For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

तिज कार्यक्रममा मुस्लिम महिलाको सहभागिताले थप्यो सौन्दर्य

byDainik Nepalgunj
August 25, 2025
in विचार
0 0
0
तिज कार्यक्रममा मुस्लिम महिलाको सहभागिताले थप्यो सौन्दर्य
Share on FacebookShare on Twitter

निशु जोशी

नेपालगन्जलाई प्रायः ‘सद्भावको सहर’ भनेर चिनिन्छ । बाँके जिल्लाको नेपालगन्ज सहरमा हिन्दु, मुस्लिम, शिख, इसाई लगायतका विभिन्न धर्मावलम्बीहरू शान्तिपूर्ण सहअस्तित्वसहित बसोबास गर्छन् । धार्मिक, सांस्कृतिक र सामाजिक विविधतामा एकअर्काको सहभागिता यहाँको पहिचान बनेको छ । विशेषगरी हिन्दु महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरिएको कार्यक्रममा मुस्लिम समुदायका महिलाहरू समेत सहभागी हुनु यहाँको सद्भावपूर्ण संस्कृतिको प्रष्ट उदाहरण हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका महिला उद्यमी समिति बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको तिज विशेष कार्यक्रममा हिन्दु महिलाहरू साडी, पोते लगायतका श्रृगारमा सजिएर तिज गीतमा नाँचिरहेका थिए ।

त्यही कार्यक्रममा मुस्लिम महिलाहरू पनि सहभागी थिए । उनीहरूको अनुहारमा कुनै संकोच देखिँदैन, बरु गर्वपूर्वक आफू पनि संस्कृतिको साझेदार भएको भाव झल्काउँथ्यो । कार्यक्रममा सहभागी नेपालगन्ज–४ की ४० वर्षीया नाजमा हल्वाई तिज पर्व आफुलाई मन पर्ने बताउदै भन्छिन्, ‘एकदम रमाइलो लाग्छ । हजुरहरू टिका–सिन्दुर, रातो लुगा लगाउनुहुन्छ, श्रीमानको स्वागत गरेर दर खानुहुन्छ, त्यही मन पर्छ ।’

उनी नेपालगन्जको सल्यानीवागमा बस्छिन् । छिमेकमा पहाडबाट आएका हिन्दु समुदायका मानिसको पसल भएको बताउदै उनले सानैदेखि तिजको बेलामा रातभरि नाँचगानको रमाइलो हुने र आफुलाई त्यतिबेलादेखि यो चाड मन परेको बताइन् । अहिले पनि तिजमा गीत सुन्दा विदेशमा भएको श्रीमानसंग जोडेर गाइएका गीतहरुले आफूलाई बढी भावुक बनाउने गरेको उनले बताइन् ।

नाजमाको यो भनाइले स्पष्ट गर्छ कि तिज हिन्दु महिलाको मात्र पर्व नभई, यसमा मुसलमान महिलाले पनि आफ्नै रमाइलो पाउँछन् । उनीहरूको लागि यो उत्सव सद्भाव र सहजीवनको प्रतीक हो ।

नेपालगन्ज–४ की अर्की सहभागी सलमा हल्वाई पनि आफुलाई तिज पर्व मन पर्ने बताउदै भन्छिन्, ‘राम्रो लागेरै कार्यक्रममा आएको हुँ । रातो लुगा लगाएको मन पर्छ । तिजको गीत सुन्न रमाइलो लाग्छ ।’

नाजमा र सलमाको भनाइले धर्म फरक भए पनि सामाजिक–सांस्कृतिक भावनामा कुनै दूरी नरहेको देखाउँछ । उनीहरूको जीवनशैलीमा हिन्दु संस्कृतिको अवलोकन र अनुभव सामान्य कुरा बनेको छ ।

यस्तै, नेपालगन्ज–१७ की बबी परियारपनि सबै समुदायले एकअर्काको चाडपर्वमा सहभागी हुने गरेको बताउछिन् । बबी भन्छिन्, ‘तिज रमाइलो हुन्छ । नेपालगन्जमा मुस्लीम समुदाय बढी छ, तर मिलेर बसेको ठाउँ हो । दुबैले दुवैका चाडपर्व सेयर गरेर मनाउँछौँ । उहाँहरूले बोलाउँदा हामी जान्छौँ, उहाँहरू पनि हामीले बोलाउदा आउनुहुन्छ । राम्रो लाग्छ ।’

उनको भनाइले स्थानीय सद्भावलाई अझै बलियो बनाएको छ । तिज वा इद, दुबै पर्वमा एकअर्काको उपस्थिति सामान्य र स्वागतयोग्य भएको कुरा यसले पुष्टि गर्छ ।

नेपालगन्ज–१ की रेणु बेल्बासे तिजमा मात्र नभएर पिकनिक लगायतका कार्यक्रमा पनि सबै धर्म समुदायको सहभागिता हुने गरेको बताउछिन् ।

रेणुको भनाइले पनि देखाउँछ कि तिजलाई महिला पर्व मात्रै होइन, सामाजिक भेटघाट, सामूहिकता र एकतासँग पनि जोडिन्छ । अहिले तिजका कार्यक्रमहरूमा विभिन्न संघसंस्था, विद्यालय, महिला समूह र सामुदायिक संस्थाले फरक–फरक शैलीमा कार्यक्रम आयोजना गर्छन् । यसमा मुस्लिम महिला सहभागी हुनु भनेको नेपालको बहुसांस्कृतिक समाजलाई प्रतिबिम्बित गर्ने अर्को अध्याय हो ।

