For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन

byDainik Nepalgunj
April 10, 2025
in News, मुख्य समाचार
0 0
0
सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।

उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराउनुभएको हो ।

उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल गरेको थियो । सो छलफलमा सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र तथा चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उक्त व्यवस्था आगामी साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका कानुन शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले निर्देशिकामा भएको व्यवस्थाबाट आफूहरू पछि नहट्ने जानकारी दिनुभयो । “सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र राख्नाले सुर्तीजन्य सेवन गर्नेलाई निरुत्साहित गर्न व्यापक छलफलपछि निर्देशिका बनाइएको हो”, उहाँले भन्नुभयो, “निर्देशिकामा भएको व्यवस्थालाई उद्योग मन्त्रालयलाई पुनरावलोकन गर्न भनेको छ, हामी निर्देशिकामा भएको व्यवस्थाअनुसार साउनदेखि सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक रङ्गिन चित्र राख्ने व्यवस्था कार्यान्वयन गराउँछौँ ।”

निर्देशिकामा चुरोट, खैनी, बिडी र गुट्खाको बट्टा, प्याकेट तथा र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्युजस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कम तौल भएको, अपाङ्ता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र, मुखको क्यान्सरको अङ्कित चित्र, ह्दयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ ।

यस्तै चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये २० प्रतिशत भागमा सूर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुमपानले ज्यान लिन्छ, सुर्तीजन्य पदार्थको सेवनले मुख तथा घाँटीका क्यान्सर हुन्छ र चुरोट तथा खैनी सुर्ती सेवन छाडौँ भन्ने राख्नुपर्ने उल्लेख छ ।

यसैगरी खैनी, सुर्ती र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्समा अगाडि तथा पछाडिको ६० प्रतिशत भागमा मुखको क्यान्सर अङ्कित चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०–२० प्रतिशतका दुईवटा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्देशिकामा भनिएको छ ।

यस्तै निर्देशिकाअनुसार बिडीको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कमतौल भएको, अपाङ्गता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र राख्न भनिएको छ । यस्तै बिडीको बट्टा, प्याकेट र र्यापर्सको २० प्रतिशत भागमा चेतनामूलक सन्देश राख्नुपर्ने हुन्छ ।

यस्तै निर्देशिकामा सुर्तीजन्य पदार्थको पेटी, पार्सल, प्याकेजिङमा छापिने सन्देश पनि पाँचवटा घातक रङ्गिन चित्र ८० प्रतिशतमा र चेतनामूलक सन्देश २० प्रतिशतमा छाप्नुुपर्ने उल्लेख गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो ।

नेपालले ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्याउँदा ब्लुमबर्ग अवार्डसमेत प्राप्त गरेको थियो । उहाँले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चेतनामूलक चित्र तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुट्खा खान डराउने भएकाले बिक्री पनि कम हुने बताउनुभयो । “चुरोट, खैनी, गुट्खामा भएको घातक चित्रले सेवनकर्ता डराउने र विस्तारै सेवन गर्न छाड्ने छन््”, उहाँले भन्नुभयो, “नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामूलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको छ ।”

निर्देशिकामा घातक चित्रका रङ पनि नराम्रो खालको मान्छले मन नपराउने राख्न भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती, चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने बताउनुभयो । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाइएको छ । 

अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायत स्वास्थ्य जोखिम बढाउँछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छभने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

Previous Post

बढ्यो सुनको मूल्य

Next Post

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

Next Post
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version