For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

राज्यले यसो किन गर्दैन ?

byDainik Nepalgunj
June 20, 2025
in विचार
0 0
0
राज्यले यसो किन गर्दैन ?
Share on FacebookShare on Twitter

पछिल्लो महिना यातायात क्षेत्रको हडताल भयो । गण्डकी सरकारले राइड शेयरिङलाई नियमन गर्न भन्दै एउटा कानून ल्यायो । यहि कानूनलाई बहाना बनाएर सडक सबै आफ्नो मात्रै भन्ने सिण्डिकेटधारी यातायात व्यवसायीले कानून नै खारेज गर्ने माग राखेर हडताल गरे । प्रदेशले नमानेपछि केन्द्रमा लबिङ भयो र आफैले लेखेको संविधानमा रहेको प्रदेशको अधिकार, अत्यावश्यक सेवामा हडताल गर्न नपाइने भन्ने सरकारको आफ्नै निर्णय समेतलाई वेवास्ता गर्दै गण्डकी सरकारलाई कानून स्थगन गर्न आदेश फरमान गरेर माउ सिण्डिकेट छाउरा सिण्डिकेटको सामु झुक्यो । यहाँ राज्यको, यिनको संविधानको र आफ्ना निर्णयको बेइज्जत भयो भएन त्यो उनीहरुले नै जानून् ।

२०४६ सालको परिवर्तन पछि नेपालमा पनि भित्र्याइएको कथित उदारिकरणको नाममा देशलाई नै विदशीकरण र विदेशीको हितरक्षाकरणतिर लगियो । देशका आवश्यक र महत्वपूर्ण संस्थानहरुमा सुशासन र मितव्ययिता ल्याएर जनतालाई सुविधा दिनुको सट्टा त्यसको बिक्रि वितरण गर्ने र राज्यको सम्पत्ति हिनामिना गर्ने लहर चल्यो । विदेशी उत्पादकहरु र नेपालमा तीनका ऐजेण्टहरुको पक्षमा मनग्य कामहरु भए । राज्यले कृषि देखि औद्योगिक उत्पादतिर भन्दा ट्रेडिङतिर जाने काम गर्यो । राज्यकोषको श्रोत रेमिट र आयातकरमा आधारित बनाउँदै लगियो ।

समाजलाई विलासितातिर र विदेशी समानको उपभोक्ता बनाउने र त्यसबाट राजश्व संकलन गरेर आफ्नो बजेटको पान्ना भर्ने नियत लगभग सबै सरकारहरुको बन्यो । नेपालमा वास्तविक आवश्यकताको अध्ययन, अनुसन्धान र त्यसको देशभित्र उत्पादनको थिति भन्दा पनि सबैकुरा बजारलाई नै छोडिदिने तर जे जसरी हुन्छ राज्यकोषमा रकम आओस् देश बनोसस् नबनोस्, जनता उत्पादनशील हुन नहुन्, तिनको लगानी सुरक्षित रहोस् नरहोस् कुनै वास्ता गरिएन । तरपनि सरकारहरु समाजवादी नै रहे, सविंधान र नेताका गफपनि समाजवादकै वरिपरि रहे । सरकारहरु बने भत्के, चुनावहरु भए, एजेण्डा पनि राखिए, भोट पनि मागिए तर सबैकुरामा सिण्डिकेट लगाएर भागबण्डा गर्ने र त्यसैको बलमा राज्य चलाउने काम आज पर्यन्त भैरहेको छ ।

आजका मितिमा राज्यले प्राप्त गर्ने राजश्वमा यातायात क्षेत्रको ठूलो हिस्सा छ । यातायातका साधनहरु आयात गर्दा राज्यले २४० प्रतिशत सम्म भन्सार लिन्छ । मूल्यअभिवृद्धि कर लिन्छ । दर्ता गर्दा र नम्बर रुट परमिट लिँदा त्यसमा रकम लिन्छ । हरेक बर्ष ब्लूबुक नविकरण, यातायात कर, जाँचपास, पटके, सडक दस्तुर, बीमा र यसमा भ्याट, शुल्क आदि इत्यादीका नाममा राज्यले ३२ लाख बढि यायायातका साधनबाट झण्डै २ खर्बबढि राजश्व र नयाँ गाडी आयातमा भन्सार र भ्याट गरेर असुल गरेको जोड्दा झण्डै ४ खर्ब यहि क्षेत्रबाट असुल गरिरहेको छ भन्न सकिन्छ ।

