For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

निबन्ध

byDainik Nepalgunj
September 2, 2025
in विचार
0 0
0
निबन्ध
Share on FacebookShare on Twitter

“शिक्षा भनेको पाठ्यपुस्तकमा सिमित विषयवस्तु पढाउनु मात्रै होइन, आत्मा झल्किने नेतृत्व सिर्जना गर्नु हो।”

विद्यालय शैक्षिक भवन मात्र होइन,यो एउटा विचारको उद्गगम स्थल हो-जहाँ बालबालिका मात्रै होइन, देशको भविष्यकाे अाधारशिला हाे। त्यसमा भविष्य निर्माणको महत्त्वपूर्ण सूत्रधार हो विद्यालय नेतृत्व। शिक्षक शिल्पी हुन्, प्रधानाध्यापक तिनका मूर्धन्य संयोजक। मैले एक शिक्षकको रूपमा करिब एक दशक बिताएको छु। करिव डेड दशक प्रधानाध्यापककाे भूमिकामा रहेर कम गर्ने अवसर पाएकाे छु। यस अवधिमा मैले अनेकथरिका प्रधानाध्यापकहरू र शिक्षकहरु सँग अनुभव साटा साट गर्ने र काम गर्ने अवसर पाएको छु। तीमध्ये केहि प्रधानाध्यापक र शिक्षक थिए,जसकाे अनुभव र व्यवहारले मेरो दृष्टिकोणमा मलजल मात्र गरेन, मेरो आन्तरिक विश्वासमै आमूल परिवर्तन ल्याइदिए। उनिहरु ‘उत्कृष्ट’ थिए। त्यो उत्कृष्टता पद वा प्रतिष्ठामा होइन, व्यवहार, दृष्टिकोण र नेतृत्वको न्यानो आलोकमा देखिन्थ्यो। यिनै अनुभूतिहरुलाई मैले कार्यप्रणालीमा अनुसरण गरेँ।

प्राध्यापक डा. टोड विट्करले आफ्नो पुस्तक What Great Principals Do Differently मा उत्कृष्ट शिक्षक नेतृत्वको विषयमा जे लेखेका छन्, ती सिद्धान्तहरू मेरो जीवनका मूलमन्त्र जस्तै लाग्छन्। मेरा याेजना,निर्णय, चुनौती, संवेदना ,मेराे कार्यशैली र मेरो उत्तरदायित्व ती सबै यिनै अनुभूति र विचारदर्शनमा उभिएका छन्।

शिक्षक मेरो विद्यालयको मुटु हुन्।

शिक्षक बिना विद्यालयको आत्मा अधुरो हुन्छ भन्ने कुरामा म दृढ छु। उत्कृष्ट शिक्षकहरू नै उत्कृष्ट विद्यार्थी, उत्कृष्ट संस्कार र उत्कृष्ट परिणामका आधार हुन्। त्यसैले म सधैं शिक्षकमा लगानी गर्छु, ।

जब कोही भर्खरै भर्ना भएका शिक्षकसँग म पहिलो भेटघाट गर्छु, म उनलाई हेरिरहन्छु – केवल कागजी योग्यता होइन, उसको उत्सुकता, उसको जोश, उसको दृष्टिकोण। म जान्दछु ,ऊ एउटा झिल्को हो, जुन उज्यालोमा बदलिन सक्छ विद्यार्थीकाे भविष्य । त्यसैले म शिक्षकको विकासमा कहिल्यै सम्झौता गर्दिन।

जिम्मेवारी लिने संस्कार।
म कहिलेकाहीं सोच्छु – “यदि मेरो विद्यालयको नतिजा कमजोर छ भने दोष कसको होला?” अाम प्र अ हरु शिक्षक विद्यार्थी र अभिभावकलाई दाेष थाेपर्छन, अाफु उम्किने प्रयास गर्दछन तर म साेच्छु यसमा हामी सवै दाेषि छाै । त्यसमा अझ वढि जिम्मेवार म छु, किन भने म नेतृत्व समालेकाे व्यवस्थापक हुँ। मैले साेँच्दछु शैक्षिक व्यवस्थापनमा कतै कमि भयाे की?
वास्तविक नेतृत्व भनेको आफ्ना सफलतामा घमण्ड गर्नु मात्र होइन, असफलतामा जिम्मेवारी लिनु हो। यदि कुनै शिक्षकको प्रदर्शन कमजोर छ भने म विचार गर्छु, “मैले उसलाई पर्याप्त सहयोग गरेँ कि गरिन?”नतिजा कमजाेर हुनुकाे कारण खाेज्छु। नतिजा सुधारकाे याेजना विषगत शिक्षक संग माग्छु र याेजना बनाएर अगाडि बढ्छु।

