प्रदर्शनमा गयो सुलभको ज्यान

नेपालगन्जका एक युवाको काठमाडौंमा भएको जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार ज्यान गएको छ ।

दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगन्ज उपमहानगरपालिका–१ निवासी हुन् ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एकमात्रै छोरा हुन् । बुवा नरेन्द्र सोमबार साँझ ६ बजे नेपालगन्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

Exit mobile version