यति धेरै राजश्व दिइरहेको क्षेत्रले आज सबैभन्दा अन्योलता भोगिरहेको छ । यहाँ कतै उदारवादका नाउँमा मनपरितन्त्र छ भने कतै पूँजि बचाउन सिण्डिकेटको सहारा लिइएको छ । कतैभने सिण्डिकेट कै भरमा लूटतन्त्र मचाउने काम भैरहेको छ । यातायात क्षेत्रमा रहेका मजदूरहरुको न कुनै समाजिक सुरक्षाको ग्यारेण्टी छ न त जागिरको ग्यारेण्टी नै रहेको छ । समाजिक प्रतिष्ठा त यदि सबैभन्दा बदनाम कुनै क्षेत्रमा छ भने यातायात क्षेत्रमा नै रहेको छ ।

राज्यसँग यातायात क्षेत्रलाई व्यवस्थित गर्ने न योजना छ न नियत नै छ । राष्ट्रिय राजमार्गहरु हिँडिसक्नु छैनन् । भ्याट भन्सार कर आदिको सरकारी भारीमा थिचिएर जोडेको यातायात साधन सरकारको बेवास्ता र सडकको दुर्दशाका कारण पाँचबर्षमा पूँजि डुबाएर टाट पल्टाएर सडकमा आउने अवस्था बनेको छ ।

एउटा बस खरिद गर्नेले सवा करोड तिर्नुपर्छ । त्यसको बैंक ब्याजको हिसाबले पनि उसले महिनामा सवालाख ब्याज र त्यसको साँवा मूल्यह्रासको हिसाबले पनि कम्तिमा दुई लाख र आफ्नो मजदूरी ज्याला, कर, बीमा, मर्मत आदिको लागि थप डेढ लाख गर्दा चार देखि पाँच लाख बचाउनै पर्छ । अनि मात्र त्यो लगानीकर्ता बजारमा टिकिरहन सक्छ । तर नेपालमा वर्तमानको अवस्था त्यसको आधा पनि बचाउन सक्ने छैन ।

यहि अवस्था ट्रक व्यवसायमा पनि छ । नेपालमा आन्तरिक उत्पादन भए आन्तरिक ढुवानीले ट्रक व्यवसाय चल्ने हो । केहि सिमेन्ट उद्योगहरु ढुङ्गा बोक्ने र सिमेन्ट बोक्ने बाहेक यहाँ अन्य खासै ढुवानी सेवाको काम पाइँदैन । भारतबाट आयात गरिने सबै बस्तुको ढुवानी भारतकै साधनहरुले नेपालभित्र नै अन्तिम टुङ्गोसम्म पुर्याउन पाउने सहजता बनाएर सरकारले नेपालका यातायात व्यवसायीलाई मारेको छ । बजारमा टिक्न सक्ने अवस्था सरकारले बनाइदिँदैन ।

एकाध रुटहरुमा बचत होला तर अधिकाशं सार्वजनिक यातायातका रुटहरु घाटाका ब्यापार भएका छन् । यातायातका साधनहरुमा लगानी गरेर बजारमा टिक्ने र बिक्ने अवस्था नेपालमा रहेको छैन । यसैले पनि यातायात क्षेत्रमा सिण्डिकेट बनाउने र बाँच्ने लडाइ चलिरहेको हो भन्ने मेरो बुझाइ रहेको छ ।

हुन त नेपालमा सरकार आफै सिण्डिकेटको छ । त्यो पनि स्वार्थ नितान्त व्यक्तिगत , गुटगत र दलगत स्वार्थको सिण्डिकेट मात्रै छ । जनताको पक्षमा, सुशासनको पक्षमा बनेको सिण्डिकेट हुन्थ्यो भने त्यसलाई जायज नै मान्न हुन्थ्यो ।

सरकारले आफ्ना जनताको लगानी सुरक्षित होस्, उद्यमी देशबासीलाई गरिखाने वातावरण बनिरहोस् भन्ने कुनै चासो दिएन । कहाँ कुन र कति आवश्यकता हो भन्ने बारेमा कहिल्यै अध्ययन अनुसन्धान गरिएन । कुनै आइएनजिओ वा विदेशी उत्पादक र त्यसका नेपाल एजेण्ट ब्यापारिले जे भनिदिए त्यसैलाई लागू गर्ने नीति बनाउने नियत नेपालका सबै सरकारहरुको देखियो ।

