For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

पत्रकारितामा एआइ अवसर र चुनौति

byDainik Nepalgunj
July 8, 2025
in विचार
0 0
0
पत्रकारितामा एआइ अवसर र चुनौति
Share on FacebookShare on Twitter

असार १९,२०,२१ गते नेपाल प्रेस इन्स्टिच्युट (एनपीआइ)काठमाण्डौले जुम मार्फत नेपालभित्र र बाहिरका गरी करीब ६० जना बरिष्ठ पत्रकारहरूलाई समेटेर मिडिया गोष्ठीको आयोजना गर्यो । ३ दिने गोष्ठीमा पंक्तिकारलाइ पनि सहभागीता जनाउने अवसर मिल्यो ।

जसमा एआइ भनेको केहो यसले के काम गर्छ, एआइका अवसर र चुनौति के के छन ? मिडिया कानुन, भिडियो इडिटिड, मोबाइल फोनलाई पत्रकारिताको उपकरणका रूपमा कसरी सदुपयोग गर्ने ? अनलाइन न्युज पोर्टलका उपलब्धि र समस्या लगायतका विषयमा निकै महत्वपुर्ण प्रशिक्षण दिइएको थियो । यसका साथै जुन तालिमले मलाइ एआइको बारेमा जान्ने,बुझ्ने र यसको प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा महत्वपूर्ण जानकारी लिने अवसर मिल्यो र मनमा निकै खुल्दुली पनि पैदा भयो र मनको खुल्दुली मेटाउन केही शब्द कोर्ने जमर्काे गरेकी छु ।

झट्ट हेर्दा के हो त एआइ ? मेरो बुझाइमा सरल भाषमा भन्नुपर्दा एआइ भनेको मानिसले जस्तैे बोलेर वा लेखेर काम गर्ने एउटा माध्यम हो । यसले पत्रकारितामा चमत्कार पनि ल्याएको छ । मानिसलाइ घण्टौ पढेर निकाल्नु पर्ने साराशं एक छिनमा निकालिदिन्छ,मानिसलाइ कुनै पनि प्रतिवेदन बनाउनु छ भने दिइएको जानकारीका आधारमा प्रतिवेदन तुरुन्तै बनाइदिन्छ । समाचार वा लेख यो विषयमा तयार गर भनेर निर्देशन दिने हो भने उसल समाचार वा फिचल, लेख ,काविता तयार गरीदिन्छ । भाषामा पनि उत्तिकेै काम गर्दछ । नेपालीमा दिइएको सामाग्री अग्रेंजीमा, र अग्रेजीको सामाग्री नेपालीमा अनुवाद गर्न मानिसलाइ घण्टौ मेहनत गर्नुुु पर्दछ उस्ले एक सेकेण्डमा गरी दिन्छ । यो एआका कारण कतिपय अनुवादकको रोजगारी पनि खोसीएको छ र भाषा अनुवाद गर्ने मानिसको आवश्यकता नै नपर्ने भएको छ । यसकारण यो प्रविधिले नयाँ नयाँ कुराासिकाएको छ । संचार माध्यममा रीपोटरले गर्ने काम हाल एआइको प्रयोगले गरेको छ । समाचार लेख्न रिपोटर नै न चाहिने भएको छ । २,३ जना रिपोटर राखेर मिडियामा समाचार उत्पादन गर्दथ्ये भने हाल एआइको प्रयोगले गर्दा २,३ जना रिपोटरले गर्ने काम उसले एक्लेै मिनेट भरमा गरीदिन्छ । त्यसले गर्दा रिपोटर पाल्नु पर्ने बाध्यता सबै हट्यो । यसलाइ बर्षको १ सय रूपैया तिरेर दर्ता गरे पुग्छ । यो विषयमा फिचर लेख भने लेखिदिन्छ, यो बिषयमा समाचार लेख भन्दा लेखिदिन्छ । यसरी एआइलाइ पत्रकारितामा प्रयोग गर्न सजिलो भएको छ । पत्रकारलाइ हप्तौ लाग्ने सुचना ए आइले छिन भरमा पत्ता लगाई दिन्छ । अनि भएन त पत्रकारीतामा सजिलो । केहि समय पहिला समाजिक संजालमा भइरल भएको एउटा नगरपालिकाको साधारण सभामा एक जना पत्रकारले साधारण सभाको बन्दसत्रमा म पत्रकार हु मलाइ जान दिनु पर्छ भनेर खिचेको भिडियो आश्चर्य लागेपछि कुन ठाउँको होला भनी एआइलाइ सोध्दा त्यो भिडियो मधेश प्रदेशको एक नगरपालिकाको रहेको खुलेको थियो । यसरी पत्रकारलाइ कुनै पनि क्षेत्रको डाटा लिन कठिन भयो भने एआइलाइ सोध्ने हो भने यसले एकछिनमा भनि दिन्छ । यसलाइ सोधेको पश्नको यसले तुरुन्तै उत्तर दिइहाल्छ ।

