नियमित स्तम्भकार, लेखक मित्रलाल सापकोटालाई दैनिक नेपालगन्जले सम्मान गरेको छ । विहीवार सम्यक यात्राको १५ औं वर्ष प्रवेशका अवसरमा वरिष्ठ पत्रकार पूर्णलाल चुके, स्तम्भकार वसन्त गौतमसहित पत्रिका परिवारले लेखक सापकोटालाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो ।
सोही क्रममा कविसमेत रहेका मिडिया मार्केटिङ प्रतिनिधि रामबहादुर श्रेष्ठलाई वरिष्ठ पत्रकार चुके, स्तम्भकार गौतमसँगै पत्रिकाका प्रवन्ध निर्देशक ऋतु रिजाललगायतले कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
पत्रिकाका प्रधानसम्पादक झलक गैरेको संयोजनमा भएको कार्यक्रममा पत्रिकाको समीक्षासँगै आगामी बाटोबारे चर्चा गरिएको थियो ।
