असार १९,२०,२१ गते नेपाल प्रेस इन्स्टिच्युट (एनपीआइ)काठमाण्डौले जुम मार्फत नेपालभित्र र बाहिरका गरी करीब ६० जना बरिष्ठ पत्रकारहरूलाई समेटेर मिडिया गोष्ठीको आयोजना गर्यो । ३ दिने गोष्ठीमा पंक्तिकारलाइ पनि सहभागीता जनाउने अवसर मिल्यो ।
जसमा एआइ भनेको केहो यसले के काम गर्छ, एआइका अवसर र चुनौति के के छन ? मिडिया कानुन, भिडियो इडिटिड, मोबाइल फोनलाई पत्रकारिताको उपकरणका रूपमा कसरी सदुपयोग गर्ने ? अनलाइन न्युज पोर्टलका उपलब्धि र समस्या लगायतका विषयमा निकै महत्वपुर्ण प्रशिक्षण दिइएको थियो । यसका साथै जुन तालिमले मलाइ एआइको बारेमा जान्ने,बुझ्ने र यसको प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा महत्वपूर्ण जानकारी लिने अवसर मिल्यो र मनमा निकै खुल्दुली पनि पैदा भयो र मनको खुल्दुली मेटाउन केही शब्द कोर्ने जमर्काे गरेकी छु ।
झट्ट हेर्दा के हो त एआइ ? मेरो बुझाइमा सरल भाषमा भन्नुपर्दा एआइ भनेको मानिसले जस्तैे बोलेर वा लेखेर काम गर्ने एउटा माध्यम हो । यसले पत्रकारितामा चमत्कार पनि ल्याएको छ । मानिसलाइ घण्टौ पढेर निकाल्नु पर्ने साराशं एक छिनमा निकालिदिन्छ,मानिसलाइ कुनै पनि प्रतिवेदन बनाउनु छ भने दिइएको जानकारीका आधारमा प्रतिवेदन तुरुन्तै बनाइदिन्छ । समाचार वा लेख यो विषयमा तयार गर भनेर निर्देशन दिने हो भने उसल समाचार वा फिचल, लेख ,काविता तयार गरीदिन्छ । भाषामा पनि उत्तिकेै काम गर्दछ । नेपालीमा दिइएको सामाग्री अग्रेंजीमा, र अग्रेजीको सामाग्री नेपालीमा अनुवाद गर्न मानिसलाइ घण्टौ मेहनत गर्नुुु पर्दछ उस्ले एक सेकेण्डमा गरी दिन्छ । यो एआका कारण कतिपय अनुवादकको रोजगारी पनि खोसीएको छ र भाषा अनुवाद गर्ने मानिसको आवश्यकता नै नपर्ने भएको छ । यसकारण यो प्रविधिले नयाँ नयाँ कुराासिकाएको छ । संचार माध्यममा रीपोटरले गर्ने काम हाल एआइको प्रयोगले गरेको छ । समाचार लेख्न रिपोटर नै न चाहिने भएको छ । २,३ जना रिपोटर राखेर मिडियामा समाचार उत्पादन गर्दथ्ये भने हाल एआइको प्रयोगले गर्दा २,३ जना रिपोटरले गर्ने काम उसले एक्लेै मिनेट भरमा गरीदिन्छ । त्यसले गर्दा रिपोटर पाल्नु पर्ने बाध्यता सबै हट्यो । यसलाइ बर्षको १ सय रूपैया तिरेर दर्ता गरे पुग्छ । यो विषयमा फिचर लेख भने लेखिदिन्छ, यो बिषयमा समाचार लेख भन्दा लेखिदिन्छ । यसरी एआइलाइ पत्रकारितामा प्रयोग गर्न सजिलो भएको छ । पत्रकारलाइ हप्तौ लाग्ने सुचना ए आइले छिन भरमा पत्ता लगाई दिन्छ । अनि भएन त पत्रकारीतामा सजिलो । केहि समय पहिला समाजिक संजालमा भइरल भएको एउटा नगरपालिकाको साधारण सभामा एक जना पत्रकारले साधारण सभाको बन्दसत्रमा म पत्रकार हु मलाइ जान दिनु पर्छ भनेर खिचेको भिडियो आश्चर्य लागेपछि कुन ठाउँको होला भनी एआइलाइ सोध्दा त्यो भिडियो मधेश प्रदेशको एक नगरपालिकाको रहेको खुलेको थियो । यसरी पत्रकारलाइ कुनै पनि क्षेत्रको डाटा लिन कठिन भयो भने एआइलाइ सोध्ने हो भने यसले एकछिनमा भनि दिन्छ । यसलाइ सोधेको पश्नको यसले तुरुन्तै उत्तर दिइहाल्छ ।