हाम्रा विश्वविद्यालयहरुसँग कहिल्यै कुनै कुराको अध्ययन अनुसन्धान गर्न टाइअप गरेको सुनिँदैन । विद्यार्थीहरुका शोधपत्रहरु के का हुन र त्यसको कहाँ के उपयोग भयो भन्ने पनि सुनिन्न । विद्यालय त विदेशी पाठ पर्ने केन्द्र मात्रै हुन । क्याम्पसहरुमा पनि बिभिन्न थेसिसहरु कपिपेस्ट गर्ने गराउने, साइबर सेन्टरहरुले तयार गरिदिने र सर्टिफिकेट लिने परम्परा जस्तै बनेको छ । सीमापारिका विश्वविद्यालयहरुमा शोधपत्र किनेर डा. लगाउने गरेका समाचारहरु पनि नआएका होइनन् ।

सरकारले सबैकुरा कर आए भैहाल्यो भन्दा नेपालमा गरिखाने वातावरण बिग्रेको हो भन्ने मेरो ठम्याइ हो । राज्यलाई कर आउनुपर्छ तर आफ्ना जनता र स्वदेशी उद्यमी टिकेर र तिनको लगानी सुरक्षित राखेर आउनुपर्छ । आफ्ना नागरिकलाई बजारबाट पलायन गराएर विदेशीको लगानीको चिन्ता गर्ने सरकार कम्तिमा पनि नेपालीको सरकार हो भनेर कसरी भन्ने ?

नेपालको यातायात क्षेत्रमा कहाँ कुन रुटमा के कस्ता र कति सवारी सााधनहरुको आवश्यकता हो भन्ने कुरा हरेक दुई बर्षमा सरकारले आफ्नै विश्वविद्यालयहरु सँग टाइअप गरेर अध्ययन अनुसन्धान गराउने थिति बसाल्नुपर्छ । नीजि प्रयोजनको लागि खरिद गरिएको यातायातको साधनलाई सार्वजनिक प्रयोजनमा ल्याएमा सम्झौताहिन रुपमा साधन जफत र दण्डित गर्ने आँट सरकारले गर्नुपर्छ । अनुदान वा भन्सार छूटमा ल्याएका कुनैपनि साधनलाई व्यवसायिक प्रयोजनमा प्रयोग गरेमा त्यसलाई प्रचलित भन्सार दरमा दोब्बर भन्सार लगाउने व्यवस्था कडाइका साथ गरिनुपर्छ । कृषि प्रयोजनका लागि ल्याइएको साधनलाई खोलाको गिट्टि बालुवा र इँटाभट्टाको काममा लगाउने काम गर्नु पनि अपराध कायम गरेर दण्डित गरिनुपर्छ । सडकमा रहेको प्रहरी, ट्राफिक प्रहरीको अनेक बहानामा सवारी साधन र ढुवानी साधनलाई कमाउ धन्दा बनाउने काम बन्द गरिनुपर्छ । कानून विपरित छ भने त्यसलाई कारवाही गर्ने र छैन भने सडक किनारमा रोकेर बार्गेनिङ गर्ने धन्दा बन्द हुनुपर्छ । सडक क्षमता भन्दा बढि भारबोक्नेसँग तल्लो कमाइ लिएर बाटो बिगार्ने छूट दिने जुन थिति छ त्यो बन्द हुनुपर्छ । भारतीय मालबाहक गाडीहरु प्राय ओभरलोड (नेपालको सडक क्षमता भन्दा बढि) नै आउने गरेका छन् तर निर्बाध रुपमा देश चाहेरेका छन् यो बन्द गरिनुपर्छ । नेपालको सीमामा भारतीय गाडीहरुबाट नेपाली गाडीहरुमा समान सिफ्टिङ गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिनुपर्छ ।

जनतालाई सुविधा दिने हो तर सडक राम्रो बनाएर, यातायातका साधनको अस्वस्थ प्रतिस्पर्धा बन्द गरेर, दुर्घटना न्यून गरेर दिनुपर्छ । सडक करको व्यवस्थापन गरेर, टोलटेक्सको व्यवस्था गरेर, यातायात क्षेत्रमा थिति बसालेर, त्यस क्षेत्रका मालिक मजदूरको यथोचित टिकाउ रोजगार बनाएर दिने हो । आफ्नाको घाँटी शेरेर ढुकुटी भर्ने र त्यहि ढुकुटीमा बुर्कुसी मार्ने चिन्तनले देश बन्दैन बन्दै बन्दैन । यसैले त सरकारले थिति बसाल्ने मेसो र यसो पनि गर्दै गर्दैन ।

Previous Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

Next Post

लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

Next Post
लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version