जनता समाजवादी पार्टी, नेपाल बाँकेले भूमि विधेयकको विरोध गरेको छ । जसपा नेपालले सोमबार नेपालगन्जमा भूमि विधेयक विरूद्व प्रदर्शन गरेको हो ।
जसपा नेपाल बाँकेको विरोध प्रदर्शनमा बाँके अध्यक्ष कौशलकुमार धोवि, केन्द्रीय महासचिव कमरूदिन राई, लुम्बिनी प्रदेश सदस्य अम्बिका काफ्ले लगायतले सम्बोधन गरेको पार्टीका नेता सुर्यलाल यादवले जानकारी दिएका छन् ।
प्रदर्शन विपि चोकबाट सूरू भई त्रिभुवन चोकमा गई कोणसभा सहित समापन भएको थियोे । त्यसक्रममा भूमि विधेयकमा मनपरी भैरहेको भन्दै आलोचना गरिएको थियो ।
