For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बेपत्ता नागरिकका श्रीमतीको समस्या, न्यायको खोजी र राज्यको दायित्व

byDainik Nepalgunj
September 3, 2025
in विचार
0 0
0
बेपत्ता नागरिकका श्रीमतीको समस्या, न्यायको खोजी र राज्यको दायित्व
Share on FacebookShare on Twitter

नेपालको सशस्त्र द्वन्द्वले ल्याएको सबैभन्दा पीडादायी परिणाम मध्ये एक हो जबर्जस्ती बल पुर्वकबेपत्ता बनाइएका व्यक्तिहरू । आज पनि हजारौं परिवार आफ्नो सदस्यको अवस्था बारे अनभिज्ञ छन् । बेपत्ता पीडित परिवार विशेष गरी श्रीमती, आमा र छोराछोरीहरूले भोग्नुपर्ने कानूनी, सामाजिक र सांस्कृतिक कठिनाइ गम्भीर छन् । यस्तो पीडामा परेकाहरूले न्याय, सत्य र पुनःस्थापनाको खोजीमा दशकौं बिताएका छन । अझै कति समय बिताउनु पर्ने हो यकिन छैन ।

यस लेखमा बिशेष गरि आफ्ना श्रीमानलाई वलपुर्वक बेपत्ता पारिदा त्यसको असर श्रीमतीलाई कसरी परिरहेको छ भन्ने बिषयमा केन्द्रित छ । श्रीमानको लास र सासको यकिन नहुँदा बेपत्ता पारिएका नागरिकका श्रीमतीलाई रातदिनको शारिरीक र मानसिक पीडा त छदै छ त्यस माथी बेपत्ता पारिएका नागरिकका श्रीमतीहरुले निम्न समस्याहरु भोग्दै आउनु भएको छ ।

बेपत्ता व्यक्तिका श्रीमतीले भोग्ने परेको कानूनी अड्चन ः श्रीमानको जिउदो मर्दोको यकिन नहुँदा बेपत्ता नागरिकका श्रीमतीले बिभिन्न कानूनी कार्यमा अड्चन ब्यहोर्नु परेको छ । उदाहरणका लागि जग्गा नामसारी गर्न वा बेचबिखन गर्दा मृत्यु प्रमाण आवश्यक पर्छ, तर बेपत्ता नागरिकको जिउदो मर्दोको यकिन नहुँदा जग्गाको कारोवार, धितोबन्धक राख्न, जग्गा नामसारीमा समस्या परेको छ । यसै गरि उत्तराधिकारी अधिकार प्रयोगमा कठिनाइ परेको छ । सम्पत्ति, बैंक खाता, वा अन्य कानूनी प्रक्रिया अघि बढाउन समस्या परेको छ ।

काजक्रिया र धार्मिक संस्कार ः मृत्युको यकिन नभएकाले काजक्रिया गर्न असमञ्जस हुन्छ, जसले परिवारलाई मानसिक पीडा थप दिन्छ । पारिवारिक र सामाजिक लाच्छना बेपत्ता नागरिकका श्रीमतीले सहनु परेको छ । कतिपय बेपत्ता पारिएका श्रीमतीले परिवार समाजको दवावबाट मन नलागे पनि काजक्रिया गर्न बाध्य पारिएको छ । कागक्रिया नगरेकाले नराम्रो भयो अनिष्ट भयो भन्ने लाल्छना सहनु परेको छ ।

सामाजिक र सांस्कृतिक चुनौती ः ः बेपत्ता व्यक्तिका श्रीमतीले समाजबाट “अझै श्रीमान् फर्किन्छन् भन्ने अपेक्षा र दबाब झेल्नुपरेको छ भने कति पीडितलाई काजक्रिया गर्न बाँध्य पारिएको छ । कतिपय अवस्थामा पुनर्विवाह वा सामाजिक भूमिकामा प्रतिबन्ध लगाईने गरेको छ । सुभकार्यमा सहभागी हुन प्रतिबन्ध लगाउने गरिएको छ ।

सामाजिक सुरक्षा अभाव ः समाजका केहि ब्यक्तिले बेपत्ता पारिएका नागरिकका परिवारलाई ‘अधुरा परिवार’ भनेर हेर्ने दृष्टिले महिलालाई थप अपमानित बनाउँछ ।

