For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

दिवस अघि निजामती सेवा ऐन !

byDainik Nepalgunj
September 3, 2025
in विचार
0 0
0
दिवस अघि निजामती सेवा ऐन !
Share on FacebookShare on Twitter

हरेक वर्ष भाद्र, २२ गतेका दिन सरकारले निजामती सेवा दिवसको रूपमा मनाउने गरेको छ । सर्वप्रथम २०१३ साल भाद्र २२ गते निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा सरकारले २०६१ साल देखि औपचारिक रूपमा यो दिवस मनाउने निर्णय गरेको हो । यस वर्ष “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्वी र सुशासन” भन्ने नारा सहित २२ औं निजामती सेवा दिवस मनाइदै छ । तर विगत दश वर्ष यता मुलुक संघीय निजामती सेवा ऐन बिहिन अवस्थामा छ । मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना संगै २०४९ सालमा राजतन्त्रात्मक केन्द्रिकृत शासन व्यवस्थामा बनेको निजामती सेवा ऐन, २०४९ बाटै वर्तमान संघीय नेपालको मुलुकी प्रशासन संचालन भैरहेको छ ।

२०४६ सालको परिवर्तन पछी मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना भए संगै २०४८ सालको आम निर्वाचन पछि गठन भएको सरकारले २०४९ सालमा निजामती सेवा ऐन र २०५० सालमा निजामती सेवा नियमावली जारी गरि बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था बमोजिमको प्रशासनिक व्यवस्थापन र सोहि अनुसारको सार्वजनिक सेवा प्रवाहका लागि कानुनि तथा नीतिगत व्यवस्था ग¥यो । मुलुकी प्रशासन आज पनि त्यहि कानुन अनुसार चलिरहेको छ । अर्थात मुलुक संघीयतामा प्रवेश गरेको एक दशक बितिसक्दा पनि संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बमोजिमको प्रशासनिक व्यवस्थापनको लागि संघीय निजामती सेवा ऐन हालसम्म पनि जारी हुन सकेको छैन । यसले प्रशासनिक व्यवस्थापनको क्षेत्रमा प¥ुयाएको असर र प्रभावको लेखाजोखा गरि साध्य छैन । नेपालको सार्वजनिक प्रशासन लथालिंग र भताभुङ्गको अवस्थामा छ भन्दा फरक पर्दैन । संघ सरकार मातहत रहेका कर्मचारीहरू नयाँ संविधान बमोजिम संघ, प्रदेश र स्थानीय गरि तीन तहमा बाँडिएका छन् । उनीहरूलाई जोड्ने संघीय निजामती सेवा ऐन हालसम्म पनि बन्न सकेको छैन । सरुवा, बढुवा, वृत्तिविकास र कर्मचारीहरूको सेवा सुरक्षा जस्ता विषयहरू अनिश्चित छ । लगभग ठप्प जस्तो छ । यस बिचमा थुप्रै सरकारहरू आए, गए । तर कसैले पनि ऐन ल्याउन सकेनन् ।

अहिले भने संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभामा छलफलका क्रममा रहेको छ । प्रतिनिधि सभामा निकै छलफल भएको भनिएको विधेयक अन्तमा “हात्ती आयो हात्ती आयो फुस्सा” सावित हुन पुग्यो । “कुलिंग अफ पिरियड”मा कसले कैंची लगाइदियो ! विचरा रामहरी खतिवडाले समिति सभापतिबाट राजिनामा दिनुप¥यो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले त्यसलाई सच्च्याउने निर्णय गरेर प्रतिवेदन पारित गरिसकेको छ ।

लामो समय देखि आउन नसकेको संघीय निजामती सेवा ऐन अब आउँछ कि भन्ने आशामा आम कर्मचारीहरू बसेका छन् । कतै भाद्र २२ गते निजामती सेवा दिवसकै दिन पारेर संघीय निजामती ऐन ल्याउने तयारी त भैरहेको छैन ? भन्ने सम्मको आशा गरेका छन् कर्मचारीहरू ।

वास्तवमा दिवस भनेको आफैमा उत्सव हो । दिवसको दिन खुशी मनाउने, शुभकामना आदान–प्रदान गर्ने र त्यो ऐतिहासिक क्षणको स्मरण गर्ने दिन पनि हो । तर निजामती सेवा दिवसका सन्दर्भमा खुशी मनाउने र दिपावली गर्ने अवस्था छैन । संघीय निजामती सेवा ऐन हाल सम्म आउन सकेको छैन । मुलुकको संघीय संरचना अनुसारको संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्नेमा राजनीतिक दल र सरकारको गैरजिम्मेवारीपन र अस्थिरतामा रमाउने प्रवृत्तिका कारण हाल सम्म जारी हुन सकेको छैन । विगत दश वर्ष देखि संघीय निजामती सेवा ऐन अनिर्णयको बन्दी बनेको छ ।

