खसी खरिद, बिक्रीको आपसी विवादमा एउटै टोलमा रहेका
स्थानीय बीचको विवादले झडपको रूप लिंदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, फ्ुल्टेक्रा रोडमा रहेको वडा प्रहरी कार्यालय पूर्व एउटा टोलमा बिहीबार विहान भएको झडपका क्रममा एक व्यक्तिको ज्यान गएको हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले झडपका क्रममा ४/५ जना घाइते भएको जानकारी दिए । ‘घाइते कोहीपनि अहिले अस्पतालमा छैनन्’, उनले भने ।
घटनामा ५२ बर्षीय जाबिर अली बेहनाको मृत्यु भएको हो । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पातलीले घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । ‘झडप, घाइते र मृत्यु घटना अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएमा छौं’, प्रहरी नायब उपरीक्षक पातलीले भने ।
प्रहरी तथा स्थानीयका अनुसार, खसी खरिद, बिक्री लगायतको कारोबारमा भएको विवाद झडपमा परिणत भएको थियो । यद्यपि, प्रहरीले अनुसन्धान पछि घटनाबारे स्पष्ट जानकारी दिन सक्ने बताएको छ ।
