For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

बालन्याय कार्यान्वयनका चुनौती

byDainik Nepalgunj
May 18, 2025
in विचार
0 0
0
बालन्याय कार्यान्वयनका चुनौती
Share on FacebookShare on Twitter

वालवालिकाले गल्ती गर्छन्, अपराध गर्दैनन् । वालवालिकाले गरेको कामको प्रकृति र परीणाम थाहा पाउदैनन्, अपराध मानिएको कार्य वालवालिकावाट भएको अवस्थामा पनि उनीहरुको मनशाय तत्व सवल र पूर्ण हुंदैन त्यसैले वालकलाइ सजाय गर्न सकिन्न, सच्याउन सकीन्छ भनिएको हो ।
बालबालिकाहरु बिभिन्न कारणले अपराधिक क्रियाकलापमा लागेका हुन्छन् । अपराधको परिणाम थाहा नपाई देखासिकि र परिस्थितिका कारणले पनि बालबालिकाहरु अपराधिक कार्यमा लाग्ने गर्दछन् । घर परिवार र सामाजिक परिवेसको नकारात्मक असर पर्नु, आमाबाबुले उचित हेरचाह र संरक्षकत्व प्रदान नगर्नु, गरिवी, वारिवारिक बेमेल, झै झगडा लगायतका कारण बालबालिकाहरु अपराधिक कार्य तर्फ लाग्ने गरेको पाईएको छ ।
वालबालिकालाई दण्ड गर्नु भन्दा सुधार गर्नु पर्छ भन्ने मान्यता बालन्यायले राख्दछ । यसै कुरालाई मध्यनजर राख्दै नेपालमा बालबालिका सम्बन्धि ऐन २०७५ र बालन्याय कार्यबिधि कार्यान्वयनमा आएको भएता पनि कतिपय कानूनी ब्यवस्था अझै कार्यान्वयन हुन सकेका छैनन । वालवालिकावाट हुन जाने कानूनको उलंघनलाई फौजदारी कानून अन्र्तगत राखी सजाय गरीदा आफूलाइ असल नागरीकको रुपमा विकास गर्न पाउने अवसरवाट उनीहरु वंचित हुन सक्दछन् । साथै वालकको कलिलो मानशपटलमा सामाजिक र कानूनी संस्था प्रति नकारात्मक प्रभाव पर्न गई उनीहरु भित्र अपराधिक मानोवृत्तिको विकास हुन जान्छ र अन्ततः एक वयस्क अपराधीको रुपमा परीणत हुने संभावना रहन्छ ।
अहिले बालसुधार गृहहरु सुधार गृह भन्दा बिगार भएको र १८ बर्ष उमेर केटेका र गंभिर अपराधीलाई पनि एकै स्थानमा राख्ने कार्यले कम उमेरका बालहरुको जिवनमा सुरक्षामा समेत धरापमा परेको छ । बालसुधार गृह भित्र हुदै आएका झडप, आगजनी, हत्या सम्मका घटनाले बालसुधार गृहको ब्यवस्थापन सुधारको आवश्यकता देखिएको छ ।