आर्थिक बोझ ः श्रीमानको अभावमा बालबालिकाको शिक्षा, घरखर्च र उपचारमा बेपत्ताका श्रीमतीले ठूलो जिम्मेवारी बहन गर्नुपर्छ । एकातिर श्रीमान बेपत्ता भएको पीडा त्यस माथी घरब्यवहार चलाउनु पर्ने हुन्छ । यस्तै आर्थिक अभाव र मानव तनावका बिच बालबच्चालाई उचित लालन पालन गर्न नसक्दा छोराछोरी कुलत लाग्ने, राम्रो सस्कारमा लगाउन नसक्ने पारिवारिक कलह, हिंशाका घटना पनि घट्ने गरेका छन् । घरायसी आर्थिक बोझ र न्यायको लडाईमा हिड्दा बेपत्ता नागरिकका श्रीमतीले कतिपय अवस्थामा महिलाले सामाजिक बदनामी, आर्थिक बोझ, र शारीरिक÷मानसिक थकान सहनुपरेको छ ।

न्यायको खोजीमा बेपत्ता पीडित महिलाको भूमिका ः महिलाहरूले आफ्ना श्रीमान् वा परिवारजनको अवस्था थाहा पाउने प्रयासमा मानवअधिकार संगठन, पत्रकार, र अदालत धाएका छन् । जसका कारण धेरै कुरामा सुधार भए पनि पीडित महिलाले न्यायको प्रत्याभुति गर्न पाएका छैनन ।

परिवार र समाजको भूमिका ः बेपत्ता पारिएका नागरिकका श्रीमतीलाई परिवारले कानूनी अडचन हटाउन सहयोग गर्नुपर्ने हुन्छ। तर धेरै अवस्थामा परिवारमै सम्पत्ति विवाद, पुनर्विवाहको दबाब वा महिलामाथि आरोप लाग्ने स्थिति देखिन्छ । समाजले पीडितलाई समर्थन गर्नुको सट्टा “प्रतीक्षा गर“ भन्ने मात्र भनाइ दिन्छ, जसले महिलालाई थप एक्लोपनमा धकेल्छ । आवश्यकताअनुसार समुदाय–आधारित सहयोग समूह गठन गरी पीडित महिलालाई कानूनी सल्लाह, मनोसामाजिक परामर्श र जीविकोपार्जन सीप दिन सकिएमा उनीहरुलाई ठुलो राहत मिल्न सक्दछ ।

यसै गरि पीडित केन्द्रित आर्थिक र सामाजिक पुनःस्थापना विशेष भत्ता, बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारमा प्राथमिकता दिने, मृत्युको यकिन नभए पनि सम्पत्ति नामसारी, बेचबिखन लगायतको कानूनी बाटो खुला गर्न गर्ने ब्यवस्था मिलाउन जरुरी छ । मृतक वा बेपत्ता भनिएका व्यक्तिको परिवारलाई समाजमा सम्मानको दृष्टिले व्यवहार गर्न राज्यले चेतनामूलक कार्यक्रम सञ्चालन गरिएमा पीडितलाई राहत मिल्दछ । बेपत्ता पारिएका नागरिकका श्रीमतीलाई परिवारले न्यायिक प्रक्रियामा सहयोग गर्र्ने, कानूनी सहयोग पुर्याउने र सामाजिक दबाब नदिने लगायतका कार्य गरेर सहयोग गर्न सक्दछ । यसै गरि समाजले महिला प्रति लाञ्छना हटाएर सहानुभूतिपूर्ण वातावरण सिर्जना गरि न्यायको मार्गमा सहयोग पुराउन सक्दछ । यस्तै राज्यका तर्फबाट कानूनी, सामाजिक र आर्थिक सुरक्षा उपलब्ध गराई सहयोग गर्न सक्दछ । यस्तै सार्थक संक्रमणकालिन न्यायका संयन्त्र मार्फत पीडितको सत्य, न्याय र परिपुरणको ब्यवस्था मिलाई राज्यका तर्फबाट पीडितलाई न्यायको प्रत्याभुति गरानु पर्दछ ।

