For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

देश समृद्ध बनाउन आफैबाट शुरु गरौें

byDainik Nepalgunj
October 17, 2025
in विचार
0 0
0
देश समृद्ध बनाउन आफैबाट शुरु गरौें
Share on FacebookShare on Twitter

अहिले हामीहरु दोश्रो ठूलो चाड तिहारको मुखैमा छौं । पर्सीबाट यमपञ्चक शुरु हुन्छ । सबैलाई तिहारको किनमेल गर्नको चटारो छ । कसैलाई छिमेकीको देखासिकीमा किनमेल गर्नुपरेको छ भने कसैलाई फेसबुक र टिकटकमा आएका कुरा अनुसार देखिनुपर्ने भएकोले किनमेल गर्नु छ । कसैलाई भाइरल हुन के के किन्नुपर्छ भनेर किनमेल गर्नुपरेको छ त कसैका बालबच्चालाई जसोतसो तिहार उतार्नको लागि र उनीहरुको चाड नरमाइलो नहोस् भनेर किनमेल गर्नुछ । सबैका आ आफ्नो गच्छे इच्छा र आवश्यकता अनुसारको किनमेल भएकै हुन्छ भन्ने सामान्य मान्यता हो । तर पछिल्ला दिनहरुमा हाम्रा चाडवाड मात्रै होइन सामान्य जिवनचर्याका कुराहरुमा पनि परधर्म, परसँस्कृति र अति एंव उत्ताउलो उपभोक्तावाद हावी हुँदै गएको छ । यसले समाजको वास्तविक मौलिकताको बिनास गरेको मात्रै छैन हाम्रो आफ्नै पहिचान समेत माँसिदै गएको छ । कताकता मानिसहरुका आवश्यताको चुलिमुनि आफै धसिएर नैतिकबिहिन मार्गमा समाज जान थालेको छ । यसले देश समाज र कुलधर्म र समृद्धिको त कुरै छोडौं सामान्य संरक्षण सम्म पनि गर्ने हो कि होइन भन्ने शंका पलाएको छ ।

सामान्यता नेपालको अर्थतन्त्र चलायमानको झण्डै आधाआधी हिस्सा ओगटेका चाडपर्वहरु नै हुन । यसबर्षको दशैं देशमा आएको बाढिपहिरोका कारण दशैंको रौनकतामा अलि खल्लोपना आयो । ब्यापारिहरुलाई पनि त्यति राम्रो उपलब्धिमूलक नभएको भन्ने सुनियो । दशैंको लगत्तै जेनजिको नाउँमा भएको आन्दोलनमा भएको युवाहरुको मृत्यु र देशैभरि गरिएको उत्पात, लूटपाट आगजनिले थप जिउज्यानको मात्रै क्षति गराएन उद्यमीहरुमा ब्यापक निरासा पनि छाएको छ । यसै निरासाको बीचमा अहिले तिहार मुखैमा छ र मानिसहरुका किनमेल चलेको छ ।

हामीले यो देशमा पटकपटक राष्ट्र राष्ट्रियता देशभक्ति आदि इत्यादिको उपमा दिएर गरिएका आन्दोलनहरु देखे भोगेका छौं । देशको रक्षा भन्दै भारतका शहरहरुमा बसेर नेपालभित्र सुरुङयुद्ध र बमबारुदका नाङ्गानाचहरु पनि भोगेका छौं । आफ्नै दाजुभाइले आफ्नैलाई अपहरण गरेको, घर विद्यालयबाट नाबालिकहरु थुतेर दिमाग भुटेर आफ्नैलाई मार्न उक्साएको हिँडाएको पनि भोगेका छौं । पढाउँदै गरेको शिक्षक, पूजा गर्दै गरेको पूजारी, यात्रा गर्दै गरेका जनताहरुको विभत्स हत्या गरिएको पनि देखे भोगका छौं । आफ्नै सम्पदा र सँस्कृतिमा आगो लगाएर, पूजाका थानहरुमा मुतेर परधर्म सँस्कृतिको किताब र झण्डा बोकेर उफ्रेको पनि देखे भोगेका छौं । जातजाति र क्षेत्रियताको मुस्लोमा कोइला बनेको समाज पनि देखे भोगेका छौं । यो सब यहि देश र जनताको नाउँमा, राष्ट्रभक्तिको नाउँमा, जनताको जनजिविकाको नाउँमा, देशको समृद्धि र विकासको नाउँमा भएको पनि आजपर्यन्त सुन्दै देख्दै र भोग्दै आएका छौं ।

