For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

byDainik Nepalgunj
September 6, 2025
in News, मुख्य समाचार
0 0
0
‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै
Share on FacebookShare on Twitter

महिला सशक्तिकरणमा दौड र अन्तरपुस्ता संवाद

महिला सशक्तिकरण, स्वास्थ्यप्रतिको संवेदनशीलता र सक्रिय जीवनका लागि सचेतना जगाउने उद्देश्यसहित आज शनिवार नेपालगन्जमा विशेष कार्यक्रम ‘द गोल्डेन ग्र्याण्ड मा’ आयोजना गरिंदैछ ।

दैनिक नेपालगन्जको प्रकाशन संस्था, सम्यक मिडिया हब प्रालिको आयोजना र नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा हुने कार्यक्रमअन्तर्गत पहिलो चरणमा ‘दौडिन्छिन् हजुरआमा’ नामक दौड प्रतियोगिता हुनेछ । यसमा ५० वर्ष पार गरिसक्नुभएका हजुरआमाहरू प्रतिस्पर्धात्मक रूपमा सहभागी भई आफ्नो सक्रियता प्रदर्शन गर्नेछन् । सो अवसरमा अन्य उमेर समूहका महिला र पुरुषहरूले सहभागितामार्फत हौसला र उत्प्रेरणा प्रदान गर्नेछन् ।
त्यसका लागि शुक्रवार स्वाथ्य तथा दौडबारे अभिमुखकरण गरिएको छ ।

कार्यक्रममा सह–आयोजक नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले आयोजनाको महत्व, आवश्यकता र परिकल्पनाबारे चर्चा गर्दै सहभागिताका लागि आह्वान गरे । रणनीतिक साझेदार, धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले नेपालगन्जलाई रनिङ सिटीका रुपमा विकास गर्न यसखालको कार्यक्रमले सहयोग पुर्याउने बताए ।

‘हेल्थ याद आयो’का तर्फबाट डा. सौरभसिंह हमालले स्वास्थ सचेतनाका लागि अपनाउनुपर्ने सावधानीबारे सहभागीहरुलाई जानकारी गराएका थिए । डा. हमालले सहभागीका विभिन्न जिज्ञासामा अन्तरक्रिया पनि गरे । आयोजकका अनुसार, दौडका लागि सहभागी हुन नाम दर्ता गरेकाहरुलाई अभिमुखीकरण गराइएको हो ।
बाँके जिल्ला एथलेटिक्स् संघका अध्यक्ष मोहन ओली र धारा नेपालगन्ज म्याराथनका रेस अफिसर राजेन्द्र शाहीले दौडका क्रममा अपनाउनु पर्ने सावधानी र प्राविधिक पक्षबारे प्रशिक्षित गरिएको कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य मीना श्रेष्ठले ५० वर्ष उमेरपछिका महिलाहरुलाई एकै ठाउँमा ल्याउन र सक्रिय जीवनयापनका लागि प्रेरित गर्न आयोजनाले गरेको पहलकदमीले सकारात्मक सन्देश दिएको बताइन् ।

आज शनिवारनै अर्काे चरणमा ‘भन्छिन् हजुरआमा’ शीर्षकमा अन्तरपुस्ता संवाद हुनेछ । यस सत्रमा नवपुस्ता विद्यार्थीहरूले हजुरआमाबाट प्रत्यक्ष रूपमा जीवनका अनुभव, संस्कार, मूल्य, संघर्ष र प्रेरणादायी कथाहरू सुन्ने मौका पाउनेछन् । फरक पुस्ताबीच सम्बन्ध प्रगाढ बनाउन र सामाजिक तथा पारिवारिक मूल्य जगेर्ना गर्न यो संवाद महत्वपूर्ण ठहरिने अपेक्षा गरिएको आयोजकले भनेको छ ।

सम्यक मिडिया हबको मुख्य आयोजनामा, नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा र धारा नेपालगन्ज म्याराथनको रणनीतिक साझेदारीमा हुन लागेको यस कार्यक्रममा सबैलाई उत्साहपूर्वक उपस्थित भई हजुरआमाहरूलाई हौसला दिन र युवाहरूलाई प्रेरित गर्न आयोजकले आग्रह गरेको छ । ‘यो नेपालगन्जको कार्यक्रम हो,’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

यसैबीच, पत्रकार निशु जोशीले सहजीकरण गर्ने ‘भन्छिन् हजुरआमा सम्वाद कार्यक्रमका सहभागी स्रोतव्यक्ति शुशिला शर्मा, कुसुम दुग्गर, मिना श्रेष्ठ र सर्वत आरा खानमको कथा र उहाँहरुको जीवन अनुभव संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

