For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

दिगो विकासको आधारशीला राख्न

byDainik Nepalgunj
August 23, 2025
in विचार
0 0
0
दिगो विकासको आधारशीला राख्न
Share on FacebookShare on Twitter

नेपालमा व्यवस्था फेरिए । संविधान फेरिए । नयाँ नयाँ पार्टी खुले । सरकार फेरिए । तर बितेको पैंतिस बर्षमा तन्त्र फेरिएन । जनताको अवस्था फेरिएन । शासक र नेता फेरिएन । देशको विकासको ढाँचा फेरिएन । देशको आवश्यकता के हो र कुन कुरा प्राथमिकतामा हो भन्ने नीति फेरिएन । कहाँबाट देश बनाउन काम गर्ने भन्ने कन्फ्यूजन फेरिएन । सिण्डिकेट, कार्टेलिङ, स्वार्थ समुहले सरकार नचाउने काम फेरिएन । सिँह दरबारमा सिँहहरू थपिए तर पुराना र शिकार गर्न नसक्ने सिँहहरू फेरिएनन् । काम गर्ने शैली फेरिएन । जनतालाई सास्ती दिने पद्धति फेरिएन । सत्ताको चास्नीमा डुबेर सबैतिर गुलियो छ भन्ने सोच फेरिएन । आफ्ना परिवार, आसेपासे, ढोके, चण्डमुण्डहरूको अवस्था फेरिएपछि सबैको अवस्था राम्रो भएको छ भन्ने सत्तावृतको सोच र व्यवहार फेरिएन । विकासको आधारशीला राख्ने झाराटार्ने प्रवृति फेरिएन ।

देशले कछुवा गति र वर्तमान सरकारी रवैयाको विकासको आधारशीला खोजेको होइन । जुन आधारशीला वितेको पैंतिसबर्ष यता राखिएका छन् तिनले राखिएको आधारशीलाको काम पुरा हुँदा नहुँदै त्यसको औचित्य नै या त सकिएको हुन्छ या त्यो विकासले योजना सम्पन्न हुँदाका बखत आवश्यकताको पूर्ति गर्नै सकेको हुँदैन । काकाकुल काठमाण्डौंको पानीको आवश्यकता पूर्ति गर्न भन्दै मेलम्ची आयोजनाको आधारशीला राखियो तर त्यो आयोजना बन्नै तीस बर्ष मात्रै लागेन तत्कालिक अनुमानित लागतमा तीन चार गुणा बढि खर्च भयो । त्यो बनेपछि पनि पानीको सहज आपूर्ति हुनै सकेन । आयोजनाको आधारशीला कस्तो राखिएको थियो कि अहिले हरेक बर्ष यसको मुहानमै अर्ब बढि लगानी गरिरहन पर्ने भयो । यस्ता आयोजना र विकासले नेपालीको आवश्यकता पूर्ति होइन देश नै कङ्गाल बनाउँदै जाने पक्का छ ।

पछिल्लो समय निकै हल्लाखल्लाका साथ पोखरा र लुम्बिनीमा अन्तरराष्ट्रिय हवाई अड्डा बनाइयो । देशले ६०–७० अर्ब भन्दा बढि खर्च गर्यो तर त्यो आयोजना सम्पन्न भएको तीन बर्ष पछि सम्म पनि काठमाण्डौंबाट डाइभर्ट हुने जहाजहरू आजपनि कलकत्ता, ढाका र दिल्ली पुग्छन् । त्यहाँ अन्तरराष्ट्रिय उडान हुँदैन । ती हवाइ अड्डा बन्दा लागेको लागतले देशको अर्थतन्त्रमा कति भार थोपरेको छ भन्ने कुरा यहाँ भनिरहनु नपर्ला ।

फेरि निजगढमा हजारौं हेक्टर जमीनको बन फँडानी गरेर सपनाको आयोजना चलेको छ । यसले पनि तीनथरि समुहलाई बाहेक आम नेपालीलाई कुनै फाइदा हुनेवाला छैन भन्ने कुरा आजसम्म बनेका र सम्पन्न भैसकेका आयोजनाहरू, विकासका पूर्वाधारहरूको उपयोगको हविगतले प्रष्ट पार्दछ । निजगढको आयोजनाले खेतियोग्य जमीन प्लटिङ गर्ने जग्गा दलालहरू, आयोजना निर्माणमा लागत भेरिएशन गरेर ठेक्कापट्टामा कमिशन खानेहरू र लगानी गर्ने स्वदेशी विदेशी बैंक वित्तिय संस्थालाई ब्याजको नाउँमा फाइदा हुने बाहेक अरू कसैलाई कुनै फाइदा हुनेवाला नै छैन ।