यो सब देखाइ भोगाइले नेपाल जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण भएको देश, भूगोलको हिसाबले न्यून जनसंख्या भएको देश, वीर पूर्खाका पौरखी सन्तान बस्ने देशको समृद्धिको कथा पुरा हुनु त परै जाओस् शुरु सम्मपनि हुन सकेको देखिएन ।

आजसम्म भए गरेका सबै आन्दोलनहरुले जनतामा विध्वंश गर्ने कला, आफ्नैलाई मेट्ने कला, आफ्नालाई सत्तोसराप गरेर अरु पराइका बखान गर्ने कला त सिकायो तर आफ्नो समाजको नैतिकता, आफ्नो मौलिक शिक्षा, स्वास्थ्य, विकासको ढाँचा र नेपाल सापेक्षताको चेतनाको विकास किमार्थ पनि गर्नै सकेन । केहि आइएनजिओका डलरे मिडियाहरु, नेपाललाई अविसित, अशिक्षित, केहिपनि नभएको पछौटेपनको भाष्य बनाएर नराम्रो मात्रै देखाउने बुद्धिजिवीहरुको पनि यसमा ठूलो भूमिका रह्यो । यहि बिन्दुबाट नेपालको समृद्धिको कथा रोकियो । पटकपटक आन्दोलनको नाउँमा विकासको नाउँमा, सभ्यताको नाउँमा, अधिकारको नाउँमा नेपाललाई असुरक्षित, लगानी मैत्री नभएको देशको रुपमा स्थापित गर्दै लगियो । यो अझै जारी छ ।

आज तिहारको रमझमका बीच हरेक दिन लाखौं नेपाली उपभोत्ताहरु सिमापारिको बजारमा लर्को लागेका छन् । आफ्नो खेतबारी बाँझो राखेर बहुराष्ट्रिय कम्पनीको चिसो किन्न देखि भारतीय खेतका चामल किन्न सिमापारि पुगेका छौं । करेसाबारीमा तरकारी नरोपेर अनेकानेक नर्सरीबाट फुल ल्याएरसम्म रोप्ने र तरकारी त पारिका खाने बानी हाम्रो बनिसकेको छ । देशभित्रका खाद्यान्न र मौलिक प्रजातिका फलफूलहरुको बिउ मासेर अनेकानेक विदेशी हाइब्रिट जातका खाद्यान्न र तरकारी फलफूलको बिउलाई पोस्ने र जनतालाई ठोस्ने सरकारी नीति बनेको छ ।

राज्य सञ्चालकहरु, राजनीतिक पार्टीका नेताहरु देखि ब्यूरोक्रेट्स, सुरक्षा निकायका व्यक्तिहरु समेत सरकारी गाडी लिएर सिमापारि किनमेल गर्न जाने कुरा सामान्य जस्तै भएको छ । दुर्भाग्य नै भन्नुपर्छ यिनै हुन देश बचाउने, देशको समृद्धिको कथा लेख्ने र जनतालाई समृद्धिका कथा सुनाउने र भाषण गर्नेहरु पनि ।

हरेक दिन सिमापारिको बजार गुल्जार हुन्छ । चाडवाडका बेला त झन उताका पसलहरुमा पाइला राख्नेसम्मको ठाउँ हुँदैन । नेपालभित्रका ब्यापारिहरु, किसानहरु, फूल उत्पादक र ब्यापारिहरु, गौंडो कुरेर बस्ने बाहेक केहि काम हुँदैन ।

गज्जबको देश छ हाम्रो सबै जनतालाई आर्थिक बृद्धि चाहिएको छ । समृद्ध नेपाल चाहिएको छ । रोजगारीको अवसर चाहिएको छ । देशको बलियो अर्थतन्त्र चाहिएको छ । देशका बाटाघाटा सबै अन्तराष्ट्रिय स्तरका चाहिएको छ । शिक्षा स्वास्थ पनि निशुल्क चाहिएको छ । बिद्युत पानी सके निशुल्क नसके सस्तोमा चाहिएको छ । देशले विदेशी ऋण नलिएको हेर्नु पनि परेको छ । यहाँ उद्योग कलकारखाना चलेको देख्नु परेको छ । किसानले आफ्नो उत्पादनको भाउ पाउनु परेको छ । हाम्रो पर्यावरण पनि स्वस्थ सफा र सुन्दर चाहिएको छ । बिभिन्न खाले संघसंस्था बनाएर ब्यक्ति र ब्यापारिहरुबाट चन्दा पनि चाहिएको छ । हाम्रा खेलाडीले राम्रो खेलेको र जितेको हेर्न पनि मन छ । भ्रष्टाचारमुक्त देश र शासन प्रशासन पनि चाहिएको छ । अनेकौं अनेक भत्ता सुविधा पनि चाहिएको छ ।

