जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको सरुवा भएको छ । उनलाई उदयपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित ३६ जना सहसचिवको सरुवा गर्दा बाँकेका प्रजिअ जोशीलाई उदयपुर पुर्याएको हो ।
बाँके सहित बर्दिया, रुपन्देही, डडेल्धुरा, ललितपुर र गोर्खाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ ।
बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा दिल कुमार तामाङ्ग आउने भएका छन् । उनी यसअघि कपिलवस्तु जिल्लाका प्रजिअका रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।






