यसकारण पनि पत्रकारिता क्षेत्रमा एआइको प्रयोग बढ्दो छ । पत्रकारलाइ कुनै पनि समाचार लेख्न मन लागेन भने यसलाइ योयो समग्रीलाई समेटेर समाचार लेखिदे भन्ने हो भने पनि एआइले समाचार लेखि दिन्छ । तर यसमा ध्यान दिनु पर्ने कुरा के छ भने एआइलाइ प्रश्न सोध्दा डाइरेट भन्नु भन्दा भुमिकाबाधेर प्रश्न सोध्नु पर्दछ । जस्तै ःनिर्मला शर्माले के काम गर्दछीन भनेर प्रश्न गर्दा निर्मला शर्मा भन्ने नाम थुप्रै हुन्छन् । त्यसकारण नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माको जीवनी चाहियो भनेर सोध्ने हो भने उसले पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्मला शर्मा भन्ने बुझ्द छ उसले उनी कति बर्षदेखि पत्रकारिता गर्दैछिन कुन कुन सस्थामा आवद्ध भएर काम गरीन हाल के गदैछिन् लगायत उनको विवरण बारे जानकारी गराइ दिन्छ ।

त्यसकारण हामीले प्रश्न गर्दा कम्प्युटर पनि भ्रममा पर्ने खालको नभइकन उसले बुझ्ने गरी विस्तृत विवरण दिनु पर्दछ । यो एउटा ख्याल गर्नुपर्ने कुरा हो । अर्को हामीले सोधेको प्रश्न उसले बुझेन भने गलत सूूचना पनि आउन सक्छ हामीले त्यो सूचनालाइ हचुवाको भरमा पत्याइ नहालीकन अन्य स्रोतबाट पनि क्रस चेक गर्न जरुरी छ । यदि यस्ता कुरामा हामीले ध्यान पुर्याएनौ भने एआइले हाम्रो सेवा गर्ने होइन हामीले एआइको सेवा गर्नुपर्ने पनि बेला आउन सक्छ । जस्तै ः बन्दुकले अरूलाइ मारिदिन्छ । कतिपय लडाइमा बन्दुक पडकाएर दुस्मनसंग जित भएको हुन्छ । तर त्यहि बन्दुक चलाउन नजान्ने होभने आफैतिर पड्केर आफ्नो मृत्यु हुन्छ । त्यस्तै आगोलाइ सदुपयोग गर्ने हो भने यसले खाना पकाउछ, जाडोमा तातो बनाउछ । एउटा सलैको काटीले जंगलमा डढेलो लागेर जंगल सखाप हुन्छ त्यसैगरी घरमा पर्यो भने घर ध्वस्त हुन्छ । त्यसकारण सबैचिजका फाइदा र बेफाइदा हुन्छन् । त्यसैगरी एआइका पनि फाइदा बेफाइदा सबै छन् । यसलाइ कसरी चलाउने ? के के कुरामा सतर्कता अपनाउने भन्ने कुराहरू थाहा पाइराख्न जरुरी छ । एआइ चलाउन जानेनौ भने पत्रकार दिलभुषण पाठकले जस्तै हामीले पनि दुःख पाउनु पर्छ । एआइले पत्रकारितामा एउटा फड्को मारेको छ । तर सबै कुरा आँखा चिम्लेर विश्वास गर्न चाहि हुन्न है भन्ने कुरा पनि भुल्नु हुदैन ।

