सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
आइतबार र सोमबार सार्वजनिक बिदा
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक
by
Dainik Nepalgunj
April 6, 2026
अकालमा ज्यान गुमाउने युवा बढी
by
Dainik Nepalgunj
April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
by
Dainik Nepalgunj
April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा
by
Dainik Nepalgunj
April 5, 2026
विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने
by
Dainik Nepalgunj
April 5, 2026