नेतृत्व भनेको त्याे हाे जसले सबै तनाव, गुनासो र नकारात्मकताहरूलाई सकारात्मक तर्फ रुपान्तरण गर्दछ। म आफूलाई ‘दैनिक प्रसारण केन्द्र’ सम्झन्छु सकारात्मक ऊर्जा प्रसारण गर्ने, आशा फैलाउने।

सबैलाई सधैं सम्मानपूर्वक व्यवहार गर्ने अभ्यास।
मलाई थाहा छ, शिक्षक, अभिभावक, कर्मचारी, विद्यार्थी सबैको हृदय स्पर्श गर्न सक्ने एउटै शक्ति छ सम्मान।

एकपटक मैले एक शिक्षकसँग कठोर शैलीमा बोलेको थिएँ, र त्यो संवाद आजसम्म मेरो स्मृतिमा काँडाझैँ गढेको छ। त्यस दिनबाट मैले प्रण गरे ,बोल्नु अगाडि तीनचोटि सोच्नेछु। म बुझ्छु ,मेरा शब्दहरू केवल सन्देश होइनन्, स्मृतिमा चिरस्थायी हुनु पर्दछ।

मेरै नेतृत्वमा उत्कृट विद्यालय ,उत्कृष्ट प्रशासन र उत्कृष्ट ब्यवस्थापन भएका धेरै विद्यलयहरु काे शैक्षिक अवलोकन भ्रमण गरेका छाै। धेरै विद्यालयहरु हाम्राे विद्यालयकाे अवलाेकन भ्रमणमा पनि अाउनु हुन्छ। असल अभ्यासकाे अादान प्रदान हुन्छ, जसले उत्कृष्ट प्र अ र उत्कृष्ट शिक्षक बन्ने गाेरेटाेलाई उज्यालाे छरेकाेहुन्छ।

अवलाेकन भ्रमणकै क्रममा मैले एक शिक्षक संग माैका मिलाएर भलाकुसारी गरेकाे थिएँ । उत्कृष्ट प्र अ काे रुपमा स्थापित अाफ्नाे प्र अ प्रति ति उत्कृष्ट शिक्षककाे धारणा के छ? जिज्ञासा राखेकाे थिएँ। उनले दुईचार वटा दृस्टान्तहरु सुनएका थिए।

एकपटक विद्यालयमा परीक्षा उत्तरपुस्तिकाको अंकनमा समस्या आयो। केही अभिभावक आक्रोशित भएर अाए। हामी शिक्षकहरू अलमलमा थियाैँ। तर, प्रधानाध्यापकले अाफुनै अगाडि सरेर ‘यो मेराे कमजोरी हो’ भन्नुभयो। उहाँको यो जिम्मेवारी लिने साहसले हामी सबै शिक्षकलाई गहिरो प्रेरणा दियो। त्यसपछिका दिनमा, म कुनै समस्या देख्दा तुरुन्तै ‘अर्कोले गरुन्’ भन्ने होइन, ‘मैले के गर्न सक्छु?’ भन्ने सोच्छु। उत्कृष्ट

प्रधानाध्यापकहरूले पहिले आफैं उदाहरण देखाउँछन्, अनि मात्र अरूलाई केही अपेक्षा गर्छन्।

सम्मानको संस्कार।
विद्यालयमा सबैजसो सहकर्मीहरुकाे महत्त्व र संवेदनशीलता रहेकाे हुन्छ। त्यही भएर होला, हाम्राे प्रधानाध्यापकले हरेक मानिससँग नाम लिई सम्बोधन गर्नुहुन्छ। झ्याल पुछ्ने सहयोगीदेखि सहायक -प्रधानाध्यापकसम्म सबैसँग एउटै व्यवहार। म उहाँको कार्यकक्षबाट निस्कँदा उहाँ सधैं उठेर विदा गर्नुहुन्छ। त्यो सम्मानले मलाई आत्मसम्मानको अनुभूति दिन्छ।

उत्साहको उत्प्रेरक।
कहिलेकाहीँ विद्यालयको माहोल उदासिन हुन्थ्यो। परीक्षा, निरीक्षण, समस्या, तर हरेक बिहान हामी उहाँलाई जब “के छ सर?” भनेर सोध्थ्यौं, उहाँको एकै उत्तर हुन्थ्यो: “गज्जब! तपाईहरूको मेहनतले त गारो भन्दा गाराे काम पनि फत्ते हुन्छ ।त्यो एउटा वाक्यले झरिएको आत्मबल फेरि ताजगीका साथ उठ्थ्यो।

