सूर्य उपासनाको महापर्व छठका अवसरमा कसौधन बैश्य समाज मूल समिति, नेपालगन्जले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भक्तजनका लागि चियासेवा गरेको छ ।
बागेश्वरी परिसरको प्रसिद्ध तलाउ किनारमा मङ्गलबार बिहानै पुजन सामग्रीसहित भेला भएका सयौें भक्तजनलाई चियासेवा गरिएको अध्यक्ष सन्तोषकुमार बैश्यले बताए । अध्यक्ष बैश्यका अनुसार, सयौं महिला, पुरुषहरुले उदाइरहेको सूर्यलाई अर्घ दिएर चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठका क्रममा अघिल्लो साँझ देखिनै चिया सेवा गरिएको हो ।
समाजका सहयोगी मन, स्वयम्सेवकहरुसहित चियासेवामा तीन हजारबढी भक्तजनलाई चिया बिस्कुट सेवा प्रदान गरिएको अध्यक्ष बैश्यले बताए । उनका अनुसार, सेवाभावलाई विस्तार गर्न समाजले यसरीनै विभिन्न पर्वकर्ममा सेवादान गर्ने गरेको छ ।