यसकारण पनि पत्रकारिता क्षेत्रमा एआइको प्रयोग बढ्दो छ । पत्रकारलाइ कुनै पनि समाचार लेख्न मन लागेन भने यसलाइ योयो समग्रीलाई समेटेर समाचार लेखिदे भन्ने हो भने पनि एआइले समाचार लेखि दिन्छ । तर यसमा ध्यान दिनु पर्ने कुरा के छ भने एआइलाइ प्रश्न सोध्दा डाइरेट भन्नु भन्दा भुमिकाबाधेर प्रश्न सोध्नु पर्दछ । जस्तै ःनिर्मला शर्माले के काम गर्दछीन भनेर प्रश्न गर्दा निर्मला शर्मा भन्ने नाम थुप्रै हुन्छन् । त्यसकारण नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माको जीवनी चाहियो भनेर सोध्ने हो भने उसले पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्मला शर्मा भन्ने बुझ्द छ उसले उनी कति बर्षदेखि पत्रकारिता गर्दैछिन कुन कुन सस्थामा आवद्ध भएर काम गरीन हाल के गदैछिन् लगायत उनको विवरण बारे जानकारी गराइ दिन्छ ।
त्यसकारण हामीले प्रश्न गर्दा कम्प्युटर पनि भ्रममा पर्ने खालको नभइकन उसले बुझ्ने गरी विस्तृत विवरण दिनु पर्दछ । यो एउटा ख्याल गर्नुपर्ने कुरा हो । अर्को हामीले सोधेको प्रश्न उसले बुझेन भने गलत सूूचना पनि आउन सक्छ हामीले त्यो सूचनालाइ हचुवाको भरमा पत्याइ नहालीकन अन्य स्रोतबाट पनि क्रस चेक गर्न जरुरी छ । यदि यस्ता कुरामा हामीले ध्यान पुर्याएनौ भने एआइले हाम्रो सेवा गर्ने होइन हामीले एआइको सेवा गर्नुपर्ने पनि बेला आउन सक्छ । जस्तै ः बन्दुकले अरूलाइ मारिदिन्छ । कतिपय लडाइमा बन्दुक पडकाएर दुस्मनसंग जित भएको हुन्छ । तर त्यहि बन्दुक चलाउन नजान्ने होभने आफैतिर पड्केर आफ्नो मृत्यु हुन्छ । त्यस्तै आगोलाइ सदुपयोग गर्ने हो भने यसले खाना पकाउछ, जाडोमा तातो बनाउछ । एउटा सलैको काटीले जंगलमा डढेलो लागेर जंगल सखाप हुन्छ त्यसैगरी घरमा पर्यो भने घर ध्वस्त हुन्छ । त्यसकारण सबैचिजका फाइदा र बेफाइदा हुन्छन् । त्यसैगरी एआइका पनि फाइदा बेफाइदा सबै छन् । यसलाइ कसरी चलाउने ? के के कुरामा सतर्कता अपनाउने भन्ने कुराहरू थाहा पाइराख्न जरुरी छ । एआइ चलाउन जानेनौ भने पत्रकार दिलभुषण पाठकले जस्तै हामीले पनि दुःख पाउनु पर्छ । एआइले पत्रकारितामा एउटा फड्को मारेको छ । तर सबै कुरा आँखा चिम्लेर विश्वास गर्न चाहि हुन्न है भन्ने कुरा पनि भुल्नु हुदैन ।
विगतमा सूचना पाउन महिनौ लाग्थ्यो, चिठीपत्र पनि महिनौ पछि मात्र पुग्ने हुन्थ्यो सूचनाका आधार भनेका चिया चौतारा र पधेरा सूचना आदान प्रदान गर्ने ठाउँ हुन्थ्ये । विस्तारै विकास हुदै गयो । रेडियो,पत्रिका टिभिको आविस्कार भयो । छापामाध्यमको विकास भयो । काडमाण्डौबाट प्रकाशित गोरखापत्र पढ्न नेपालगन्जमा कुरेर बस्नु पर्दथ्यो । विस्तारै मोफसलमा पनि पत्रिका प्रकाशन हुन थाले पत्रिकाको सूचना दिनभरीको समेटेर राती छाप्ने र भोली पल्ट विहान के के छ नयाँ समाचार भनि पढ्नु पर्ने हुन्थ्यो । विहान एक पटक पत्रिका पढेर सुचना पाएपछि दिनभरीलाइ पुग्यो । नयाँ समाचार पढ्न अब भोली पल्ट विहान कुर्नु पर्ने हुन्थ्यो । विहानको चिया सगै पत्रिका पढ्ने हुन्थ्यो ।
