For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

संत्रासले संकुचनमा जाँदै दशैं अर्थतन्त्र

byDainik Nepalgunj
September 26, 2025
in विचार
0 0
0
संत्रासले संकुचनमा जाँदै दशैं अर्थतन्त्र
Share on FacebookShare on Twitter

यस बर्षको बडा दशैंको आज पाँचौं दिन भैसक्यो । कहिले भुकम्प, कहिले कोरोना महामारी, कहिले वैश्विक युद्ध त कहिले देश भित्रैको अराजकता र आतंकले थल्लिएको नेपाली अर्थतन्त्रमा त्राण आउन पाएको छैन । यसैमाथि भ्रष्ट र सत्ताका राजनीतिक लम्पटहरूको चरित्रले आक्रोशित बनेको नेपाली समाजभित्र विदेशीको स्वार्थको जेली लगाएर जेनजिको नाउँबाट उफारिएको आन्दोलनले देशको झण्डै अस्मिता नै मेट्ने गरि देशभरि राज्यविहिनताको अवस्था बनाइदियो । देशका अनेकौं नीजि सार्वजनिक र सरकारी सम्पत्ति र सम्पदा माथि भएको आक्रमण आगजनी आदिले देशमा गरिखाने वातावरण छैन र कुनै उद्यमीले उद्यम गरेर केहि जोरजाम गरेको छ भने पनि त्यो कुनैपनि बेला यस्तै प्रायोजित षडयन्त्रकारिहरूको शिकार बन्न सक्छन् भन्ने नजिर बसिसकेको छ ।

२०५२ सालदेखि जसरी यो समाजका स्वदेशी उद्यमीहरूमाथि जाइ लाग्ने र उनीहरू भनेका लुटेरा हुन, यिनलाई दुई फुट छोट्याउनुपर्छ, यिनको जायजेथा लुछेर हडप्नुपर्छ भन्ने जुन सोचको विकास भएको थियो त्यसमा पछिल्लो एक दशकमा केहि न केहि परिवर्तन आइरहेको थियो भने नेपाली अर्थतन्त्रमा अलिकति विश्वासको वातावरण बन्न लागेको हो कि हो कि भनेजस्तो भै रहेको थियो । तर अचानक पुनः नेपालभित्रका स्वदेशी लगानीका उद्यम र उद्यमीहरू माथि आक्रमण भयो यसले नेपालको अर्थतन्त्रको अबको दिशा कस्तो हुने भन्ने ठूलो प्रश्न उठाएको छ । यस्तै अनिश्चयका बिच यसबर्षको बडा दशैं मुखैमा रहेको छ ।

मैले २०७९ को निर्वाचन पछिको दशैंको आफ्नो नियमित स्तम्भमा नेपालको अर्थतन्त्र र राजनीतिको बाटो पाकिस्तानको बाटोमा जाँदैछ भन्ने अनुमान सहितको लेख लेखेको थिएँ । आज त्यो अनुमान सत्य साबित भएको छ । देशको राजनीति संविधान भन्दा बाहिर सडकबाट चल्न थालेको छ भने अर्थतन्त्रका सबै अवयहरू नेपाल लगानजीको लागि उपयुक्त ठाउँ होइन भन्नेतिर गएको छ । यहाँ अब न कुनै राजनीतिक इमान्दारिता बाँकी छ, न सुशासन र लगानीमैत्री वातावरण छ । न यहाँ राज्यको कुनै भिजन देखियो न देशभित्रका उद्यम र उद्यमीहरूको संरक्षण र सुरक्षा देखियो । यो अवस्था भनेको कुनैपनि देशको लागि सबैभन्दा घातक अवस्था हो । यस्तो घातक अवस्था र समाजिक वैवनश्यताको बीच यसबर्षको बडादशैंको बजार अर्थतन्त्र सेलाउनु स्वभाविक नै हो ।

नेपालको भौगोलिक अवस्थाले यहाँको यातायात क्षेत्र सबै मौसममा सहज हुन सक्दैन । बडा दशैंको मुखमा देशको राजधानी नै जोड्ने मुख्य राजमार्ग नै बन्द छ । दशैं विदामा घर जाने र चाडवाड मनाउने नागरिकको इच्छामा राजमार्गको अवरोधले बिराम जस्तै लगाइदिएको छ । राज्य यतिसम्म भ्रट भैसकेको छ कि यसले कुनैपनि आयोजना न त समयमा सम्पन्न गर्छ न दिर्घकालिन रूपमा बलियो र भरपर्दो नै बनाउँछ । यसको सबै मार खेप्ने जनता र यो राज्यलाई बिभिन्न तरिकाले करतिर्ने व्यवसाय परेका छन् ।