कानुनको अभावमा संघ, प्रदेश र स्थानीय तहमा रहेका हजारौं कर्मचारीहरूले थुपै्र समस्याहरू झेल्नु परिरहेको छ । वृत्ति विकास र सरुवा बढुवा पुरै रोकिएको छ । अनि कुन मनोबल र कुन उत्साहले यो दिवस मनाउने ? जुन ऐनले उनीहरूलाई चिन्दैन ! तसर्थ यस वर्ष यदि निजामती सेवा दिवस साँच्चै मनाउने हो भने सरकारले सबै कर्मचारीलाई समेट्ने गरि संघीय निजामती सेवा ऐन पहिले जारी गर्नुपर्छ । होइन भने कानुन विहिनताको दश वर्षको अन्धकार समयको विरोध स्वरूप आम कर्मचारीहरूले कालो दिनको रूपमा यस दिवसलाई मनाउन नपरोस् ।

संघीयता सहितको नेपालको संविधान जारी भएको र मुलुकमा संघीयता कार्यान्वयन भएको दश वर्ष वितिसक्दा पनि मुलुकी प्रशासन संचालनको मेरुदण्डको रूपमा रहेको संघीय निजामती सेवा, ऐन हालसम्म पनि जारी हुन नसक्नु मुलुककै निम्ति दुर्भाग्यपूर्ण अवस्था हो । मुलुकको स्थाई सरकारको रूपमा रहेको निजामती प्रशासन संचालन र व्यवस्थापनमा यसले ठुलो असर पारेको छ । संघीय निजामती सेवा ऐन बिनै कर्मचारी समायोजन गर्ने काम गरियो । यसले झनै निजामती प्रशासनलाई अस्थिर, अनिश्चित र कमजोर बनाउने काम गरेको छ । थुप्रै अन्यौलता र अनिश्चितका बाबजुद संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूले कामकाज गरिरहेकाछन् । उनीहरूको सेवा, शर्त र सुविधाको विषय अहिलेसम्म अनिश्चित छ । सरकारले कानुन भन्दा पनि निर्णय र तजबिजका आधारमा मुलुकी प्रशासन संचालन गर्न खोजिरहेको देखिन्छ । यसले विधिको शासनको उपहास गरेको छ ।

अहिले संसदमा छलफलको अन्तिम चरणमा रहेको संघीय निजामती सेवा विधेयकमा के–कस्ता प्रावधान र विषयवस्तुहरू छन् ? ति विषयवस्तुहरू सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा कति प्रभावी छन् ? कर्मचारीहरूलाई उत्प्रेरित गर्ने र उनीहरूको मनोबल बढाउन के–कस्ता प्रवन्धहरू गरिएको छ ? भन्ने जस्ता महत्वपूर्ण सवालहरू माथिको चर्चा–परिर्चचालाई थाँती राखेर एक थान ऐन आउनु नै सबैभन्दा ठुलो उपलब्धि मान्नुपर्ने अवस्था अहिले छ । त्यसैले कानुन विहिनताको अन्त्य गर्नकै लागि भए पनि ऐन आउनु नै उपलब्धि मान्नुपर्ने अवस्थामा मुलुक पुगेको हुँदा यस भित्रका विषयवस्तुहरूका बारेमा छलफल र विमर्शलाइ मुल्तवीमा राख्दै निजामती सेवा दिवस मनाउनु भन्दा पहिले संघीय निजामती सेवा ऐन जारी गर सरकार ! अनि मात्र दिवस मनाउनुको सान्दर्भिकता रहला । त्यसपछि मनाउँला दिवस । त्यसपछि बाँडौला शुभकामना । लेखक चौलागाईं नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्ष हुनुहुन्छ

Previous Post

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

Next Post

बेपत्ता नागरिकका श्रीमतीको समस्या, न्यायको खोजी र राज्यको दायित्व

Next Post
बेपत्ता नागरिकका श्रीमतीको समस्या, न्यायको खोजी र राज्यको दायित्व

बेपत्ता नागरिकका श्रीमतीको समस्या, न्यायको खोजी र राज्यको दायित्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version