राजधानीबाट आउने पत्रिका सूचनाका स्रोत हुन्थ्ये । रेडियो नेपालबाट पनि समाचार आउन थाल्यो । पछि मोफसलमा पनि रेडियो,पत्रिका टीभि खुले त्यसले सुचना पाउन अलि सहज बनायो । संचारमाध्यमको विकास सगै पत्रिका भन्दा रेडियो र टिभीले छिटो समाचार दिन थाले पत्रिका दिनको एक पटक विहान मात्र निस्कीने । टिभि र रेडियोमा घन्टाघन्टामा समाचार आउन ेथाले । यसपछि मोवाइल आयो केहि सहज भयो । अझ मोबाइलमा फेसबुक,टुइटर,युटुभ आएपछि त झन जस्ले पनि सूचना प्रवाहा गर्नसक्ने भए । विस्तारै अनलाइन पत्रिको आविस्कार पछि छापामाध्यमका पत्रिका ओझेलमा परेका छन् । विगतमा सूचना प्रवाह गर्न पत्रकार नै चाहिन्थ्यो भने मोबाइल र फेसबुक आइसके पछि पत्रकार नभए पनि जस्ले पनि भिडियो खीचेर फेसबुकमा राखेर सूचना दिन सक्ने भएका छन् । यसका पनि केहि राम्रा पक्ष छन भने केहि नराम्रा पक्ष छन । अहिलेको अवस्थामा सबैका हातहातमा मोबाइल छन सबै सूचना मोबाइलमा नै आउछ पत्रिका रेडियो टिभी सबैका सूचना मोबाइलमा नै आउछन् । पत्रिका खोज्न जानुपर्ने झन्झटै हरायो ।
पत्रकारीतालाई हतारको साहित्य भनिन्छ । पत्रिकाबाट अनलाइन र युटुभको विकास झनै हतारोको साहित्य बनेका छन् । हतारो र ब्रेकिड. न्युजले गर्दा कस्ले पहिला समाचार दिने भन्ने होडमा सत्यतथ्य पत्ता नहुदै पुष्ठी नहुदै आधा समाचार बाहिर आउछ । यसले जनमासनको विश्वसनियता घट्दै गएको छ । पछिल्ला दिनमा त व्यक्तिगत रीसइवी भए पनि युटुभबाट पोख्ने माध्यम बनेको छ । यो काम पत्रकार बाहेक जोकोहिले पनि एउटा मोवाइल भएको व्यक्तिले गर्न सक्छ । पत्रकारीताको आचार संहिता नै नजानेका पत्रकार भन्दा बाहेकका व्यक्तिले पनि युुटुभ चलाउने भएका कारण पत्रकारको विश्वसनियता घट्दै गएको छ ।
यस्तो अवस्थामा हाल एआइको आविस्कार भएको छ । यस्ले मानिसले जस्तै बोलेर उत्तर दिन,मानिसले जस्तै कम्प्युटरमा लेखेर उत्तर दिने गर्दछ । यस्को आविस्कारले मानिसलाइ केहि सहज,केहि चुनौति र केहि अल्छी पनि बनाउने देखिन्छ । पत्रकारले आधि घण्टामा लेख्ने समाचार फिचर वा अन्तरवार्त यसले एक मिनेट भन्दा पनि कम समयमा लेखिदिन्छ । अनि संचारगृहमा रीपोटर पनि नचाहिने भो । तर यसको सूचनामा पुण भर परेर आँखा चिम्लेर बस्यो भने चाहि यसले फेरी दुःख पनि दिन्छ ।
त्यसकारण अहिलेको अवस्थामा एआइका फाइदा र चुनौति के के छन् ? एआइ चलाउदा केके कुरामा ध्यान दिन जरुरी छ भन्ने जस्ता कुरा जानकार हुन जरुरी छ । यदि हामीले आफ्नो बुद्धि पनि प्रयोग गर्ने, उसको सूचनालाइ क्रस चेक गर्ने,
