स्थापना दिवसको छैठौँ वार्षिकोत्सवमा सार्गो सर्भिसेज प्रा.ली.ले बालमन्दिर प्रा.वि.का विद्यार्थीलाई मंगलवार १२५ वटा टिफिन बक्स उपहारस्वरूप प्रदान गरेको छ ।
सार्गाेका सञ्चालक समिरा गौतमले विद्यालयकी प्राचार्य प्रतिभा खड्का र अध्यक्ष दत्त प्रसाद आचार्यलाई हस्तान्तरण गरेपछि विद्यार्थीहरूको अनुहारमा उमंग झल्किएको थियो ।
कार्यक्रमका क्रममा विद्यालय प्रशासनले सामाजिक उत्तरदायित्वप्रति संवेदनशील रहँदै आएको सार्गाेलाई धन्यवाद व्यक्त गरेको थियो ।
सार्गाेले यसअघि पनि यसखालका अवसरलाई सिर्जनात्मक र सामाजिक गतिविधि आयोजना गर्दै योगदानमुखी उत्सव गर्दै आएको सञ्चालक गौतमले बताइन् ।