For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

स्वास्थ्यमन्त्रीमा डाक्टरकै खोजी

byDainik Nepalgunj
September 15, 2025
in News, मुख्य समाचार
0 0
0
स्वास्थ्यमन्त्रीमा डाक्टरकै खोजी
Share on FacebookShare on Twitter

नेपालगन्जबाट पनि चर्चा र सिफारिस

अन्तरिम सरकारका तीन मन्त्री नियुक्त

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफरिसमा तीन मन्त्री नियुक्त भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथ पनि सोमवार भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेको अवस्था छ । खनाल पूर्वअर्थ सचिव हुन्, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र काठमाडौंका मेयर बालेनका कानुनी सल्लाहकार अर्याल अधिवक्ता हुन् ।

जेनजी पुस्ताका तन्नेरीको आन्दोलनले शासनसत्ता उल्टाएपछिको परिस्थिति पृथक छ । प्रधानमन्त्रीलाई आन्दोलनरत युवाकै प्रस्तावमा छनोट भएकोजस्तो देखिन्छ भने अहिलेका मन्त्रीको छनोट विधि अपेक्षित पारदर्शी छैन । कतिपय आन्दोलनरत पक्षबाटनै असन्तुष्टिहरु सार्वजनिक गरिएका छन् ।

कारण हो, मन्त्री बन्ने विधि प्रक्रिया र पद्धतिको पारदर्शीता अभाव । यतिबेला बाँकी रहेका मन्त्रालयहरुमा को जाने ? सामाजिक सञ्जालमा बहस, विवाद र नाम सिफारिस गर्नेसम्मका लहर चलेका छन् । ठुलो मन्त्रीमण्डल नबनाउने भनिएपनि मन्त्री बन्न खोज्ने र बनाउन चाहनेहरुको आकांक्षा सामाजिक सञ्जालमै देख्न सकिन्छ ।

प्रश्न पद कसलाई दिने भन्ने मात्र होइन, दृष्टिकोण कसरी रोज्ने भन्ने हो । नेपालमा मन्त्री बन्ने कुरा प्रायः दलगत भागबण्डा र समीकरणले तय गर्ने अवस्था हो । तर, नयाँ पुस्ता—विशेष गरी जेनजी आन्दोलनले नेतृत्वलाई फरक तरिकाले मूल्याङ्कन गर्न थालेको सम्भावना देखा परिरहेको छ, उनीहरूले अब पद होइन, दृष्टिकोण र जिम्मेवारीलाई प्राथमिकता दिन थालेका छन् की अनुमान गर्न सकिन्छ ।

आन्दोलनको पृष्ठभूमिका नेपालगन्जले निकै ठुलो मानवीय र भौतिक क्षतिको सामना गर्नुपरेको छ । पहिलो दिननै राजधानी काठमाडौंमा भएको प्रदर्शनमा गोली लागेर नेपालगन्जका होनहार युवा शुलभराज श्रेष्ठ र आयुष थापाको ज्यान गयो । उनीहरुले सहादत प्राप्त गरे । दोस्रो दिनको आक्रोशमा नेपालगन्जका सबैजसो सरकारी कार्यालय ध्वस्थ भए, अर्बौैको सार्वजनिक सम्पत्ति नष्ट पारियो । नौबस्ता बाल सुधार गृहका ठुलो मानवीय क्षति पनि भएको छ ।

नेपालगन्ज स्वास्थ हब पनि हो । स्वास्थ्यमन्त्री को बनाउने ? यतिबेला खासगरि, चिकित्सकहरुबीच बहस चलिरहेको छ । नेपालगन्जको एउटा नाम मात्र होइन, यो बहसले देखाएको सोच नै महत्वपूर्ण हो—स्वास्थ्य नेतृत्वलाई अबको पुस्ताले नयाँ तरिकाले हेर्न थालेका छन् । नयाँ सरकार बनेसँगै मन्त्रालयमा योग्य व्यक्तिहरूको खोजीका चर्चा र बहस भइरहेको छ । स्वास्थ्य नेतृत्वलाई लिएर सामाजिक सञ्जालमा देखिएको बहस त्यसैको प्रमाण हो ।

