For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

byDainik Nepalgunj
June 22, 2025
in Blog
0 0
0
वडा नं. १८ ले ल्यायो १६ करोड बजेट
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले चालू आर्थिक वर्ष २०८२/८३ मा संघ, प्रदेश र स्थानीय सरकारबाट कुल १५ करोड ९० लाख रुपैयाँको बजेट व्यवस्थापन गर्न सफल भएको छ ।

शनिवार, नेपालगन्ज–१८ ले आगामी बजेट निर्माणका लागि योजना तर्जुमा गर्न आयोजना गरेको वडा भेलामा वडाध्यक्ष दीपककुमार बर्माले सिमित बजेट, स्रोत साधनबीच वडाबासीका असिमित अपेक्षा पुरा गर्न भइरहेको चुनौती राखे ।

वडा भेलामा वडाध्यक्ष बर्माले विकासको बहुआयामिक योजनासहित प्रस्तुत बजेटले धार्मिक, शैक्षिक र भौतिक पूर्वाधार निर्माणमार्फत वडाको रूपान्तरणको बाटो खोल्ने अपेक्षा गरिएको बताए ।

वडाध्यक्ष बर्माका अनुसार, संघीय सरकारबाट सबैभन्दा धेरै रकम आएको छ । श्री तिरुपति बालाजी मन्दिरको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै गोर्खा साइकल स्टोर्स हुँदै स्प्रिङडेल स्कूलसम्मको सडक स्तरोन्नतिका लागि अर्को ३ करोड रुपैयाँ छुट्याइएको छ । त्यसैगरी सुर्खेत रोड, भाटभटेनी हुँदै भुजगाउँ नयाँ बस्तीमा सडक विस्तार र स्तरोन्नतिका लागि पनि ३ करोड बराबरको बजेट छुट्याइएको छ ।

संघीय सशर्त अनुदानतर्फ ७० लाख, २५ लाख, २५ लाख गरी तीन योजनामा १ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, प्रदेश सरकारबाट विशालचोक देखि बानिया गाउँ सडक स्तरोन्नतिका लागि ५० लाख र १५ लाख गरी ६५ लाख रकम आएको छ ।

वडाध्यक्ष बर्माका अनुसार, प्रदेश सशर्त अनुदानबाट दुर्गा भगवती टोल र शिवशक्ति टोलको सडकस्तर सुधारमा २५ लाख र ७० लाख गरी ९५ लाख विनियोजन गरिएको छ ।

स्थानीय सरकार अर्थात् नेपालगन्ज उपमहानगरपालिकाबाट वडाले १० लाखका दरले चारवटा योजना, २ लाख र ३ लाखका अन्य दुई योजना गरी ४५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यसरी संघीय, प्रदेश र स्थानीय गरी वडाले कुल १५ करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याउन सफल वडाध्यक्ष बर्माले बजेट कार्यान्वयनलाई समयमै पुरा गर्न अहोरात्र खटिनु परेको बताए । योजनाहरूलाई प्रभावकारी बनाउन उपभोक्ता समिति, स्थानीय संस्था, तथा प्राविधिक साझेदारहरूसँग नियमित समन्वय गर्दै जाने योजना वडाले लिएको वडाध्यक्ष बर्माको भनाइ छ ।

शनिवार गरिएको वडा भेलामा वडाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, धार्मिक पर्यटन, शिक्षा र नागरिक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको छ । संघीयताको भावना अनुरूप नागरिक सहभागिता, पारदर्शिता, तथा समावेशी विकासलाई कार्यान्वयनको मूलमन्त्र बनाउने वडाको प्रतिबद्धता देखिएको छ ।

वडाध्यक्ष बर्माले वडाको समग्र स्वरूप बदल्ने गरी योजनाहरू कार्यान्वयन गरिने जानकारी दिए । उनले भने, ‘बजेट ल्याउनु मात्रै होइन, गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नु हाम्रो जिम्मेवारी हो ।’

वडा भेलामा देखिएको उत्साहजनक सहभागिताले पुष्टि हुन्थ्यो, वडावासीहरू पनि सडक, नाला, धार्मिक स्थल र विद्यालय वरिपरिको सुधारले जनजीवनमा प्रत्यक्ष असर पार्ने अपेक्षा गर्दै छन् ।

‘महानगरका वडामा पनि यो स्तरको जनसहभागिता देखिंदैन, योजना तर्जुमाका लागि भएको वडा भेलामा तपाईहरुको यो सहभागिताले स्थानीय सरकारको मर्मलाई उजागर गरेको छ,’ कार्यक्रममा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले भने । उनले जनप्रतिनिधिका खल्तीबाट योजना बन्ने संस्कारलाई जनसहभागिताले चिर्दै जाने बताए ।

योजनाहरू सफल हुनका लागि समयमै टेन्डर, निर्माणको गुणस्तर अनुगमन, र पारदर्शितालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको वडाध्यक्ष बर्माले बताए ।

नेपालगन्ज–१८ ले कायान्वयनमा ल्याएको बजेटले संघीयता कार्यान्वयनको उत्कृष्ट नमुना प्रस्तुत गर्नुका साथै पूर्वाधार विकासमा वडाको स्थानात्मक सुधार र पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास भेलामा सहभागीहरुको थियो ।

वडा भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि टोलवस्तीका प्रतिनिधिहरुले सुझावसहितका विभिन्न अपेक्षाहरु प्रस्तुत गरेका थिए । ‘यहाँ प्राप्त सुझाव र मागका आधारमा आगामी आर्थिक वर्षका लागि स्वीकृत १ करोड ३० लाखबढीको बजेटबाट समेट्न सकिने गरि योजना बनाइनेछ,’ वडाध्यक्ष बर्माले भनेका छन् । जनताका अपेक्षा निकै भएकाले प्रदेश तथा संघबाट थप बजेटका लागि कसरत गर्नुपर्ने आवश्यकतामा आफु लाग्ने उनको प्रतिबद्धता थियो ।

Previous Post

नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

Next Post

कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

Next Post
कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version