For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

झोलावादले सोख्याउन खोजेको चरित्र

byDainik Nepalgunj
June 6, 2025
in News, विचार
0 0
0
झोलावादले सोख्याउन खोजेको चरित्र
Share on FacebookShare on Twitter

पछिल्लो हप्ता देखि नेपालको राजनीतिको मुख्यालय वालुवाटार देखि हनुमन्तेको बगरसम्म, बाउनडाँगी देखि कुतियाकवरसम्म निकै गर्वका साथ एमालेजनले सञ्जालमा ‘म झोले हुँ’ भन्ने लेखेर गर्न गरेका छन् । जनताले सत्ता राजनीतिमा आएको अन्धभक्तवाद, चापलुसवाद, ढोकेचौकेवाद, गलतलाई पनि गलत भन्न नसक्ने चरित्रले चुर्लुम्म भएका पार्टीका नेता कार्यकर्ताको चरित्रलाई ब्याख्या गर्ने एकशाब्दिक उपमाको रुपमा दिइएको ‘झोले’ शब्दलाई एमालेका अध्यक्ष झो.केपी शर्मा ओलीले काउण्टर गर्ने शैलीमा भनेको ‘हो म झोले हुँ’ लाई एमालेजनले निकै उत्साहका साथ अँगालिरहेका छन् । स्वयं केपी ओलीले नै समाजिक सञ्जालमा आफ्नो फोटो नै हालेर ‘म झोले हुँ’ भन्ने लेखेबाट एमालेमा झोलेवादको बनामारा झाडी नै मौलाएको देखिएको छ । एमालेजनले आफुलाई यो शब्द लेखेर सञ्जाल रङ्याउँदै गर्दा कत्तिको झोले भैंइदै गएको छ भन्ने हेक्का सम्म पनि राख्न छोडेर साँच्चिकै झोले नै हुन भन्ने थप प्रमाणित हुँदै गएको छ । केपी ओलीलाई देवत्वकरण गरेर उनको आसन पनि जीवनको मुक्तासन देख्ने प्रवृति एमालेमा ब्यापक छताछुल्ल भएको छ ।

झो. केपी ओलीको ‘म झोले हुँ’ अभियानले उनका कति झोले रहेछन् भन्ने अभियान पक्कै सफल भए होला तर एमाले र ओलीको दामनमा लागेको झोलेवादको चरित्रको दाग मेटाउन कुनै टेवा पुगेन । एमालेको यो अभियानले त्यो पार्टीको नै चरित्रको सत्य बाहिर ल्यायो भन्ने बिभिन्न टिकाटिप्पणीहरु आउन थालेपछि झो. शंकर पोखरेलले सात बँुदे सफाइ दिएर फेरि सञ्जाल रङ्याउनु पर्यो । वास्तवमा कसैले सनकका भरमा गोबरलाई खीर भन्दिँदैमा त्यसमा खीरको वास्ना आउँदैन र खीर पनि हुन सक्दैन । गोबर त गोबरै हो र त्यसले दिने वास्ना होस या त्यसका अन्य गुणहरु आफ्नै हुन्छन् न कि खीरका गुण आइहाल्छन् । अब एमालेले जतिसुकै सफाइ दिएपनि एमाले झोलेवादको मसिहा हो र यसमा कुनै परिवर्तन आउनेवाला छैन भन्दा खासै अतिशोक्ति नहोला ।
केपी ओलीको प्रशंसामा पाँचवटा स्टाटस हालेर नियुक्ती खानेहरु, प्रचण्डको बाल र कुम हल्लाइको प्रशंसा र नक्कल गरेर खाँटी माओवादी बनेका र खुमलटारसम्म पहुँच बनाउन पुगेकाहरुलाई झोलवादका शासक्तहरु नभनेर के भन्ने त ?

जसरी शिक्षकलाई समाजको नेता भनिन्छ र एउटा शिक्षकको आचरणले समाजमा बालबालिकाहरुको भविष्यको मार्ग कोर्छ त्यसैगरि राजनीतिक नेता पनि देश जनताको आशा र भविष्य सुनिश्चितताको पात्र हुन । यसैले उनीहरुका असल खराब सबै कामको अनुसरणले देशको चरित्र निमार्ण हुने हो । यो मानेमा नेतालाई अनुसरण गरिनु अन्यथा हुँदैन पनि तर त्यसमा जनताले नेता के कस्तो र कति देशहितको भन्ने न्यूनतम चेतना भन्ने पक्कै राख्नुपर्छ । नेताले यदि देशको मुल कुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकताको नै तेजोबध गर्ने गरि गरेको कामको अनुशरणले समाज बन्दैन थप नैतिकहिनतातिर नै जान्छ ।

