पेडारीबाट ब्राउनसुगरसहित युवक पक्राउ

बाँके, बैजनाथ गाउँपालिका–७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । सोही ठाउँ बस्ने २७ वर्षीय निरञ्जन चौधरीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरसहितको टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा १ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको बताइएको छ । लागूऔषधसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version