दशैंको किनमेल आफ्नै देशभित्र गर्ने गराउने कुनै वातावरण बनाउन नेपाली सत्ता कहिल्यै गम्भीर बनेन । यहाँ त तीनतिर तन्नम खुला रहेको सीमापारिका बजारमा पाइला राख्ने ठाउँ नहुनेगरि आफ्ना नागरिकले किनमेल गरेको टुलुटुलु हेरेर बस्छ फेरिपनि ठूल्ठूला कुरा गर्छ यो राज्य ।

विप्रेषणमा आधारित रहेको नेपाली अर्थतन्त्र र त्यो विप्रेषणको रकम खुरुखुरु सीमापारिका बजारमा पोखिएमा कुनै ऐया न आछ्छो हुने सरकार भएको देश नेपालमा कसले लगानी गर्ने र किन गर्ने भन्ने प्रश्न जटिल छ । जसले लगानी लगाउँछ त्यो यहाँ टिक्न सक्दैन भने उसले पनि बाटो समात्ने भनेको बजारलाई अस्वस्ध बनाउने नै हो या पलायन नै हुने हो । यसैले त आज बैंकहरूमा तरलताको भरमार छ, निक्षेपमा ब्याज न को बराबर छ, उद्यमीको ब्यापार छैन अनि ऋण लिने मान्छे छैन । आन्तरिक बजार सुतेर बसेको छ । उत्पादन न को बराबर छ । अलि अलि लगानी सबै आयात ब्यापारमा मात्रै लागेको छ । सरकार स्वयं अण्डर बिलिङ् गरेर पूँजि पलायन गराउने र तस्करी गर्ने कामलाई परोक्ष रूपमा प्रोत्साहन गर्नमा अलिकति आउने भन्सार रकममा मख्ख छ ।

नेपालको अर्थतन्त्रको लयलाई विदेशतिर अर्थशास्त्र पढेर आएका सल्लाहकारहरूले डा्रयाए । यहाँको धरातलिय यर्थात तिनिहरूले बुझ्न सकेनन् । उनीहरूलाई नेपाली अर्थतन्त्रको चाललाई विदेशीको चश्माले हेर्ने र निकै ठूला आर्थिक जानिफकार कहलाउने नशामा उन्मत्त रहे । त्यो आजपनि निरन्तर जारी छ । ब्यापारिक “बिग हाउस थ्योरी” र विकासमा “बिग प्रोजेक्ट थ्योरी” को सिद्धान्त अँगालेर नेपाली अर्थतन्त्र चल्नै सक्दैन भन्ने नेपालमा अहिले आएको आर्थिक संकुचनले प्रष्ट पार्दा समेत यसलाई सरकार र यसका योजनाकारहरूले स्वीकार गर्न चाहेको देखिँदैन ।

नेपाली अर्थतन्त्रको बिषेशता नै मौलिक चाडपर्वसँग अनन्योश्रित सम्बन्ध भएको अर्थतन्त्र हो । राजनीतिले सनातन सँस्कृति र परम्परालाई जतिसुकै नास्तिकवाद भन्ने र यस बिरुद्धको अलाप गरेपनि नेपाली अर्थतन्त्रको धमनी भनेको नेपालका मौलिक चाडपर्व, यहाँको परम्परा र सँस्कृति नै हो । यो कुरालाई जोसुकैले जत्रो कालो पर्दा हालेपनि छोप्न सक्दैन । कतिपयलाई नेपाली मौलिक चाडपर्व यसका महत्व र आयामहरू प्रति घृणा होला, पूर्वाग्रह होला तर नेपालको मात्रै होइन संसारको कुनैपनि देशको बजार अर्थतन्त्र कुनैपनि हालतमा त्यहाँको मौलिक चाडपर्व, परम्परालाई निषेध गरेर, अपमान गरेर अगाडी बढ्नै सक्दैन ।