संसारमा आजसम्म खासगरी कम्यूनिष्टहरुमा नेताको मसिहाकरण गर्ने प्रचलन रहिआएको छ । यसैले नेपालसँग कुनै आइनोसाइनो नभएको, नेपालको माटोसँग कुनै जातथर नमिलेको, नेपालको लागि रत्तिभर योगदान सम्म नभएको आफ्नै देशमा लाखौं मानिसको हत्या गरेको, विचारमा विमति हुनासाथ उसको जीवन नै लिने गरेका व्यक्ति र विचार माक्र्स, लेनिन, स्टालिन, माओहरुलाई मरणोपरान्त पनि मसिहा ठान्ने र उनीहरुकै नामका झण्डा बोकेर नाम जपेर उनकै फोटाहरु आफ्ना पुण्य काममा अगाडी राखेर हिँड्ने झोले प्रवृति नेपालमा ब्याप्त रहेको छ । यस्तो प्रवृतिले जन्माउने भनेको नै ‘म झोले हुँ’ प्रवृति हो ।

कम्यूनिष्ट हुँ भन्ने नेताहरुले समाजमा अरुलाई गाली गर्न समाजमा सकारात्मक रुपमा रहेका शब्दहरुलाई पनि बङ्याएर नयाँ शब्द निकाल्छन् । यसैको ज्वलन्त उदाहरण हो ‘सामन्ती’ भन्ने शब्द । यो शब्द कम्यूनिष्टहरुले नेपालमा जसले सजिलोसँग दुईछाक खाएको छ, दुखसुख ऋणधन गरेर एउटा पेशा गरेको छ गरिखाएको छ तर कम्यूनिष्टहरुको आचारविचारसँग विमति राख्छ भने त्यस्तो वर्गलाई गाली गर्न प्रयोग गरे । जबकी सामन्त भनेको त जो समाजमा उद्यमी छ, जसले समाजलाई रोजगार सृजना गरेको छ र राज्यलाई कर तिरेर राज्य ढुकुटीलाई भर्न टेवा पुर्याएको छ त्यो व्यक्ति हो सामन्त । यसलाई अपभ्रशं गरेर नकारात्मक ब्याख्या कम्यूनिष्टहरुले गराएका हुन् । शब्द आफैमा नकारात्मक होइन ।

अब एमालेका नेता झो. शंकर पोखरेलले झोलेका सम्बन्धमा पेश गरेको जस्तो झोले एमाले हो त ? यो पनि केलाउँ न त ।

एमालेको झोलामा भएको माक्र्सवाद लेनिनवादको दर्शन होला । किन कि यिनीहरु नेपाल र नेपाली भन्दा विदेशी वाद र प्रतिमानलाई अब्बल ठान्छन् र नेपालीत्वलाई गाली गर्दा गौरान्वित हुन्छन् । नेपाल एकिकरणकर्तालाई र नेपालको सार्वभौमिकता जोगाउनेहरुलाई सामन्त तानाशाह र नेपाल बिगारेका भनेर गल्ली गल्ली चोकचोक भन्दै हिँड्छन् तर नेपाल र नेपालीलाई कुनै दुई कौडीको योगदान नगरेको उल्टो नेपालको मुल कुल धर्म सँस्कृति नेपाली मौलिकतामा कुठाराघात गर्ने विचार दर्शन पक्कै एमालेको त्यो झोलामा छ । छैन भन्न मिल्दैन ।

मदन भण्डारीको जबजको मौलिक कार्यक्रमको कुरा, हो पटकपटक सत्तामा हुँदा समेत मदनको हत्याको प्रसँगसम्म ननिकाल्ने, मदनलाई पटकपटक मार्ने एमालेको झोलामा मदनको नाम बेचेर खाएको तीन दश बितेको छ । उनलाई अझै बेच्नु छ । यो मदन बेचाइ कार्यक्रम एमालेका लागि मौलिक नहुने त कुरै भएन र झोलामा नहुने पनि कुरै भएन ।

अब विकसित र परिपक्व लोकतन्त्र त एमालेको झोलाको खेल नै हो । छ–छ महिना संसद बन्द गर्ने, आफ्नो स्वार्थ नमिले पटकपटक संसद विघटन गर्ने, सडक पेटी भत्काएर ढुङ्गा हान्न, रेलिङ भाँच्न र विश्वविद्यालयमा तोढफोड आगजनी गर्न सिकाउने, खुलेआम कब्जाको आदेश दिने तन्त्र परिपक्व लोकतन्त्र नभएर एमालेको झोलामा अरुथोक हुनै सक्दैन ।