अनुगमनबाट सिकाई।
उहाँ नियमित रूपमा हाम्रा कक्षामा आउनुहुन्थ्यो,तर निरीक्षण गर्न होइन, सिक्न। कहिलेकाहीँ अन्त्यमा भन्नुहुन्थ्यो, “तपाईंको त्यो उदाहरण प्रयोग गर्न पाइन्छ?” प्रधानाध्यापकले शिक्षकबाट सिक्न खोज्दा त्यो शिक्षक कत्तिको सम्मानित अनुभव गर्छ, त्यो मैले अनुभूति गरेको छु। उहाँले हामीबीच विचार आदानप्रदानको वातावरण बनाउनु भयो। नयाँ शिक्षकले पुराना शिक्षकसँग सहकार्य गर्ने कार्यक्रम उहाँकै योजना थियो। उहाँको भनाइ थियो, “सीप सन्दूक होइन, बग्ने खोला हो बाँड्नुपर्छ।”

परीक्षा र मूल्यांकनप्रति सन्तुलित दृष्टिकोण
हाम्रो विद्यालयले परीक्षा परिणाममा सधैं राम्रो प्रदर्शन गथ्र्यो। तर, उहाँ कहिल्यै अंकको पछि लाग्नु हुन्नथ्यो। उहाँको सोच थियो: “हामी छात्र-छात्राहरूलाई परीक्षाको लागि होइन, जीवनको लागि तयार पार्नुपर्छ।” उहाँले सिकाइको बहसलाई व्यवहारसँग गाँस्न सक्ने माहोल सिर्जना गर्नुहुन्थ्याे।

विश्वास र व्यवहारबीचको सेतु
उहाँले भन्नु हुन्थ्यो सहि दृष्टिकोण र अात्मविश्वासले व्यवहार परिवर्तन गर्न सकिन्छ । साना साना व्यवहारिक रूपान्तरण ठूलो विश्वासमा परिणत हुन सक्छ।” उहाँ शिक्षकहरूलाई दबाब होइन, अवसर दिनुहुन्थ्यो। जब मैले एक नयाँ पद्धतिमा पढाउन चाहें, उहाँले भन्नुभयो, “हुन्छ सुरुगरिहाल्नुस सफल हुनुभयाे भने अरूलाई पनि सिकाउनु।” त्यही प्रोत्साहन मेरो शिक्षण जीवनको एउटा मोड थियो।

विद्यार्थीप्रति बफादारी ,
हामी कहिले काहीँ काे प्रति बफादारी भन्ने द्विविधामा पर्थ्यौं। तर, उहाँको सधैं एउटै कुरा हुन्थ्यो– “हामी कसैप्रति होइन, बालबालिकाको भविष्यप्रति उत्तरदायी छौं। उत्कृष्ट शिक्षकलाई मन पराउने उहाँको कारण थियो– उनीहरू विद्यार्थीमाथि केन्द्रित हुन्थे।
यस्तै यस्तै शिक्षक ले प्रस्तुत गरेका दृष्टानतहरु ले मेराे नेतृत्वमा परिवर्तन ल्याएकाे थियाे।

मेरो निर्णयहरू प्रायः एक प्रश्नमा आधारित हुन्छन् ।
“यो निर्णय मेरा उत्कृष्ट शिक्षकहरूका लागि सहज हुन्छ त?”
यी उत्कृष्ट शिक्षकहरू ,जो विद्यार्थीको जीवनमा अमिट प्रभाव पार्छन्, अभिभावकले विश्वास गर्छन्, र सहकर्मीहरूले सम्मान गर्छन् र मेरा सलाहकार हुन्। मलाई थाहाछ, उनीहरू साथ दिएभने मात्र मेराे योजना प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ

शिक्षकहरू मप्रति बफादार होऊन् भन्ने चाहना छँदैछ, तर त्यसो भन्नुभन्दा पहिले म उनीहरूलाई विद्यार्थीप्रति बफादार बनाउँछु। किनभने म थाहछ “विद्यार्थीप्रति समर्पण नै प्रधानाध्यापकप्रतिको सबैभन्दा प्रामाणिक बफादारी हो।”

मलाई गर्व लाग्छ, जब मेरो विद्यालयका शिक्षकहरूले एउटा निर्णय लिँदा सबैभन्दा पहिले भन्छन् – “हामीले के गयौं भने विद्यार्थीको लागि राम्रो होला?”