विगतमा सूचना पाउन महिनौ लाग्थ्यो, चिठीपत्र पनि महिनौ पछि मात्र पुग्ने हुन्थ्यो सूचनाका आधार भनेका चिया चौतारा र पधेरा सूचना आदान प्रदान गर्ने ठाउँ हुन्थ्ये । विस्तारै विकास हुदै गयो । रेडियो,पत्रिका टिभिको आविस्कार भयो । छापामाध्यमको विकास भयो । काडमाण्डौबाट प्रकाशित गोरखापत्र पढ्न नेपालगन्जमा कुरेर बस्नु पर्दथ्यो । विस्तारै मोफसलमा पनि पत्रिका प्रकाशन हुन थाले पत्रिकाको सूचना दिनभरीको समेटेर राती छाप्ने र भोली पल्ट विहान के के छ नयाँ समाचार भनि पढ्नु पर्ने हुन्थ्यो । विहान एक पटक पत्रिका पढेर सुचना पाएपछि दिनभरीलाइ पुग्यो । नयाँ समाचार पढ्न अब भोली पल्ट विहान कुर्नु पर्ने हुन्थ्यो । विहानको चिया सगै पत्रिका पढ्ने हुन्थ्यो ।

राजधानीबाट आउने पत्रिका सूचनाका स्रोत हुन्थ्ये । रेडियो नेपालबाट पनि समाचार आउन थाल्यो । पछि मोफसलमा पनि रेडियो,पत्रिका टीभि खुले त्यसले सुचना पाउन अलि सहज बनायो । संचारमाध्यमको विकास सगै पत्रिका भन्दा रेडियो र टिभीले छिटो समाचार दिन थाले पत्रिका दिनको एक पटक विहान मात्र निस्कीने । टिभि र रेडियोमा घन्टाघन्टामा समाचार आउन ेथाले । यसपछि मोवाइल आयो केहि सहज भयो । अझ मोबाइलमा फेसबुक,टुइटर,युटुभ आएपछि त झन जस्ले पनि सूचना प्रवाहा गर्नसक्ने भए । विस्तारै अनलाइन पत्रिको आविस्कार पछि छापामाध्यमका पत्रिका ओझेलमा परेका छन् । विगतमा सूचना प्रवाह गर्न पत्रकार नै चाहिन्थ्यो भने मोबाइल र फेसबुक आइसके पछि पत्रकार नभए पनि जस्ले पनि भिडियो खीचेर फेसबुकमा राखेर सूचना दिन सक्ने भएका छन् । यसका पनि केहि राम्रा पक्ष छन भने केहि नराम्रा पक्ष छन । अहिलेको अवस्थामा सबैका हातहातमा मोबाइल छन सबै सूचना मोबाइलमा नै आउछ पत्रिका रेडियो टिभी सबैका सूचना मोबाइलमा नै आउछन् । पत्रिका खोज्न जानुपर्ने झन्झटै हरायो ।

पत्रकारीतालाई हतारको साहित्य भनिन्छ । पत्रिकाबाट अनलाइन र युटुभको विकास झनै हतारोको साहित्य बनेका छन् । हतारो र ब्रेकिड. न्युजले गर्दा कस्ले पहिला समाचार दिने भन्ने होडमा सत्यतथ्य पत्ता नहुदै पुष्ठी नहुदै आधा समाचार बाहिर आउछ । यसले जनमासनको विश्वसनियता घट्दै गएको छ । पछिल्ला दिनमा त व्यक्तिगत रीसइवी भए पनि युटुभबाट पोख्ने माध्यम बनेको छ । यो काम पत्रकार बाहेक जोकोहिले पनि एउटा मोवाइल भएको व्यक्तिले गर्न सक्छ । पत्रकारीताको आचार संहिता नै नजानेका पत्रकार भन्दा बाहेकका व्यक्तिले पनि युुटुभ चलाउने भएका कारण पत्रकारको विश्वसनियता घट्दै गएको छ ।

यस्तो अवस्थामा हाल एआइको आविस्कार भएको छ । यस्ले मानिसले जस्तै बोलेर उत्तर दिन,मानिसले जस्तै कम्प्युटरमा लेखेर उत्तर दिने गर्दछ । यस्को आविस्कारले मानिसलाइ केहि सहज,केहि चुनौति र केहि अल्छी पनि बनाउने देखिन्छ । पत्रकारले आधि घण्टामा लेख्ने समाचार फिचर वा अन्तरवार्त यसले एक मिनेट भन्दा पनि कम समयमा लेखिदिन्छ । अनि संचारगृहमा रीपोटर पनि नचाहिने भो । तर यसको सूचनामा पुण भर परेर आँखा चिम्लेर बस्यो भने चाहि यसले फेरी दुःख पनि दिन्छ ।