नेपालगन्ज भौगोलिक र सांस्कृतिक हिसाबले विविधता बोकेको सहर हो । भारतसँग जोडिएको नाकाबाट आउने–जाने मानिसहरूको मिश्रण यहाँ देखिन्छ । तर, विविधता नै यहाँको सौन्दर्य बनेको छ ।

समाजसेवीहरू भन्छन्, “नेपालगन्जलाई सद्भावको सहर भनिनु भनेको यस्ता सहभागिता र आपसी सहयोगकै कारण हो । विभिन्न धर्मका मानिसहरूले एकअर्काको पर्वलाई आफ्नै खुशी जस्तै मनाउँछन् । यही संस्कृतिले सहरलाई अद्वितीय बनाएको छ ।“

यस्ता कार्यक्रममा मुस्लिम महिलाको सहभागीताले सद्भावको सन्देश दिएको व्यवसायी कस्मीरा खातुन पनि बताउछिन् ।

वास्तवमै, इदमा हिन्दु समुदायका मानिसहरूको उपस्थितिलाई मुस्लिमले स्वागत गर्छन् भने तिजमा मुस्लिम महिलाको सहभागिता हिन्दु दिदीबहिनीहरूले गर्वका साथ लिएका छन् ।

नेपालगन्जमा एकै टोलमा हिन्दु र मुस्लिम परिवारको घर देखिन्छ । छिमेकीको निम्तो अस्वीकार नगर्ने संस्कृति यहाँको विशेषता भएको नाजमा र रेणु दुबैले बताए । उनीहरुका अनुसार हिन्दु महिलाले दर खाने बेला छिमेकी मुस्लिम महिलालाई बोलाउँछन् । इदको समयमा मुस्लिम परिवारले हिन्दु छिमेकीलाई सेवइँ, मिष्ठान्न वा मासु खुवाउँछन् । विद्यालय, बजार, संघसंस्थामा पनि धार्मिक आधारमा भेदभाव कम देखिन्छ ।

यसले गर्दा नेपालगन्जलाई प्रायः “फूलबारी” जस्तै सहर भनेर पनि तुलना गरिन्छ—जहाँ विभिन्न रंगका फूलहरू एउटै बगैचामा फुल्छन् ।

तिज मूलतः महिलाको पर्व हो । महिलाले दर खान्छन्, गीत गाउँछन्, नाच्छन् र ब्रत बस्छन् । यो पर्वमा मुस्लिम महिलाको उपस्थिति देखिनु भनेको महिला–महिला बीचको आपसी सम्बन्ध अझै मजबुत हुनु पनि हो ।

नाजमा हल्वाईजस्ता महिलाले तिजमा देखेको रमाइलोलाई आफ्नै स्मृतिसँग जोड्छन् । सलमा हल्वाई र बबी परियारजस्ता महिलाले धार्मिक भिन्नतालाई संस्कृतिको साझेदारीमा रूपान्तरण गर्छन् । यसरी तिज पर्वले नेपालगन्जमा महिला बीच संवाद र सहकार्यको अवसर पनि बढाइरहेको छ ।

सहअस्तित्वको पाठ
नेपालगन्जमा हिन्दु र मुस्लिमबीचका सम्बन्धलाई कहिलेकाहीँ राष्ट्रिय राजनीतिको दृष्टिले अलग–अलग देखाइए पनि स्थानीय स्तरमा भने आपसी सहजीवन नै प्रमुख आधार बनेको छ । तिजमा मुस्लिम महिलाको सहभागिता वा इदमा हिन्दुहरूको उपस्थिति केवल रमाइलोका लागि मात्र होइन, समाजमा एकताको पाठ सिकाउने अभ्यास पनि हो ।

पछिल्ला वर्षहरूमा तिजको स्वरूपमा पनि परिवर्तन देखिएको छ । पहिले तिजलाई पितृसत्तात्मक संस्कृतिसँग जोडेर मात्र बुझिन्थ्यो । अहिले महिलाले यसलाई आफ्नो स्वतन्त्रता, आत्म–अभिव्यक्ति र सहअस्तित्वको पर्वका रुपमा पनि लिन थालेका छन् । नेपालगन्जमा आयोजित तिज कार्यक्रममा हिन्दु–मुस्लिम महिलाले एउटै गीतमा नाच्नु त्यसकै प्रमाण हो । यसरी तिज केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई सामाजिक एकता र सद्भावको सन्देश दिने अवसर बनेको छ ।

नेपालगन्ज सहर धार्मिक विविधताको उत्कृष्ट नमुना बनेको छ । हिन्दुहरूको महान पर्व तिजमा मुस्लिम महिलाको सहभागिताले यो सहरलाई अझै विशिष्ट बनाएको छ । नाजमा हल्वाई, सलमा हल्वाई, बबी परियार र रेणु बेल्बासेजस्ता महिलाको अनुभवले स्पष्ट देखाउँछ—नेपालगन्ज फरक धर्मको मानिसले पनि साझा खुशीमा रमाउन सक्ने सहर हो ।

तिज होस् वा इद, यहाँका बासिन्दाले पर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक मेलमिलाप र सहअस्तित्वको पर्वका रुपमा व्याख्या गरेका छन् । यही कारण नेपालगन्जलाई आज पनि “सद्भावको सहर” भनेर चिनिन्छ ।

Previous Post

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

Next Post

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

Next Post
नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version