नेपाल साँस्कृतिक विविधता भएको देश हो । यो भूमि देवभूमि तपोभूमि पनि रहेकोले यहाँ बिभिन्न किसिमका देवी देवलहरूमा पूजा प्रार्थना हुने गर्छ । हरेक समुदायका साझा र एकल चाडवाडहरू रहेका छन् । यहाँका साझा चाडवाडहरूमा संयुक्त उत्सव मनाउने मात्रै होइन कि एकल चाडवाडहरूमा समेत सहभागी हुने, बधाई साटासाट गर्ने, एक अर्काका साँस्कृतिक र परम्परागत उत्सवहरूको रमाइलोमा सक्रिय सहभागी भएर रौनक थप्ने समेत गर्ने परम्परा रहेको छ । नेपाल समाजिक कित्ताकाट र घृणावादको भूमि कहिल्यै रहेन र हुन सक्दैन । यो भूमि सहृदयतावादको केन्द्र हो र नेपालीको शान्ति अमनचयन, विकास र समृद्धिको लागि सहृदयतावाद नै जिवन्त रहनुपर्छ ।

नेपालमा हरेक महिनाजसो कुनै न कुनै साँस्कृतिक या धार्मिक पर्व परेको हुन्छ जसलाई समय, स्थान बिषेश आदिका आधारमा महत्व दिएको पाइन्छ । यस्तै चाडवाड या पर्वहरूको समष्टिगत रूपमा महापर्व, महाचाड, साझा चाडको रूपमा बडादशैं र तिहार छठ आदि रहेका छन् । यी चाडहरूमा गरिने खर्चले नेपालको उपभोक्ता बजारको ठूलो कारोबार थेग्ने गरेको छ ।

आर्थिक बर्षको पहिलो दिनबाट शुरु हुने नेपाली मौलिक चाडहरूले नेपालको बजार अर्थतन्त्रमा ठूलो भूमिका खेलेका हुन्छन् । मौलिक चाडहरूले देशको अर्थतन्त्रमा त्राण भर्छन । दशैं तिहारमा यो चरमोत्कर्षमा पुग्छ । माघे संक्रान्तिबाट यसमा बिस्तारै शिथिलता आउन थाल्छ । यसले के प्रष्ट हुन्छ भने नेपालको उपभोक्ता बजार अर्थतन्त्रको धमनी भनेको नै नेपालका चाडपर्वहरू नै हुन् । तर यहाँ यो कुरालाई न त वर्तमान सत्ता सञ्चालकहरूले स्वीकार गर्छन न नेपालको प्रगतिशील भनिने बुद्धिजिवीहरूको ठूलो जमातले स्वीकार गर्छ । वामपन्थीहरूलाई त नेपालका चाडपर्वहरू, यसमा दिइने विदाहरू, मनाइने उत्सवहरूले भत्तति पोल्ने गर्छ । कसरी यी चाडपर्वहरूको उछितो काढ्ने, अपमान गर्ने र कथित क्रान्तिकारी बन्ने भन्ने होडबाजी चलिरहन्छ । यिनीहरूको लागि नेपालमा क्रान्तिको परिभाषा नै नेपाली मौलिक चाडपर्वहरू, यहाँको मौलिक परम्परा र साँस्कृतिक उत्सवहरूको उछितो काढ्नु मै सीमित रहेको पाइन्छ ।

नेपालमा मात्रै होइन संसार मैं मानिसलाई कुनैपनि किसिमको खर्च गर्न चाहना भन्दा पनि बहाना चाहिन्छ । बाहनाले चाहनाको सृजना गर्छ । यसैको आडमा बजार चलायमान हुने हो । नेपालमा खर्च गर्नका लागि यस्तै प्रत्यक्ष बाहनाको पनि प्रचलन छ । हो हाम्रा यी चाडपर्वहरूको बहाना नै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भएपनि अति महत्वपूर्ण छन् किन नभन्ने ? गैर रैथाने धार्मिक, गैरमौलिक गैर रैथाने साँस्कृतिक पृष्ठभूमि भएकाहरू र नेपालीपनलाई यहाँको साँस्कृतिक परम्परालाई सत्तोसराप गर्नेहरू र न्वारनको बल लगाएर जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर उछितो काढ्नेहरूको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका मौलिक रैथाने चाडपर्वहरूको बहानामा नै हो । यो सत्य कसैले चाहेर पनि लुकाउन सक्दैन ।