वालन्यायको मुख्य उदेश्य भनेको कानूनको बिवादमा आएका बालबालिकाहरुलाई अपराधीको रुपमा हेर्ने भन्दा पनि उनीहरुको आचरणमा सुधार ल्याउनु हो । उनीहरुलाई असर नागरिक बनाई समाजमा पुनस्थापित गराउनु हो । बालन्यायलाई भिन्न दृष्टिले हेर्नु पर्ने मुख्य कारणहरुमा हरेक बालक व्यक्तिमा कुनै न कुनै मात्रामा विज्याई गर्ने र दुराचारी प्रवृत्ति रहन्छ । बालकले गर्ने कानूनको उल्लंघन सोची विचारी गरेको हुँदैन । बाल दुराचारबाट बालक स्वंयम पीडित हुन्छ । बालन्याय प्रशासनको उद्देश्य विज्याईकर्तालाई सुधार्नु हो न कि दण्ड गर्नु ।
बालन्यायको कार्यान्वयनको सवालमा कुरा गर्दा प्रहरी र सरकारी वकिल कार्यालयबाटै उमेर खुलेको प्रमाण सहित मुद्धाको अभियोगजन गर्ने, अभिभावक वा सामाजिक सस्थाको जिम्मामा छाडेर मुद्धाको पुर्पक्ष गर्ने, मुद्धाको सुनुवाईमा प्राथमिकता दिने लगायतका केहि सकारात्मक प्रयासहरु भएता पनि अझै पनि धेरै सुधार हुनु पर्ने देखिएको छ । बालइजलासबाट मुद्धाको सुनुवाई गर्ने पद्धतीको बिकाश अझै पुर्ण रुपमा हुन सकेको छैन भने ठुला अभियुक्तसंगै थुनामा राख्ने, हत्कडी लगाउने कार्य अझै रोकिएको छैन । यसै गरि अनुसन्धानको क्रममा बालबालिकालाई दिशान्तर गर्न सक्ने कानूनी ब्यवस्था भए पनि त्यसको कार्यान्वयन बिरलै हुने गरेको छ ।
बालबालिकाहरुलाई पक्राउ पर्दा सादा पोषाकमा रहेका सुरक्षाकर्मीले पक्राउ गर्नु पर्ने अभिभावकलाई जानकारी दिएर पक्राउ गर्नु पर्ने, बालमैत्री वातावरणमा सोधपुछ गर्नु पर्ने कानूनी प्रावधानको पनि पालना भएको पाईदैन । बालमैत्री त के कतिपय वालकहरुलाई त मुद्धामा साबिती गराउने बहानामा कुटपिट गरि यातना समेत दिने गरिएको पाईएको छ । यसै गरि अदालतको थुनुवा कक्षमा राख्दा हत्कडी फुकाउने तर अरु बेला हत्कडी लगाउने प्रबृत्ति पनि अझै पुर्ण रुपमा हट्न सकेको छैन । अदालतमा ल्याईसकेका बालबालिकालाई पनि बालइजलासमा नराखी ठुला थुनुवासंगै राख्ने कार्य अझै रोकिएको छैन ।
कानूनको विवादमा परेका वालवालिकाहरुको मुद्दाको सनुवाई वाल अदालत वा वाल इजलाशवाट हुने ब्यवस्था भए पनि त्यसको पनि अदालतबाट पुर्ण रुपमा पालना भएको पाईदैन । म्याद थप गर्दा मुद्धाको सुनुवाई गर्दा बालइजलासमा नगरि अन्य मुद्धा सरह सुनुवाई गर्ने प्रबृत्तिले न्यायालय पनि बालन्यायको सवालमा त्यति संबेदनसिल छैन भन्ने देखाएको छ ।
कानूनमा बालन्याय ः
बालबालिका सम्बन्धि ऐन २०७५ को परिच्छेद ४ मा बालन्याय सम्बन्धी ब्यवस्था गरिएको छ । ऐनको दफा २० मा बालन्याय सम्पादन गर्दा बिचार पुर्याउनु पर्ने कुराहरु बारे ब्यवस्था गरेको छ । जस अनसार बाल न्याय सम्पादन कार्यमा संलग्न ब्यक्ति, पदाधिकारी र बाल अदालतले न्याय सम्पादनको सिलसिलामा यस ऐनमा अन्यत्र उल्लिखित कुराहरुको अतिरिक्त देहाएका कुराहरु बिचार गर्नु पर्दछ भनेको छ । (क) बालबालिकालाई असर पर्ने कुनै निर्णय गर्नु अघि निजको धारणा बुझ्ने (ख) बालवालिकाको हित र स्वार्थ जोडिएको कुनै पनि बिषयमा निर्णय गर्नु अघि निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकलाई आफ्नो भनाई राख्ने अवसर दिने । (ग) बालबालिकाको उमेर, बौद्धिक बिकासको स्तर, आस्था र साँस्कृतिक मुल्य मान्यता अनुरुपको बोली, वचन र ब्यवहार गर्ने (घ) बालबालिकासंग सम्बाद गर्दा निजले चाहेको भाषामा गर्ने र आवश्यकता अनुसार दोभाषेको सहयोग लिने भनीएको छ।