नेपालगन्जकी ८३ वर्षीया सुशीला शर्मा जीवनका विभिन्न कालखण्डमा सक्रिय भूमिका निर्वाह गर्ने प्रेरणादायी व्यक्तित्व हुन् । झण्डै चार दशक शिक्षण क्षेत्रमा समर्पित शर्माले आफ्नो जीवनलाई शिक्षा, सहकारी, समाजसेवा र अध्यात्मसँग जोडिराख्नुभएको छ ।

शर्माले मंगल मावि, धम्बोझी मावि लगायतका विद्यालयमा ३८ वर्षसम्म नेपाली र अंग्रेजी विषय अध्यापन गर्नुभयो । शिक्षिका मात्र नभई उहाँले प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हाल्नुभयो । २०६१ सालमा शिक्षण क्षेत्रबाट अवकाश लिएपछि पनि उहाँको यात्रा त्यत्तिकैमा रोकिएन ।

रिटायर्ड जीवनपछि उहाँले करिब नौ वर्ष नेपालगन्जस्थित भेरी सहकारी संस्थामा कार्यकारी निर्देशकका रूपमा काम गर्नुभयो । त्यसपछि समाजसेवा र अध्यात्मसँग अझ नजिक भएर अघि बढ्नुभयो । मानवसेवा आश्रमजस्ता संस्थामा सेवा गर्दै आउनुभएकी शर्माले धार्मिक पुस्तक अध्ययनमा समय दिनुभयो र आफ्नै दुई पुस्तक पनि प्रकाशन गर्न सफल हुनुभयो ।

उहाँ जीवनको एक चरणमा रेडक्रससँग पनि आबद्ध हुनुभएको थियो । अहिले ध्यान र योगमार्फत अध्यात्मिक जीवन बिताइरहेकी शर्माको दैनिकी अझै पनि अनुकरणीय छ ।

व्यक्तिगत जीवनमा उहाँले नाति–नातिनालाई आफैं हुर्काउनुभयो । अहिले नातिनातिनाहरू उच्च शिक्षा हासिल गरेर घरजम गरिसकेका छन् ।

शिक्षण, सहकारी, समाजसेवा र अध्यात्मको यात्रा समेट्दै शुशिला शर्माको जीवन आज पनि नेपालगन्जका लागि एक प्रेरणादायी उदाहरण बनेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ जीवनका विभिन्न आयाममा सक्रिय रहँदै आजको नेतृत्वको स्थानमा पुग्नुभएको छ । नेपालगन्जमा व्यापारिक जीवन सुरु गर्दै, सामाजिक संस्थामा जिम्मेवारी सम्हाल्दै, विदेशमा लामो अनुभव संकलन गर्दै उहाँ अहिले प्रदेश राजनीतिमा स्थापित नेतृ बन्नुभएको हो ।

श्रेष्ठ सन् २००२ मा अमेरिकाको ‘सपनाको देश’ गएकी थिइन् र त्यहाँ करिब २० वर्ष बिताइन् । लामो विदेश जीवनपछि नेपाल फर्केर राजनीतिमा प्रवेश गर्दै उहाँ अहिले माननीय प्रदेश सभा सदस्यको रूपमा कार्यरत हुनुहुन्छ ।

नेपालगन्जमै व्यापार व्यवसायमा सक्रिय रहेकी श्रेष्ठ सामाजिक नेतृत्वमा पनि उतिकै अग्रसर थिइन् । सन् १९९४ मा नेपालगन्ज जेसीजकी अध्यक्ष र १९९५ मा उपाध्यक्षको भूमिकामा रहनुभयो । वि.सं. २०३४ सालमा उहाँ नारी विकास केन्द्र नेपालगन्जकी अध्यक्ष बन्नुभएको थियो । धmण्डै डेढ दशक निष्क्रिय बनेको उक्त संस्थालाई पुनर्जीवित गर्दै उहाँ फेरि अध्यक्षको रूपमा सक्रिय हुनुभएको छ ।

यससँगै उहाँले क्षयरोग निवारणको क्षेत्रमा समेत काम गर्नुभयो, जसले उहाँलाई समाजसेवी नेतृको रूपमा चिनायो । व्यापार, सामाजिक नेतृत्व, रोग निवारणदेखि राजनीतिक नेतृत्वसम्मको लामो यात्रामा मिना श्रेष्ठले महिलाको सशक्तीकरण र सामाजिक जिम्मेवारीलाई निरन्तर अगाडि बढाइरहेकी छिन् ।