बेपत्ता पीडित एकल महिलाको जीवन केवल व्यक्तिगत पीडामा सीमित छैन, यो सम्पूर्ण समाज र राष्ट्रकै मानवअधिकार र न्याय प्रणालीको परीक्षण हो । जबसम्म सत्य सार्वजनिक हुँदैन र पीडितले न्याय पाउँदैनन्, तबसम्म संक्रमणकालीन न्याय अधुरै रहन्छ ।

नेपालको द्धन्द्धकाल (२०५२–२०६३) मा हजारौं नागरिक बेपत्ता पारिए। तीमध्ये धेरैको अवस्था अझै अज्ञात छ । विशेष गरी बेपत्ता पारिएका व्यक्तिहरूकी श्रीमती, आमाबाबु, छोरा–छोरी र नजिकका आफन्तहरू अझै पनि कानुनी, सामाजिक, आर्थिक र मानसिक पीडामा बाँचेका छन ्। यस सन्दर्भमा राज्यको दायित्व केवल पीडित परिवारको पहिचान गर्ने मात्र नभई न्याय सुनिश्चित गर्ने र पीडितलाई ससम्मान जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्ने हो । यसको लागी बेपत्ता व्यक्तिको वास्तविक अवस्था पत्ता लगाउने कार्यमा राज्य जिम्मेवार बन्नु जरुरी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई कानूनी मापदण्डको मेलखाने र पीडितमैत्री बनाउन जरुरी छ ।

बेपत्ता पारिएका नागरिकको श्रीमतीलाई एकल श्रीमतीलाई आत्मनिर्भर बनाउन विशेष रोजगारी, व्यवसायिक सीप तालिम, ऋण–सुविधा र शैक्षिक छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । बेपत्ता पारिएका परिवारका बालबालिकालाई निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा सुनिश्चित गरिनुपर्छ । पीडित परिवारको मानसिक स्वास्थ्यको ख्याल राख्दै मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनु पर्दछ ।

बेपत्ता परिवारलाई “पीडित” भनेर मात्र नभई समान सम्मानको नागरिकका रूपमा व्यवहार गर्न राज्य जिम्मेवार हुनु पर्दछ । स्मृति दिवस, स्मारक निर्माण, सार्वजनिक क्षमायाचनाजस्ता माध्यमबाट बेपत्ता परिवारलाई सम्मान प्रदान गर्नुपर्छ । पीडितहरुको पीडा र अनुभवलाई राष्ट्रिय इतिहासमा अभिलेखित गर्दै भावी पुस्तालाई सचेत गराउने कार्य राज्यले गर्नुपर्छ।

अन्तमा बेपत्ता पारिएका ब्यक्तिको छानविन र सत्य आयोगमा पदाधीकारीहरू मनोनयन गर्ने क्रममा पीडित समुदायसँग सल्लाह, छलफल वा सहकार्य नगरि पीडितको सहभागिता बिना गठन गरिएको आयोगलाई पीडित समुदाय र नागरिक समाजले राजनीतिक भागबण्डाको उपज भनेर आयोगको बैधानिकतामा प्रश्न उठाएका छन् । पीडित समुदायले आयोगलाई बहिष्कार गरेका छन् भने न्याय र सत्य सुनिश्चित गर्नका निमित्त ‘पीडित केन्द्रित नागरिक आयोग’, अदालतमा रिट निवेदन जस्ता अन्य मार्ग अपनाउने नीति अवलम्बन गर्न समेत तत्पर देखिएका छन् ।

उल्लेखित सन्दर्भमा बेपत्ता परिवारको न्यायको प्रत्याभूति राज्यकै जिम्मेवारी हो। केवल भौतिक क्षतिपूर्ति मात्र नभई सत्यको पहिचान, कानुनी अधिकारको ग्यारेन्टी, सामाजिक–आर्थिक सहयोग र पीडित परिवारलाई समान सम्मानका साथ समाजमा पुनःस्थापित गर्नु नै न्याय प्राप्तिको आधारभूत तत्व हुन्। यी कुराको प्रत्याभुति गर्न राज्यले अव ढिला गर्नु हुदैन । (लेखक मानव अधिकारको क्षेत्रमा कार्यरत छन् ।)

Previous Post

दिवस अघि निजामती सेवा ऐन !

Next Post

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

Next Post
लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version