नेपालमा पछिल्ला दिनहरूमा साना उद्यमी ब्यापारीहरूलाई बिस्थापन गराउने काम भयो । यसपटक प्रायोजित षडयन्त्र नै गरेर आक्रमण गर्ने र यहाँ लगानीको लागि उपयुक्त वातावरण छैन भन्ने न्यारेटिभ सेट गर्न खोजिएको छ । यसलाई राज्यले भोलिका दिनमा कत्तिको चिर्न सक्छ त्यो हेर्न कुर्नै पर्नेछ ।
सीमावर्ती क्षेत्रमा पछिल्ला केहि दशकमा चलाइएको परधार्मिक अतिवाद, सरकारी जग्गा, भवन देखि प्रशासन कार्यालयहरू नै कब्जा गर्ने अतिवादीहरूको दुस्साहसले नेपालमा यस्तो अर्को विध्वंसको योजना बनिरहेको छ भन्ने संकेत नदिएको होइन तर राज्य भागबण्डा र कमिशनको गद्दा बिछाएर मस्त निद्रामा रह्यो । २०५२ देखिको नेपाली मौलिकता मास्ने अभियान र २०६३ देखिको क्षेत्रियतावादी आन्दोलनले गराएको पलायनको घाउमा अझै राम्रोसँग खाटा बसेको छैन फेरि धार्मिक अतिवाद र क्रान्तिको नाउँमा विनास विध्वंश गरेर अर्को घाउ पार्ने र उद्यमशिलता पलायन गराउने प्रपञ्च शुरु भएको छ । यो आफै निर्माण भएको परिििस्थति हुँदै होइन ।
यी सबै अवस्थाहरू नेपालको अर्थतन्त्र, नेपाली समाजमा रहेको शान्ति र सुव्यवस्था, नेपालको अमनचयन, र राष्ट्रिय सुरक्षाको लागि ठूलो खतरा हो । यसले यहाँको विकास मात्रै होइन नेपालको रैथाने चाडपर्व केन्द्रित अर्थतन्त्रमा समेत ठूलो असर पुर्याएको छ । यसपटकका ठूला चाडवाडले देशमा कुनै रौनकता ल्याउने छाँट देखाएन । कुनै न कुनै कारणबाट विगतका बर्षहरूमा पनि हाम्रा चाडपर्वहरू मौलिकताच्यूत हुँदै गैरहेका छन् । यो भनेको कतै न कतै नेपाली रैथाने चाडपर्व विरोधीहरूका लागि अनुकुल अवस्था बनेकोमा उनीहरू खुशी भएका छन् ।
यो बर्षको विध्वशंले देशमा राज्य र प्रशासनको उपस्थिति समाप्त भयो । यसको असर तराईका जिल्लाहरूमा सीमापािरका चोर डाँकाहरूको बिगबिगी बढेको छ । मानिसहरू चाडपर्वको खरिदारी गर्ने मनाउने भन्दा पनि आफ्नो ज्यूधनको सुरक्षा कसरी गर्ने भनेर चिन्तित बनेका छन् । बाटोघाटोको दुरावस्था र चोरडकैतीको संत्रासले घर छोडेर चाडवाड केन्द्रित घुम्न जाने अवस्था नहुँदा यसपटक आन्तरिक पर्यटनमा ठूलो संकुचन आउने देखिएको छ । यो संत्रासले नेपालको सिंङ्गो अर्थतन्त्रलाई नै भंयङ्कर असर गर्नेछ । नेपाल नै सहृदयताको नेपाल रहने वा नरहने र नेपालको मौलिकतामा रमाउने दिन रहने वा नरहने भन्ने कुरा नेपालका मौलिकता विरोधी शासकहरूको चरित्रको निरन्तरता र यिनको ब्यवहारमा नै निर्भर रहनेछ । हाम्रा दशैंतिहार केन्द्रित अर्थतन्त्र समग्रमा भन्ने हो भने संकुचनको दिशातिर गैरहेका छन् र यो क्रम निरन्तर जारी छ ।
यस्तो आर्थिक समाजिक, आन्तरिक लगानी र गरिखाने वातावरणको संत्रासको बीच मनाउन लागिएको यो बडा दशैं २०८२ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक एवं मंगलयम शुभकामना ।

Previous Post

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

Next Post

जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !

Next Post
जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !

जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

March 7, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

March 7, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन परिणाम आउँदै, देशभर रास्वपाको अग्रता

March 6, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँके : क्षेत्र नं. १, ३ मा रास्वपा, २ मा एमालेको अग्रता

March 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version