कसुरजन्य कार्यको आरोप लागेको बालबालिकालाई नियन्त्रणमा लिईरहन आवश्यक नदेखिएमा निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्ने, नियन्त्रणमा लिएको खण्डमा नियन्त्रणमा लिएको कुराको जानकारी निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्ने ब्यवस्था गरेको छ । अनुसन्धान अधिकारीले बालबालिकालाई नियन्त्रणमा लिदा बल प्रयोग गर्न नपाउने ब्यवस्था पनि कानूनले गरेको छ । नियन्त्रणमा लिईएको बालबालिकालाई सम्भव भएमा बालमनोबिज्ञ वा बालहित सम्बन्धी काम गर्ने ब्यक्तिसंग सम्पर्क गराई आवश्यक परामर्श सेवा उपलब्ध गराउनु पर्नेछ ब्यवस्था कानूनले गरे पनि पक्राउ परेका सबै बालकले यस्तो सुबिधा पाएको देखिदैन । नियन्त्रणमा लिईएको बालबालिकालाई बाल अदालतको अनुमतिले एक पटकमा पाँच दिनमा नबढ्ने गरि एक्काईस दिनसम्म निगरानी कक्षमा राख्न सक्ने ब्यवस्था कानूनले गरे पनि प्रहरी कार्यालयमा निगरानी कक्ष नहुदा बालकहरुलाई ठुला अभियुक्तसंगै थुनामा राख्ने गरिएको हो ।
कसुरजन्य कार्यको आरोप लागेको बालबालिकाको शारीरिक अवस्था,उमेर, कसुरजन्य कार्य गर्दाको परिस्थिति वा निगरानी कक्षको अवस्थालाई ध्यानमा राख्दा निजलाई निगरानी कक्षमा राख्न उपयुक्त छैन बालअदालतलाई लागेमा बाल अदालतले खोजेको बखत उपस्थित गराउने शर्तमा त्यस्तो वालबालिकालाई निजको बाबुृ, आमा, परिवारका अन्य सदस्य वा संरक्षक र निजहरु नभए बालबालिकाको हक हितको संरक्षण गर्ने कार्यमा संलग्न सामाजिक संस्था वा बालसुधार गृहको जिम्मा लगाई मुद्धाको अनुसन्धान गर्ने आदेश दिन सक्ने ब्यवस्था बाल बालिका सम्बन्धी ऐन २०७५ले गरेको छ ।
बालबालिकाको जिउज्यान जोखिममा पर्ने, निजद्धारा सकैलाई हानी नोक्सानी पु¥याउने, त्यस्तो बालबालिका भागी जाने वा अन्य कुनै कारणले अन्यत्र राख्न उपयुक्त नहुने प्रर्याप्त आधार भएमा, तीन बर्ष वा सो भन्दा बढी कैद सजाय गर्नु पर्ने कसुरजन्य कार्यको अभियोग लागेका बालबालिका तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने बिश्वास गर्ने मनासिव आधार भएमा बालअदालतले कसुरजन्य कार्यको अभियोग लागेका बालबालिकालाई कारण खुलाई पुर्पक्षको लागी बालसुधार गृहमा राख्न सक्ने ब्यवस्था कानूनले गरेको छ ।
उल्लेखित अवस्थामा बाहेक कसुरजन्य कार्यको अभियोग लागेका अन्य बालबालिकालाई चाहिएको बखत उपस्थिति गराउने शर्तमा बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षक र निजहरु नभए बालबालिकाको हकहितको संरक्षण गर्ने संस्था वा ब्यक्तिको जिम्मा लगाउन सकिने कानूनी ब्यवस्था रहेको छ ।
बालबालिका सम्बन्धी नया कानूनले १८ बर्ष मुनीकालाई बालक मानेको सन्दर्भमा कानूनी बिवादमा आउने बालकहरुको सख्या बढ्न गएको छ । कानूनले १० बर्ष मुनीका कुनै बालकले अपराध गरेका कुनै सजाय नहुने, १० देखि १४ बर्ष उमेरकाले जुनसुकै गंभिर अपराध गरेको भएपनि ६ महिनासम्म कैद सजाय हुने, १४ देखि १६ सम्मकाले अपराध गरेमा ठुलालाई हुने सजायको आधा हुने र १६ देखि १८ बर्षसम्मकाले अपराध गरेमा ७५ प्रतिशत सजाय हुने ब्यवस्था कानूनले गरेको छ ।