स्थानीय सन्दर्भ र बस्तुस्थितिलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सहयोगी बन्न सक्छ तर हामी पुर्णरूपमा उसैको विश्वासमा बस्यौ र भ्रममा पर्यौ भने एआइ हाम्रो सेवक नभइ मालिक बन्छ । र हामीलाइ अनाबस्यक कठिनाइ आइपर्छ । अहिलेको युगमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई भविष्यको मूल साँचोका रूपमा चित्रण गरिँदैछ । एआइले शिक्षा,स्वास्थय,कृषि,बैक यातायातमा कायपलट ल्याउछ भन्ने छ । यो परिक्षणकै क्रममा छ । यसलाइ सहिदिशामा लगायर सदुपयोग गरीनुपर्दछ ।
आज एआई शब्द ‘ट्रेन्डिङ टर्म’ बनिसकेको छ । प्रविधि सम्मेलनहरू, स्टार्टअप पिचहरू वा नीति सम्बोधनमा एआईलाई ‘जादुको छडी’ जस्तै चित्रण गरिन्छ । जसले मानव जीवनका सबै समस्याको समाधान दिनेछ भन्ने जस्तो आभास दिइन्छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार इत्यादि प्रत्येक क्षेत्रमा यसको उपयोगको दाबी गरिन्छ, तर तीमध्ये धेरैजसो आधारभूत अध्ययनबिना, केवल सैद्धान्तिक आकर्षणमा आधारित हुन्छन् । यस्ता दाबीहरूले समाजलाई वास्तविक चुनौतीभन्दा पर धकेल्छन् । जसले गर्दा हामी भ्रमको भुमरीमा फस्न सक्छौं । यो प्रवृत्तिले नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूमा थप खतरनाक असर पार्छ । जहाँ प्रविधि परीक्षणभन्दा प्रचारमा बढी विश्वास गरिन्छ ।
के एआई वास्तवमै निर्णय लिने विश्वसनीय साधन हो ? आज प्रयोग भइरहेका अधिकांश एआई प्रणालीहरू ‘प्रिडिक्टिभ’ छन् अर्थात् जसले भविष्यवाणी गर्न खोज्छन्, तर ती भविष्यवाणीहरू अधिकांश त्रुटिपूर्ण हुन्छन् । यी प्रणालीहरू पुराना तथ्यांक र ढाँचाहरूमा आधारित हुन्छन् । जसले वर्तमान समाजको जटिलता समाउन सक्दैन । जस्तै, कुनै व्यक्तिको अपराध गर्न सक्ने सम्भावना मापन गर्ने एआई प्रणाली, जसले पुराना डेटामा आधारित भएर जातीय वा सामाजिक पूर्वाग्रह बोकेको निर्णय दिन सक्छ । हाम्रो देशमा सबैठाउका सबै डाटा कप्युटरमा बनाएर राख्ने भैसकेको छैन । जस्तै ःनेपालभर कति प्राइवेट स्कुल छन भन्ने कुरा तथ्यांक रहेछ भने त एआइले सहि बताउला यदि अप डेट भाको छैन भने त सहि सूचना नआउन सक्छ यस्ता कुरामा हामील ख्याल गर्न जरुरी छ ।
हाम्रो जस्तो तथ्यांक संकलनको सही पद्धति नै नबसेको प्रणालीको यसको प्रयोग र क्षमता अझै सीमित र भ्रामक हुन्छ ।हुन त एआईले भाषा अनुवाद, अनुहार चिन्ने वा वस्तु पहिचान गर्ने क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको छ । यस्ता प्रणालीहरू विशेष गरी गुगल ट्रान्सलेट, फेस रिकग्निसन एप्स वा मसिन लर्निङमा आधारित बायोमेट्रिक उपकरणहरूमा देखिन्छन् ।