नयाँ वर्ष – नयाँ ऊर्जा, नयाँ लय
हरेक शैक्षिक सत्र मेरो लागि एक युद्धभूमि हो, जहाँ रणनीति, योजना र संकल्प चाहिन्छ। सुरुमा म मेरो शिक्षक टोलीसँग बैठक गर्छु, अनि सोध्छु –
“हामी यो वर्ष केहि नयाँ गर्न सक्छौं?”

नयाँ लक्ष्यहरू निर्धारण गर्छौं, नयाँ जुक्तिहरू खोज्छौं, अनि आफ्ना अघिल्ला गल्तीहरूप्रति सजग रहन्छौं। मैले बुझेको छु , नयाँ ऊर्जा बिना सुधार सम्भव छैन।

सफलता र सम्बन्धको सन्तुलन
मेरो विद्यालयमा केहि शिक्षकहरू छन्, जो लगातार उच्च नतिजा ल्याउँछन्। उनीहरू आलोचना होइन, सहानुभूति खोज्छन्। म जान्दछु ,यदि म उनीहरूको साना त्रुटिमाथि केन्द्रित भएँ भने उनीहरूले जोखिम मोल्न छोड्छन्। म उनीहरूलाई सम्मान जनाउँछु ,कहिले नोट लेखेर, कहिले अाैपचारिक मिटिङमार्फत।
नेतृत्व भनेको केवल अनुशासन होइन, सम्बन्धहरूको सम्वेदनशील व्यवस्थापन पनि हो।

प्रत्येक निर्णयको दुई प्रभाव हुन्छ , एक पक्ष सहज हुन्छ, अर्को असहज। मेरो काम हो सही शिक्षकहरूलाई सहज बनाउने निर्णय गर्नु। नकारात्मकता फैलाउनेहरूप्रति मेरो दृष्टिकोण व्यावहारिक हुन्छ ,उनीहरूलाई समय र स्थानमै सामना गर्ने।

सकारात्मक संस्कार फैलाउने शिक्षकहरूलाई भने म सधैं प्रोत्साहन गर्छु ।उनीहरू नै विद्यालयको साँच्चिकै मेरुदण्ड हुन्।
मेरो अन्तिम लक्ष्य सबैले सबैलाई ख्याल गर्ने विद्यालय बनाउनु
“विद्यालय भनेको केवल पढाउने संस्था होइन, सम्बन्धको संस्था हो।”
म चाहन्छु, मेरो विद्यालयमा प्र अ ले शिक्षककाे ,शिक्षकले सहकर्मीकाे र विद्यार्थीको ख्याल गरून्। विद्यार्थीले साथीको ख्याल गरून्। अभिभावकहरूले विश्वासका साथ विद्यालयकाे ख्याल गरुन र विद्यालय आउन्।

मेरो सपना छ , एउटा यस्तो संस्था बनाउने, जहाँ भाैतिक पुर्वाधार सहितकाे गुणस्तरीय शिक्षा जसले हरेक अनुहारमा मुस्कान दिन सकोस्, र हरेक विद्यार्थीले भनुन् “यो मेरो स्कूल हो। म यहाँ सुरक्षित छु। म यहाँ सम्मानित छु।”

उत्कृष्ट प्रधानाध्यापक हुनु असल प्रशासक हुनु मात्र होइन, सुनुवाइ, सम्वेदनशीलता, सीप र सोचको संगम हुनु हो। त्यो नेतृत्वले कक्षाकोठामा उत्कृष्टता भर्छ, सम्बन्धमा आत्मीयता ल्याउँछ, परिवर्तनमा सहभागिता जोड्छ, र अन्ततः भविष्यमा उज्यालोको रंग पोत्छ।

एक उत्कृष्ट प्रधानाध्यापक र शिक्षक बन्ने बाटो सजिलो छैन। यो जिम्मेवारी, संवेदना, संकल्प र निरन्तर आत्ममूल्यांकनको यात्रा हो। मैले धेरै रात निदाउन सकेको छैन। धेरैपटक मौनमा आफैसँग लडेको छु। तर जब म बिहान स्कूलमा पग्छु, अनि विद्यार्थी र शिक्षक बाट सुनिने ‘गुड मोर्निङ सर’ को आवाज सुन्छु, म सबै गुनासो बिर्सन्छु।
म एउटा अनुहार हुँ ,तर त्यस अनुहारमा दर्जनौं सपनाहरूको प्रतिबिम्ब छ।

Previous Post

बिपी राजमार्ग : अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै

Next Post

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

Next Post
होटल तथा रेष्टुरेन्टको सर्वेक्षण गरिंदै

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version