नेपालमा बन्ने आयोजनाहरूमा भारतको नाङ्गो हस्तक्षेप हुने गरेको छ । नेपालको आर्थिक सम्पन्नता हुनेखालका वा नेपालको विकासमा कोशेढुङ्गा हुने खालका विकासका आधारशीलामा भारतले जहिल्यै अवरोध गर्ने र आफ्ना एजेण्टहरू प्रयोग गरेर असफल बनाउने काम गरिरहेको छ । यो भविष्यमा पनि जारी नै रहने छ । किन कि भारतको डिएनएमा नै नेपाललाई असफल राष्ट्र बनाउने जिन छ ।

नेपालको पूर्वी तराईलाई सुख्खाग्रस्त बनाउने काम पनि भारतीयहरूको मिलिमतोमा उसका दलालहरू प्रयोग गरेर चुरे दोहन गरेकै कारण भएको हो भन्न लजाउनु पर्दैन । सिक्टा आयोजना आजसम्म पनि पुरा नहुुनुको कारण पनि भारतले राप्तीमा बनाएको बाँध र त्यसले उसको भूमिमा भैरहेको सिँचाइमा पानीको कमी हुने भनेर भारतका नेपाली एजेण्टहरू प्रयोग गरेर आयोजना असफल बनाउने खेला अन्तर्गत भएको छ ।

महाकालीबाट नेपालतर्फ गरिने सिँचाइ होस या कोशीबाट गरिने सिँचाइ भारतले पानी नदिने गरेका समाचार पटकपटक आउने गरेका छन् ।

नेपालको तराईमा हुलाकी राजमार्गको नाउँमा बन्ने भनिएको आयोजनाको भारतले कहिले आफ्नो दलालहरू लगाएर त कहिले अवरोध गरेर आज बीस बर्षमा पनि सम्पन्न हुन सकेको छैन ।

नेपालको यातायात क्षेत्रमा कायापलट गर्ने भनिएको पूर्वपश्चिम रेलवेको काम शुरु भएको दशक बढि भयो तर आजसम्म पनि एक सय किमी रेलमार्ग बन्न सकिरहेको छैन । ठेक्का भारतको रेलवे निर्माण कम्पनीलाई नै दिनुपर्ने र उसले काम नगरिदिने वा काममा दलालहरू लगाएर भाँजो हालिरहने गरेका कारण यो हविगत भएको हो ।

नेपालको पूर्वपश्चिम रेलवेको जम्मा दूरि ९४५ किमी र लागत झण्डै १४ खर्ब अनि सम्पन्न गर्न लाग्ने समय २० बर्ष रहेको भनिन्छ । यो मार्गमा ३३४ वटा पुल र ११ वटा सुरुङ बनाउने पर्ने भन्ने देखाइएको छ । जसमा सबैभनदा लामो पुल सप्तकोशीमा झण्डै १.२ कि. मी. को रहेको छ ।

बीस बर्ष नेपालले आफ्नो गेमचेन्जर आयोजना पर्खेर बस्ने समय छैन । यसलाई पाँच देखि दश बर्षमा सम्पन्न गर्नुपर्छ । यसका लागि राज्यले विकास अपातकाल लगाएर भएपनि सम्पन्न गर्नुपर्छ । हालसम्म यसमा जम्मा २२ अर्ब जति मात्रै खर्च गरिएको भनिन्छ । यो हालले त नेपालको पूर्वपश्चिम रेलमार्ग पचासौं बर्षमा पनि सम्पन्न हुँदैन । त्यसो भयो भने नेपाल कसरी बन्छ ? दुनियाँ विकासको अर्को युगमा पुगिसक्दा हामीले टुलुटुलु हेरेर नेपालका गफाडी नेताहरूले बाँड्ने गरेका सपना देखेर मात्रै बस्ने हो र ?