सामाजिक सञ्जालमा देखिएको एउटा बहसले दैनिक नेपालगन्जको ध्यान खिच्यो । जहाँ भेरी अस्पतालका पूर्व प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. गुणराज अवस्थी देखि अहिलेपनि कार्यरत वरिष्ठ चिकित्सक डा. वद्री चापागाईंसम्मको नाम नेतृत्वका लागि चर्चामा ल्याइएका छन् । चिकित्सक समुदायमै सीमित भएको चर्चा होइन, सर्वसाधारण नागरिकले ट्विटर÷एक्समा उनीहरुलाई ‘योग्य स्वास्थ्य मन्त्री’ को सम्भावित विकल्पका रूपमा देखेर आ–आफ्ना तर्क राखिरहेका छन् ।

ऋाफ्नो नाम अघि सारिएपछि डा. चापागाईंको प्रतिक्रिया महत्वपूर्ण छ, उनले पदप्राप्तिलाई प्राथमिकता नभई, जिम्मेवारी आइपरेमा प्रणालीगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत सम्मानलाई भन्दा प्रणाली निर्माणलाई अगाडि राख्ने यस्तो दृष्टिकोण दुर्लभ पनि छ ।

त्यसो त, डा. अवस्थी पनि ‘टी वर्क र चेन अफ कमाण्डबाट सुधारको सम्भवाना रहेको’ औल्याउँदै आफु मन्त्री बन्ने दौडमै नरहेको प्रतिक्रिया दिन्छन् ।

सामान्यतया, नेपालमा स्वास्थ्य क्षेत्र ‘भीड व्यवस्थापन’ र ‘संरचनागत कमी’को कथा मात्र बन्छ । तर, डा.चापागाईंजस्ता चिकित्सकले प्रस्तुत गर्ने समाधान भने अस्पतालको पर्खालपारि पुगेको छ —डिजिटल प्रविधि, नीति–सुधार, बीमा, मानव संसाधन व्यवस्थापनदेखि नयाँ पुस्तालाई आत्मसात गर्ने दृष्टि । उनी भेरीको नेतृत्वमा रहँदा उदाहरणीय काम गरेकै कारणले यो बहसमा नाम पुगेको अनुमान गर्न गा¥हो छैन ।

यो बहसले एउटा गहिरो प्रश्न खडा गर्छ—के हामी अझै पनि स्वास्थ्य नेतृत्वलाई दलगत भागबण्डाको विषयमा मात्र सीमित गर्ने हो ? वा हामीले यस्ता व्यावसायिक पात्रलाई अगाडि ल्याउने साहस गर्ने हो, जसले पदलाई हैसियत होइन, जिम्मेवारीको आत्मा ठान्छन् ?

योबेला सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले मुलुकलाई नयाँ बाटो देखाउने अपेक्षा छ । अर्थ र ऊर्जा जस्ता क्षेत्रमा विज्ञलाई जिम्मेवारी दिइएझैँ, स्वास्थ्यमा पनि त्यस्तै कदम चालेको भए अझै सन्देश बलियो हुने थियो । त्यो आशा स्वाभाविक पनि जिवीत छ । ‘म भन्दा पनि धेरै स्वास्थ्य प्रणाली बुझेका अनुभवी र विद्वान व्यक्तिहरु स्वास्थ्यमन्त्री बन्न योग्य देश भित्र धेरै छन्,’ डा. अवस्थी लेख्छन् ।

यतिबेला ‘डाक्टर सोसाइटी अफ नेपाल’ नामक फेसबुक पेजदेखि एक्ससम्म उम्दा चिकित्सकहरु, स्वास्थ्य क्षेत्रका कुशल व्यवस्थापकहरुका नाम चर्चामा छन्, बहस गरिएका छन् । प्रा. डा. सन्दु रुइत, प्रा.डा. जगदीश अग्रवाल, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा. भगवान कोइराला, मेडिकल काउन्सिलका सदस्य डा. कुन्जङ शेर्पालगायतका नामहरुमा चर्चा गरिएका छन् ।

‘जय मेरिटोक्रेसी,’ भेरी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. राजन पाण्डे योग्याता, क्षमता र परिश्रमका आधारमा व्यक्ति छनोट गरेर जिम्मेवारी सुम्पनुपर्ने तर्कसहित उक्त बहसमा लेख्छन्, ‘सबै पद र जिम्मेवारीहरु अब मेरिटबेस हुनुपर्छ ।’

Previous Post

‘बाँके निकुञ्जमा पर्यटक ल्याऊँ’

Next Post

चितुवाले आक्रमण गर्दा एकजनाको मृत्यु

Next Post
जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

चितुवाले आक्रमण गर्दा एकजनाको मृत्यु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version