बालन्याय कार्यान्वयनमा अहिले पनि बिभिन्न समस्याहरु देखिने गरेका छन् । ऐन नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनको अभाव, बालन्याय प्रशासनका सरोकारहरुमा सम्वेदनशीलताको अभाव, कतिपय सरोकारवालामा बालन्यायका प्रावधानको ज्ञानको अभाव, तालीमको अभाव, कानून विपरीत कार्य गर्ने बालबालिकलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन हुन नसक्नु बालन्यायका कार्यान्वयनका चुनौती हुन । यस्तै बालसुधार गृह मापदण्ड बमोजिम संचालन हुन नसक्दा कानूनी बिवादमा परेका बालकहरु सुधार गर्ने तर्फ नभई त्यहाँ हुने अवाच्छित क्रियाकलापका कारण बिगार गृह जस्तो भएको छ । त्यस्तो कुरा तुरुन्त सरोकारवालाको ध्यान जान जरुरी छ । अपराधीको प्रकृती र उमेर समुह अनुसार छुटै राख्ने ब्यवस्था, सुधारका पुर्वाधार शिक्षा, स्वास्थ्य, मनोरञ्जन अतिरिक्त क्रियाकलाप लगायतको समुचित ब्यवस्थापन हुन जरुरी छ ।
जिल्लामा निगरानी कक्षको अभाव, मुद्धाको सुनुवाईमा देखिने गरेको ढिलाई सबै मुद्धामा समाजसेवी र बालविशेषज्ञको उपस्थिति र तिनको प्रतिवेदन सामेल हुन नसक्नु, अनुसन्धानको लागी छुट्टै प्रहरी इकाइको ब्यवस्था नहुनु, शारीरिक मानसिक परीक्षण, सामाजिक अध्ययन प्रतिवेदन पेश नुहने, बालक सुधारका उपायहरु नअपनाईनु, समाजसेवी बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकको उपस्थिति प्रभावकारी हुन नसक्नु बालन्याय कार्यान्वयनमा देखिएका समस्याहरु हुन ।
बाल न्याय (सम्पादन) कार्यबिधि नियमावली २०७६ अनुसार बालकहरु पक्राउ परे पछि उनीहरुको आर्थिक, सामाजिक अवस्था, अपराध गर्दाको परिस्थिति लगायतको मनोसामाजिक अवस्थाको बारेमा बाल समाजसेवी र बालमनोबिज्ञले दिनु पर्ने हुन्छ । कानूनले मुद्धाको थुनछेक आदेश अगावै यस्तो प्रतिवेदन पेश गर्नु पर्ने भनेता धेरै जसो अदालतले यस्तो नियम पालना गरेको पाईदैन । मुद्धा फैसला हुँदाका बखत राय पेश गरिन्छ तर उनीहरुको रायलाई फैसलामा कमै उल्लेख गर्ने गरिन्छ । कानूनी प्रश्नमा न्यायाधीशको निर्णय अन्तिम हुने भनिए पनि तथ्यगत प्रश्नमा बालमनोबिज्ञ र बालसमाजसेवी कार्यकर्ताको राय लिनु पर्ने हुन्छ । तर अदालतले उनीहरुको रायलाई मुद्धाको निर्णयमा उचित स्थान दिएको पाईदैन ।
बालन्यायले लिएको पक्ष्य पुरा गर्नका लागी बालन्याय प्रशासनसंग सम्बन्धित घर परिवार, विद्यालय नागरिक समाज, बालकल्याण गृह एवं बाल सुधार गृहका अधिकारवाला, सञ्चार जगत, प्रहरी, सरकारी वकील कार्यालय कानून व्यवसायी, अदालत लगायतका सरोकारवालाहरु सम्वेदनशील हुन जरुरी छ ।
कानून प्रगतीसिल र राम्रो हुने तर कार्यान्वयन पक्ष फितलो भयो भने कानूनले लिएको लक्ष्य पुरा हुन सक्दैन । कानून बनाउने तर त्यसलाई कार्यान्वयन गर्ने नियमावली र आवश्यक संयन्त्रको निमार्ण गरिएन भने राम्रो कानूनको कुनै अर्थ छैन । कानून कार्यान्वयनकर्ताको इच्छाशक्ति अभावमा बालन्यायले राखेको उदेश्य र लक्ष्य पुरा हुन सक्दैन । अत अपराधमा बालबालिकाको बढ्दो संख्यालाई रोकि बिभिन्न कारणले अपराधिक कार्यमा संलग्न हुन पुगेका बालबालिकाहरुलाई सद्मार्गमा लगाउन र समाजमा पुनस्थापना गराउनमा सरोकारवालाको उचित ध्यान जान जरुरी छ । बालसुधार गृहको समुचित ब्यवस्था र सुधारको पनि उत्तिकै जरुरी रहेको छ ।
ड्ड लेखक अधिवक्ता हुन ।

Previous Post

‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन

Next Post

लुम्बिनी प्रदेशसभा सदस्य खत्रीको खण्डन

Next Post
लुम्बिनी प्रदेशसभा सदस्य खत्रीको खण्डन

लुम्बिनी प्रदेशसभा सदस्य खत्रीको खण्डन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version