नेपालगन्जकी ५० वर्षीया कुसुम दुग्गड सामाजिक क्षेत्रमा दुई दशकदेखि सक्रिय नाम हो । महिला संगठित गर्ने, उनीहरूको नेतृत्व क्षमता उजागर गर्ने र उद्यमशीलतामा सहभागिता बढाउने अभियानमा उहाँ निरन्तर क्रियाशील रहनुभएको छ ।

दुग्गड हाल मारवाडी महिला मञ्च की अध्यक्ष हुनुहुन्छ । मारवाडी महिलाहरूलाई संगठित गर्न कठिनाइ हुँदाहुँदै पनि उहाँले निरन्तरता दिँदै महिला समुदायलाई सक्रिय बनाउन लागिरहनुभएको छ । त्यही प्रयास स्वरूप उहाँ समुदायको एक महिला मण्डलकी संस्थापक पनि हुनुहुन्छ ।

उहाँ महिला उद्यमी संघ बाँकेकी कोषाध्यक्षका रूपमा भर्खरै चुनिनुभएको छ । साथै, शिक्षाको क्षेत्रमा योगदान पु¥याउँदै आमाको माया छात्रावासकी कार्यकारी सदस्यको भूमिकामा समेत सक्रिय हुनुहुन्छ ।

सामाजिक सेवासँगै उद्यमशीलताको क्षेत्रमा पनि कुसुम दुग्गडको उपस्थिति छ । उहाँ परिवारकै व्यवसाय शिखर प्लाई उद्योग की निर्देशक हुनुहुन्छ । औद्योगिक क्षेत्रमा योगदान दिने क्रममा नेपालगन्जको औद्योगिक क्षेत्रमा सार्वजनिक पानी आपूर्ति व्यवस्थापनमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रह्यो ।

२० वर्षको लामो यात्रामा महिला अधिकार, शिक्षा, उद्यमशीलता र सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएकी कुसुम दुग्गड आज नेपालगन्ज मात्र नभई बाँकेकै महिला नेतृत्वको प्रेरणास्रोत बन्नुभएको छ ।

नेपालगन्जकी ५२ वर्षीया सरवत आरा खानम हलवाइनी लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहनुभएको छ । वि.सं. २०४८ सालमा नेपाली कांग्रेसकी सक्रिय सदस्यका रूपमा औपचारिक राजनीतिक यात्राको सुरुवात गर्नुभएकी उहाँले निरन्तर ३ दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी बहन गर्नुभएको छ ।

२०५७ सालमा नेपाल महिला संघको जिल्ला सदस्य बनेर उहाँले पार्टीभित्र महिलाको नेतृत्व अगाडि बढाउने काम गर्नुभयो । त्यसपछि नेपाल मुस्लिम संघको जिल्ला सह–कोषाध्यक्षको भूमिका सम्हाल्नुभयो । मुस्लिम समुदायको अधिकार र आवाजलाई मुख्य ध्येय बनाउँदै उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । सोही वर्ष उहाँ केन्द्रीय हज समितिको सदस्य पनि बन्नुभयो ।
राजनीतिसँगै उहाँ अन्तरपार्टी महिला सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जालमा पनि सक्रिय रहनुभयो । २०७५ सालमा नेपाल मुस्लिम संघ केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उहाँले अझ केन्द्रीय तहको जिम्मेवारी पाउनुभयो ।

राजनीतिक जीवनसँगै सरवत आरा खानम समाजसेवामा पनि निरन्तर सक्रिय रहनुभएको छ । ट्यूसन पढाउनेदेखि कला सिकाउने काममार्फत महिलालाई आत्मनिर्भर बनाउन उहाँले योगदान दिनुभएको छ । २०६५ सालमा खदीजा मेमोरियल सोसाइटी नेपाल की अध्यक्ष बनेर सामाजिक नेतृत्व देखाउनुभयो । साथै, उहाँ नेपाल–भारत मैत्री संघ (२०७१) र नेपाल रेडक्रस सोसाइटी (२०७२) की आजीवन सदस्य समेत हुनुहुन्छ ।

राजनीतिक नेतृत्व, मुस्लिम समुदायको हकहितको वकालत, महिला अधिकार र समाजसेवामा निरन्तर सक्रिय सरवत आरा खानम हलवाईनी बाँके क्षेत्रकै एक प्रभावशाली नेतृका रूपमा स्थापित हुनुहुन्छ ।

Previous Post

‘डी.एन.’ अर्थात् पुस्तान्तरणको विम्ब

Next Post

नाट्टा बाँके च्याप्टरमा निर्विरोध नयाँ कार्यसमिति

Next Post
नाट्टा बाँके च्याप्टरमा निर्विरोध नयाँ कार्यसमिति

नाट्टा बाँके च्याप्टरमा निर्विरोध नयाँ कार्यसमिति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version