलिमाथि चढेर भनिन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ । खासमा भएको भने ‘समृद्ध नेता, सुखी भाइभारदारहरू’ भएको छ ।

हो लोकतन्त्र उच्चतम् व्यवस्था हो । तर यत्तिकै यो उच्चतमु व्यवस्था हो भन्न सकिन्न । मर्सडिज या रोल्सरोयल कार संसारको हालसम्मको राम्रो गाडी होला भन्दैमा चालक नै नबनेको वा चलाउने सीप नै नभएकोलाई थमाइदिएपछि त्यो संसारको राम्रो गाडीको महत्व र उपादेयताको अर्थ रहला त ? लोकतन्त्र पनि उच्चतम व्यवस्था बन्नलाई लोकतन्त्रमा निर्वाचन विधि के कस्तो छ ? बहुसंख्यक जनताको मताधिकारबाट प्रतिनिधी छानिएको छ छैन । प्रतिनिधी बन्ने मान्छे कति देशभक्त छ ? कत्तिको नैतिकवान छ ? उसको पारिवारिक आर्थिक अवस्था के कस्तो छ ? उसमा शिक्षा, बुद्धि विवेकको अवस्था कस्तो छ ? त्यसको पनि अर्थ हुन्छ होला नि ! कि बोक्रो ठिक छ भन्दैमा सबथोक ठिक हुन्छ र ? भन्लान लोकतन्त्र हो, आवधिक निर्वाचनमा फेर्न सकिन्छ तर त्यो पाँच बर्ष नै देश र जनताको लागि भारी पर्यो भने गर्ने के ? अझ नेपाली लोकतन्त्रमा त झन लोग्ने एउटा जात अनि स्वास्नी अर्को जात, दुबैले दुई दुईतिरबाट कोटा खाने लोकतन्त्र छ । एउटैले पटकपटक जतिसुकै सम्पन्न भएपनि जातकै आधारमा कोटा खाने लोकतन्त्र छ । अनि भन्दैछ यो त ‘मेरो संवैधानिक कानूनी अधिकार हो ।’ यो पनि त उस्को सत्ता अहंकारको बेलगाम बोली हो । गुटका नाइकेहरू बन्दकोठाभित्र मिलिमिल भागलगाउने लोकतन्त्र उन्नत भएको बखान गर्ने भाग नमिले लोकतन्त्र खतरा पुगेको वाक्दै हिँड्नेलाई नेपाली लोकतन्त्र भन्दा हुन्न र ?

लोकतन्त्रमा जनमतको निर्णयकत्व हुनुपर्ने हो तर खोइ त जनमतलाई सम्मान गरेर हिँडेको ? सत्ताको बेलागाम चरित्रमाथि प्रश्न उठाउने जनतालाई निषेध गर्ने, अनाहकमा गोली हान्ने पद्धतिलाई नेपालमा मात्रै लोकतन्त्र भनिन्छ कि अन्यत्र पनि यस्तै हो ? अहंकारको अवसान छिटै हुन्छ । निषेधको बाटोले राज्यलाई भलो गर्दैन, सत्ताको अहंकारको बेलगाम
बोलीले देश चल्दैन । समय छँदै बुझे हुन्छ ।

Previous Post

वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

Next Post

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Next Post
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version