तर,
त्यहि जनता (हामी) हरु तिहारमा पलाष्टिकका फुलहरु किनेर घर सजाउने र माला बनाउने गरेका गर्छाैं । आफ्नै देशभित्रका बजारमा गएर समान किन्दैनौ । आफ्नै देशभित्रको किसानले फलाएको खाद्यान्न तराकारी भन्दा बढि सिमापारिको किन्छौं । आफ्ना किसानले उब्जाएको दुध खाँदैनौं बहुराष्ट्रिय कम्पनीको चिसो आदिमा मनग्य रमाउँछौं । घिउ दुध खाए ग्यास्ट्रिक हुन्छ भनेर सिक्छौं सिकाउँछौं । तरकारी भन्दा ब्रोइलर मासु खाएर रमाउँछौं । विदेशबाट आएको रेमिटलाई आफ्नो आर्थिक सुधार भन्दा उपभोगमा त्यो पनि सिमापारिको बजारमा चढाएर विदेशी कम्पनीलाई पोसेर पार्टी मनाउँछौं । सानो सवारी साधनले काम चल्नेमा महङ्गो सवारी साधन किन्छौं । घरमा बनाएर भन्दा होटलमा गएर खान मन पराउँछौं । ऋण गरेर कार किन्छौं आवश्यकता भन्दा बढिको घर बनाउँछौं र खाली राख्छौं । बहाल लगायौं भने पनि कर तिर्दैनौं । कारोबार गर्छाैं भने पनि सकेसम्म दर्ता गर्न चाहँदैनौं ।

बजारमा अनेकानेक (जङ्कफुड ) पत्रुखाना चाउचाउ विस्कुट चिजबल देखि अनेकौं प्लास्टिक र्यापिङ गरिएका खानेकुरा किनेर खाने मात्रै होइन त्यसका खोलहरुलाई जहाँ खायो त्यहिँ बाटोघाटो नाला वन जङ्गल खेतबारी मैं फाल्ने गर्छौं । आफ्ना छोराछोरीलाई विद्यालयमा घरको खाजा बनाएर होइन यस्तै पत्रुखाना खाउ भनेर सानैदेखि सिकाउँछौं । हामी यात्रा गर्दा घरबाट पानी लिएर हिँड्दैनौं । किनेर पानीको बोतल पानी खाइसकेपछि बसको झ्याल खोलेर फुत्त बाटोमा फाल्छौं । बजार जाँदा घरबाट कुनै झोला लिएर जाँदैनौं तर बजार गएर थुप्रै प्लास्टिकको झोलामा समान लिएर आउँछौं ।

के हामीहरुको यो ब्यवहारले देश समृद्ध हुन्छ त ? हामीले सोचेको जस्तो देश बन्छ त ? के देशमा रोजगारीका अवसरहरु खुल्छन् त ? सबैले भित्रैदेखि आफ्नो छातिमा हात राखेर सोच्नु पर्छ कि पर्दैन ? आफ्नो देश बनाउन मेरो पनि ठूलो भूमिका छ, मेरो पनि ठूलो योगदानको खाँचो छ भन्ने चेतना हामीले भर्नु पर्छ कि पर्दैन ? देशभित्रको आर्थिक क्रियाकलापले देशभित्र अवसर सृजना गर्छ, देशभित्रको समानको प्रयोगले देशका मानिसको (हामीहरुको ) सम्पन्नतामा इँटा थप्छ भन्ने चेतना हामीमा आउनुपर्छ कि पर्दैन ? के सञ्जालमा नाङ्गिदैमा, भाइरल हुँदैमा, तुक न बेतुक जे जे पायो त्यहि गर्दै भन्दैमा सबथोक बनिहाल्ने हो ? मेड इन नेपाल, मेक इन नेपाल, नेपालीका लागि नेपालकै समान, नेपालकै खानपीन, नेपाल नेपालीका लागि नेपालीहरुले नै गर्ने जोगाउने पहलको लागि के हामी हरेक नेपालीको व्यक्तिगत जिम्मेवारी छैन र ? हो यदि मेरो पनि केहि जिम्मेवारी र योगदानको आवश्यकता छ भन्ने लाग्छ भने देश बनाउन यहि तिहारको किनमेलबाटै शुरु गरौं न त ।
सबै नेपालीहरुका तिहार एवं छठ पर्वको शुभकामना !

Previous Post

४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

Next Post

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

Next Post
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version