एआई प्रविधिको सुरुवात शुद्ध वैज्ञानिक जिज्ञासाबाट भएको हो । तर अहिले यसको दिशा बजारले निर्धारण गरिरहेको छ । आजको एआई विकासमा लगानी गर्नेहरू अनुसन्धानकर्ताभन्दा लगानीकर्ता छन् । जसले लगानीको प्रतिफल हेर्छन्, सत्य होइन । एक अध्ययनअनुसार, हालको अधिकांश एआई अनुसन्धान दोहो¥याउन सकिने अवस्थामा छैनन् । जसको अर्थ, तिनको नतिजा वैज्ञानिक प्रमाणीकरणभन्दा प्रचार सामग्रीमा आधारित छ । २०१६ मा नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा ७० प्रतिशत वैज्ञानिकहरूले अर्काको अनुसन्धान पुनः उत्पादन गर्न सकेनन् ।
नेपालजस्ता विकासशील राष्ट्रहरूमा जहाँ स्रोत, पहुँच र जनशक्ति सीमित छन्, त्यहाँ प्रविधिलाई अन्धविश्वासका रूपमा स्वीकार्नु गम्भीर भूल हो । कुनै प्रविधिको सफलताका लागि स्थानीय सन्दर्भ, व्यवहार र आवश्यकतालाई बुझ्न जरुरी हुन्छ । विदेशी प्रयोगशालामा बनेको एआईले नेपाली समाजको बहुरूपी चरित्र, भाषिक विविधता वा समाजशास्त्रीय भिन्नतालाई समात्न सक्दैन ।
त्यस्ता प्रणालीहरूको आधारमा नीति बनाउँदा गलत प्राथमिकता तोकिन सक्छ । जसको मूल्य शिक्षा, स्वास्थ्य, वा रोजगारी क्षेत्रमा महँगो साबित हुन सक्छ । त्यो निर्णय पुनः संशोधन गर्न सकिँदैन र पीडित सधैं जनता नै हुन्छन् ।हालसालै हामीले समाचारमा हरेक दिन एआईले कविता लेख्यो, तस्बिर बनायो वा रोग पहिचान ग¥यो भन्ने सुनेका छौं । यस्ता समाचारले प्रविधिप्रति आममानिसमा चमत्कारी अपेक्षा जन्माउँछन् । तर यीमध्ये कति समाचार तथ्यमा आधारित छन् र कति प्रचारमा ? मिडिया स्वयं प्रविधिकोयोग र प्रभावबारे गहिरो ज्ञानबिना प्रचारमुखी बन्न थालेको छ ।
जुन २९ श्रबण मुकारुड.को चर्चीत कविता कुन भनि एआइलाइ सोधेको र एआइले उनको चर्चित कविता हामी जात छैनौ भन्ने हो भनेर उत्तर पनि दिएको छ तर २९श्रबण मुकारुड.ले भने मैले त्यो विषयमा कविता लेखेकै छैन भनि फेसबुकमा राखेका छन् । यसकारण कति कुरा सत्य हो र कति होइन भनि एआइलाइ हामीले क्रस चेक गरेनौ भने मुलुकमा संकट आउने देखिन्छ यसतर्फ सतर्क रहन जरुरी छ ।
तर यस्ता प्रणाली सफल हुनका लागि तीन कुरा अनिवार्य छन् । पहिलो, स्थानीय डेटा र सन्दर्भप्रति समझ । दोस्रो, पारदर्शिता र जवाफदेहिता । र तेस्रो, सबै वर्गलाई प्रविधिको फाइदाबाट समावेश गर्ने सोच । हामी कुन बाटो रोज्ने ? यदि हामीले बुद्धिमत्ता, आलोचनात्मक सोच र स्थानीय सन्दर्भलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सेवक बन्न सक्छ, मालिक होइन । तर यदि हामी भ्रममा प¥यौं भने एआई हामीलाई होइन, हामी उसलाई सेवा गर्न थाल्नेछौं । हुन त एआईले प्रश्न गर्न सक्दैन । त्यो काम तपाईं र हामी मानवले नै गर्नुपर्छ । एआईको भविष्य हाम्रो हातमा छ, यसलाई भ्रम वा विज्ञानबाट नियन्त्रण गर्ने हाम्रो नै निर्णय हो । त्यसकारण एआइको प्रयोग गर्नु पुर्व एआइका अबसर र चुनौतिका बारेमा सजग हुने कि ?






























