बाँकेको खजुरा गाउँपालिका २०८०/८१ को स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लामा उत्कृष्ट बन्न सफल भएको छ।
लिजाका सूचकका आधारमा खजुरा गाउँपालिकाले ८५.७५ अंक प्राप्त गर्दै जिल्लामा प्रथम स्थान हासिल गरेको हो। यसै क्रममा कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक, नेपालगञ्ज उपमहानगरपालिकाले ८२ अंक, डुडुवा गाउँपालिकाले ८१.७५ अंक, बैजनाथ गाउँपालिकाले ७६.५० अंक र जानकी गाउँपालिकाले ७३ अंक ल्याएका छन्।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ का अनुसार, “कार्यविधिले तोकेअनुसारका सूचकहरूलाई प्राथमिकता दिएर जनप्रतिनिधिले नीति, कार्यक्रम र निर्णय गर्ने तथा कर्मचारीले जिम्मेवारीपूर्वक कार्यसम्पादन र अभिलेखीकरण गर्दा उत्कृष्ट नतिजा आउन सम्भव भएको हो।”






