त्यसकारण अहिलेको अवस्थामा एआइका फाइदा र चुनौति के के छन् ? एआइ चलाउदा केके कुरामा ध्यान दिन जरुरी छ भन्ने जस्ता कुरा जानकार हुन जरुरी छ । यदि हामीले आफ्नो बुद्धि पनि प्रयोग गर्ने, उसको सूचनालाइ क्रस चेक गर्ने,

स्थानीय सन्दर्भ र बस्तुस्थितिलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सहयोगी बन्न सक्छ तर हामी पुर्णरूपमा उसैको विश्वासमा बस्यौ र भ्रममा पर्यौ भने एआइ हाम्रो सेवक नभइ मालिक बन्छ । र हामीलाइ अनाबस्यक कठिनाइ आइपर्छ । अहिलेको युगमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई भविष्यको मूल साँचोका रूपमा चित्रण गरिँदैछ । एआइले शिक्षा,स्वास्थय,कृषि,बैक यातायातमा कायपलट ल्याउछ भन्ने छ । यो परिक्षणकै क्रममा छ । यसलाइ सहिदिशामा लगायर सदुपयोग गरीनुपर्दछ ।

आज एआई शब्द ‘ट्रेन्डिङ टर्म’ बनिसकेको छ । प्रविधि सम्मेलनहरू, स्टार्टअप पिचहरू वा नीति सम्बोधनमा एआईलाई ‘जादुको छडी’ जस्तै चित्रण गरिन्छ । जसले मानव जीवनका सबै समस्याको समाधान दिनेछ भन्ने जस्तो आभास दिइन्छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार इत्यादि प्रत्येक क्षेत्रमा यसको उपयोगको दाबी गरिन्छ, तर तीमध्ये धेरैजसो आधारभूत अध्ययनबिना, केवल सैद्धान्तिक आकर्षणमा आधारित हुन्छन् । यस्ता दाबीहरूले समाजलाई वास्तविक चुनौतीभन्दा पर धकेल्छन् । जसले गर्दा हामी भ्रमको भुमरीमा फस्न सक्छौं । यो प्रवृत्तिले नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूमा थप खतरनाक असर पार्छ । जहाँ प्रविधि परीक्षणभन्दा प्रचारमा बढी विश्वास गरिन्छ ।

के एआई वास्तवमै निर्णय लिने विश्वसनीय साधन हो ? आज प्रयोग भइरहेका अधिकांश एआई प्रणालीहरू ‘प्रिडिक्टिभ’ छन् अर्थात् जसले भविष्यवाणी गर्न खोज्छन्, तर ती भविष्यवाणीहरू अधिकांश त्रुटिपूर्ण हुन्छन् । यी प्रणालीहरू पुराना तथ्यांक र ढाँचाहरूमा आधारित हुन्छन् । जसले वर्तमान समाजको जटिलता समाउन सक्दैन । जस्तै, कुनै व्यक्तिको अपराध गर्न सक्ने सम्भावना मापन गर्ने एआई प्रणाली, जसले पुराना डेटामा आधारित भएर जातीय वा सामाजिक पूर्वाग्रह बोकेको निर्णय दिन सक्छ । हाम्रो देशमा सबैठाउका सबै डाटा कप्युटरमा बनाएर राख्ने भैसकेको छैन । जस्तै ःनेपालभर कति प्राइवेट स्कुल छन भन्ने कुरा तथ्यांक रहेछ भने त एआइले सहि बताउला यदि अप डेट भाको छैन भने त सहि सूचना नआउन सक्छ यस्ता कुरामा हामील ख्याल गर्न जरुरी छ ।

हाम्रो जस्तो तथ्यांक संकलनको सही पद्धति नै नबसेको प्रणालीको यसको प्रयोग र क्षमता अझै सीमित र भ्रामक हुन्छ ।हुन त एआईले भाषा अनुवाद, अनुहार चिन्ने वा वस्तु पहिचान गर्ने क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको छ । यस्ता प्रणालीहरू विशेष गरी गुगल ट्रान्सलेट, फेस रिकग्निसन एप्स वा मसिन लर्निङमा आधारित बायोमेट्रिक उपकरणहरूमा देखिन्छन् ।