देशहितमा आधारित सन्तुलित परराष्ट्र नीति भएकै कारण आफ्नो पहिलो सरकार कै पालमा दिल्लीमा गएर वर्कपरमीट खारेजीको आदेश पालन गरेको, यिनै झो. केपीको बिशेष पहलमा पञ्चेश्वर सुम्पेको होइन ? अनि बाह्रबुँदे त झन सन्तुलित परराष्ट्र नीतिको अनुपम उदाहरण नै हो ।

पार्टी जीवनमा नयाँ लोकतान्त्रिक अभ्यास त २०५४ सालमा नेपालगञ्ज देखि पछिल्लो नारायणीको किनारसम्म छताछुल्लै देखिएको छ । अनि माधव भीमरावलहरु असल लोकतान्त्रिक अभ्यासका कारण मौलाएका हुन । ओलीको आसन बसाउने गरि स्टाटस हाल्ने काम भएन भने विद्यालयको वि व्य स सदस्यमा समेत लड्न नपाउने असल लोकतान्त्रिक अभ्यास एमालेको झोला नहुने कुरै भएन ।

अब एमाले अनि जनतासँग नहुने पनि हुन्छ र ? जनतासँगै हुनका लागि त हो २०५१ साल मै नेपाललाई आइएनजिओको खेल मैदान बनाउने काम गरेको । हेर्नुस त आज नेपाल कसले चलाएको छ एमालेले भित्र्याएको आएएनजिओले । नेपालका सबैखाले राजहरु जम्मा पारेर विदेशीलाई दिने काम कसले पाएको छ नेपाली (एमाले) जनताले । कागज मिलाएर खान र जनताका होटलहरु चलुन, बिल भरपाई मिलाएर कमिशन खाउन भन्ने एमाले जनतासँगै त छ । देशैभरिका सहकारी कब्जा र त्यसैमा ब्रम्हलूट मच्चाउन जनतासँगै भएर पैसा उठाउने र ऐयाशी गर्ने जीवनशैली एमालेको झोलामा नभएर अन्यत्र हुने त कुरै भएन ।

समाजवाद भनेको के हो ? उहि चौराहामा राखेको मादल । जहाँ जसले जहिले चाह्यो तहिले जसरी जुन सुर र तालमा बजाएपनि हुने वाद होइन र ? अनि एमालेको समाजवाद विगत तीन दशकमा नेपाली जनताले नबुझ्ने कुरै भएन । समाजवादको नेपाली मार्गचित्र भनेको त एमाले हुनु, उसका नेताको मसिहाकरण गर्नु, नीति नैतिकता सबै बिर्सेर एतिओम्नी गिरिबन्धु जस्ता काण्ड गर्नु, भारतको महाराजगञ्ज देखि बलरामपुर गोरखपुर तिरको भूभागमा तिनाउखोलाको पानीले नपुग्ने भयो भनेर नेपालको साँस्कृति विरासत नै फिका बनाउने गरि काली गण्डकी डाइभर्सन गराउन लाग्नु, राज्य ढुकुटीमा मिलिजुली डाँका हाल्नु कार्यकर्तालाई पोस्नु, राज्यकोषबाट नेता पाल्नु जनवर्गीय संगठन चलाउनु, उपचार गराउनु जस्ता अनेकौं असल अभ्यासहरु बोकेको एमालेको झोलामा नेपाली मौलिक समाजवादको मार्गचित्र नहुने कुरै भएन ।

आदरणीय ‘झोले’ ज्यूहरु तपाइँहरुको गफ खाएर उखान सुनेर नेपाली जनताको पेट भरिन्न । रोजगारी पनि पाइन्न । देशको मुल कुल धर्मसँस्कृति भाषा सभ्यता पनि बच्दैन । जनताले म नेपाली मेरो सार्वभौम नेपाल भन्ने गर्व गर्ने अवस्था पनि नरहन सक्छ यसैले त्यो झोलामा यस्ता अरुलाई बेहकुफ बनाउने मसला होइन देश धर्म सभ्यता नेपाली मौलिकताका बिरुद्ध जाने आफ्नै नेता नै किन नहोस् त्यसको बिरुद्ध दह्रोसँग उभिनसक्ने नियत र हैसियत भएको झोला बोकेर ‘म झोले हुँ’ भन्ने प्रमाणित गर्नुस् । नेताको साखुल्यता प्रर्दशन गरेर झोलावादले चरित्र चोख्याउने काम नगर्नुस ।

Previous Post

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

Next Post

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

Next Post
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version