नेपालको विकासको गेमचेन्जर मानिएको पूर्वपश्चिम विद्युतिय रेलमार्गलाई बिभिन्न खण्डमा छुट्याएर चीन, कोरिया, जापान, रुस जस्ता नेपाललाई माया गर्ने र सहयोगको लागि पनि तयार हुनेहरूलाई सम्पन्न गर्न दिने हो भने पक्कैपनि बीस बर्ष नलाग्न सक्छ । भारतको मात्रै भर पर्ने हो भने यो रेलमार्ग यहाँ बीस बर्षमा होइन पचास बर्षमा पनि सम्पन्न हुनेमा शंकैशंका छ । सन् १९२७ मा ४८ कि. मी. रहेको नेपालको रेलमार्ग वितेको सयबर्षमा १०० कि. मी. पनि हुन सकेको छैन । अब पनि यस्तै चाला हो भने पूर्वपश्चिम रेलमार्ग सम्पन्न हुन अर्को सयबर्ष लागेमा कुनै अनौठो नमाने हुन्छ ।

पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा–बर्दिबास सबैभन्दा ठूलो खण्ड हो । ३७० कि. मी. रहेको यो खण्ड मध्ये काँकडभिट्टा–इनरुवा खण्डको लम्बाई १२७ कि. मी. रहेको छ । बर्दिबास–सिमरा खण्ड जम्मा १०८ कि. मी रहेको र यसमा काम भैरहेको र झण्डै ५० प्रतिशत काम सम्पन्न भएको छ । सिमरा–तमसरिया –मध्यविन्दु नपा नवलपरासी) ११४ कि.मी. रहेको छ । समसरिया–बुटवल १०८ कि. मी. रहेको छ । बुटवल–लमही ११० कि. मी. रहेको छ । लमही–कोहलपुर ११६ कि. मी. रहेको छ । कोहलपुर–महेन्द्रनगर १८० कि. मी. रहेको छ ।

आठ खण्डमा रहेको यो रेलमार्गलाई सम्पन्न गर्न नेपालले बिभिन्न तरिका अपनाउन सक्नुपर्छ । मात्रै भारतको भरथेग गरेर वा उसलाई मात्रै ठेक्का दिएर नेपालको रेलवे विकास नेपालको आवश्यकता अनुसार र समयमा हुनसक्दैन । नेपाललाई सहयोग गर्ने देशहरूलाई विकास साझेदार बनाएर जानुपर्छ । भारतलाई पुरै निर्भरिक साझेदार होइन प्रतिष्पर्धात्मक साझेदारको रूपमा राख्नुपर्छ ।

पूर्वको ठूलो खण्डमा जापानलाई सहयोगको अनुरोध गर्दा नै राम्रो हुन्छ भने कतिपय खण्डमा गैर आवासिय नेपालीहरूको लगानीमा काम गर्न सकिन्छ । नेपाल रेलवे निर्माण कम्पनी (पब्लिक कम्पनी ) बनाएर पब्लिक प्राइभेट साझेदारीमा पूँजि संकलन र निर्माण गर्न सकिन्छ । नेपालले यत्रो १४ खर्ब रूपैंया कसरी खर्च गर्न सक्छ ? जसको कुल राजश्व आम्दानी नै १२ खर्ब बार्षिक छ भन्ने प्रश्नै होइन । राज्यले आफ्नो विकास बजेटलाई अब कम्तिमा ६ खर्ब बनाउने र त्यसमध्ये कम्तिमा २ खर्ब रेलवे विकासको लागि छुट्याउनै पर्छ । राज्यले संघीयताको नाउँमा र अनेक सेवा सुविधाको नाउँमा अनावश्यक भैरहेको खर्च तत्काल रोक्नैपर्छ । राज्यले जनतालाई अंशियार बनाउने गरि पूँजि आव्हान गर्नुपर्छ । यसो गर्दा सात देखि दश बर्षमा नेपालमा पूर्वपश्चिम विद्युतिय रेलसेवा सञ्चालन हुने छ ।

पूँजि संकलनको लागि नेपाल सरकारले डायसपोरामा रहेको आफ्नो नागरिकलाई गुहार्न लाज मान्नु पर्दैन । आफ्नो जन्मभूमिको विकासको आधारशीलामा विदेशमा रहेका नेपालीले दिल खोलेर लगानी गर्छन् त्यसकोृ लागि सरकारले आफ्नो विश्वसनीयता कायम राख्न सक्नुपर्छ । सरकार र यसका संयन्त्रहरू सधैं भ्रष्टाचार र कमिशनको रनभुल्लमा रहने हो भन्ने पक्कै पनि विकासको आधारशीलाको लागि र नेपाल रेलवेको लागि पूँजि संकलन हुन गाह्रो हुने नै छ ।