एआई प्रविधिको सुरुवात शुद्ध वैज्ञानिक जिज्ञासाबाट भएको हो । तर अहिले यसको दिशा बजारले निर्धारण गरिरहेको छ । आजको एआई विकासमा लगानी गर्नेहरू अनुसन्धानकर्ताभन्दा लगानीकर्ता छन् । जसले लगानीको प्रतिफल हेर्छन्, सत्य होइन । एक अध्ययनअनुसार, हालको अधिकांश एआई अनुसन्धान दोहो¥याउन सकिने अवस्थामा छैनन् । जसको अर्थ, तिनको नतिजा वैज्ञानिक प्रमाणीकरणभन्दा प्रचार सामग्रीमा आधारित छ । २०१६ मा नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा ७० प्रतिशत वैज्ञानिकहरूले अर्काको अनुसन्धान पुनः उत्पादन गर्न सकेनन् ।

नेपालजस्ता विकासशील राष्ट्रहरूमा जहाँ स्रोत, पहुँच र जनशक्ति सीमित छन्, त्यहाँ प्रविधिलाई अन्धविश्वासका रूपमा स्वीकार्नु गम्भीर भूल हो । कुनै प्रविधिको सफलताका लागि स्थानीय सन्दर्भ, व्यवहार र आवश्यकतालाई बुझ्न जरुरी हुन्छ । विदेशी प्रयोगशालामा बनेको एआईले नेपाली समाजको बहुरूपी चरित्र, भाषिक विविधता वा समाजशास्त्रीय भिन्नतालाई समात्न सक्दैन ।

त्यस्ता प्रणालीहरूको आधारमा नीति बनाउँदा गलत प्राथमिकता तोकिन सक्छ । जसको मूल्य शिक्षा, स्वास्थ्य, वा रोजगारी क्षेत्रमा महँगो साबित हुन सक्छ । त्यो निर्णय पुनः संशोधन गर्न सकिँदैन र पीडित सधैं जनता नै हुन्छन् ।हालसालै हामीले समाचारमा हरेक दिन एआईले कविता लेख्यो, तस्बिर बनायो वा रोग पहिचान ग¥यो भन्ने सुनेका छौं । यस्ता समाचारले प्रविधिप्रति आममानिसमा चमत्कारी अपेक्षा जन्माउँछन् । तर यीमध्ये कति समाचार तथ्यमा आधारित छन् र कति प्रचारमा ? मिडिया स्वयं प्रविधिकोयोग र प्रभावबारे गहिरो ज्ञानबिना प्रचारमुखी बन्न थालेको छ ।

जुन २९ श्रबण मुकारुड.को चर्चीत कविता कुन भनि एआइलाइ सोधेको र एआइले उनको चर्चित कविता हामी जात छैनौ भन्ने हो भनेर उत्तर पनि दिएको छ तर २९श्रबण मुकारुड.ले भने मैले त्यो विषयमा कविता लेखेकै छैन भनि फेसबुकमा राखेका छन् । यसकारण कति कुरा सत्य हो र कति होइन भनि एआइलाइ हामीले क्रस चेक गरेनौ भने मुलुकमा संकट आउने देखिन्छ यसतर्फ सतर्क रहन जरुरी छ ।

तर यस्ता प्रणाली सफल हुनका लागि तीन कुरा अनिवार्य छन् । पहिलो, स्थानीय डेटा र सन्दर्भप्रति समझ । दोस्रो, पारदर्शिता र जवाफदेहिता । र तेस्रो, सबै वर्गलाई प्रविधिको फाइदाबाट समावेश गर्ने सोच । हामी कुन बाटो रोज्ने ? यदि हामीले बुद्धिमत्ता, आलोचनात्मक सोच र स्थानीय सन्दर्भलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सेवक बन्न सक्छ, मालिक होइन । तर यदि हामी भ्रममा प¥यौं भने एआई हामीलाई होइन, हामी उसलाई सेवा गर्न थाल्नेछौं । हुन त एआईले प्रश्न गर्न सक्दैन । त्यो काम तपाईं र हामी मानवले नै गर्नुपर्छ । एआईको भविष्य हाम्रो हातमा छ, यसलाई भ्रम वा विज्ञानबाट नियन्त्रण गर्ने हाम्रो नै निर्णय हो । त्यसकारण एआइको प्रयोग गर्नु पुर्व एआइका अबसर र चुनौतिका बारेमा सजग हुने कि ?

Previous Post

बाढीमा तीन प्रहरी, बर्दियाका चार सहित १८ बेपत्ता

Next Post

पन्ध्र खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

Next Post
पन्ध्र खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

पन्ध्र खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version