नेपालका सडकहरूको दुर्दशाका कथाहरू संसार कै रोचक कथाहरूमा पर्नै थालिसके । यो अवस्था रहनु हुँदैन । अब सरकारले मुख्य राजमार्गहरूमा नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर दिनुपर्छ । नीजि क्षेत्रलाई राजमार्गहरू निर्माण गर्न दिने र त्यसमा टोलको व्यवस्था गरेर निश्चित बर्षमा लागत असुल गर्ने व्यवस्थालाई अवलम्बन गर्दा राज्यले सधैं सडकको लागि लगानी गरिरहने र अरू काम गर्न बजेट नहुने अवस्थाको अन्त्य गर्न सकिन्छ ।

पहाडी भूभागमा भित्ता कोपरेर बाढी र पहिरोका जोखिम मात्रै बनाइरहन आवश्यक छैन । नीजि क्षेत्रलाई डाँडामा पर्यटकिय विकासमा रोपवे बनाउन दिए झैं यातायातको लागि पनि रोपवेको जिम्मा दिनुपर्छ । विद्युत उत्पादन र त्यसको उपयोगको तालमेलको नीति ल्याउन जरुरी छ । नेपालको विद्युत खरिद गर्न भारतले अनेक अडङ्गा लगाउने गरेको परिप्रेक्ष्यमा नेपालको विद्युत नेपालको यातायातको लागि उपयोग हुने वातावरण बनाउन सकिएन भने केहि बर्षपछि नेपालको विद्युत खेर जाने र नीजि क्षेत्रको लगानी डुब्ने पक्का पक्की जस्तो छ । यसका लागि सरकार आजैबाट आउँदो केहि दशकसम्म उत्पादन हुने हजारौं मेघावाट विद्युत कम्तिमा पनि नेपालमा खपत हुनसक्ने आयोजनाको आधारशीला राख्नैपर्छ ।

हामी भारत हाम्रो बजार हो भन्ने गर्छौं । भौगोलिक हिसाबले त्यो सत्य हो तर पुरै सत्य पनि होइन । भारतले हमेशा उसका कम्पनी वा उसको लगानीको मात्रै विद्युत खरिद गर्ने नीति लिएको छ । चीनको लगानी भएका आयोजनाहरूको उत्पादन भारतले लिँदैन यसका लागि चीनसँग नेपालले कुटनैतिक पहल गरेर चीन भारत ब्यापारमा नेपालमा चीनको लगानीमा रहेका आयोजनाको उत्पादन भारतले लिनुपर्ने बनाउन सक्नुपर्छ । यसो गर्न सकिएन भने चीनको पूँजी नेपालमा आउन सक्दैन । नेपालको हितैषी राष्ट्र चीनको लगानी नेपालमा नहुनु भनेको नेपालको लागि सबैभन्दा ठूलो विकास घाटा हो । नेपालका अन्य उद्योगहरू चल्न नसक्नुको कारण पनि भारतको यस्तै नीतिका कारण हो । हामीहरू यसरी हाम्रा भरपर्दा विकास साझेदारहरूको लगानी आइसोलेट गर्ने बाटोमा रहिरह्यौं र भारतको मात्रै कुरा सुनेर उसैको मात्रै भर पर्यौं भने भोलिका दिनमा नेपालका विद्युत कम्पनीहरू, सिमेन्ट कम्पनीहरू लगायत अन्य उद्योगहरू पनि बन्द हुने अवस्था आउने छ । यसमा नेपालले सजग मात्रै होइन स्थायी र दिर्घकालिन सोंचका साथ काम गर्न जरुरी छ । अरूको हित भन्दा पनि नेपालको हितको पक्ष लिएर मात्रै योजना बनाउने, कुटनीतिक सम्बन्ध राख्ने र कुनैपनि विकासका आधारशीला राख्ने काम गर्दा नै उत्तम हुनेछ ।

Previous Post

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

Next Post

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

Next Post
तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version