For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

आफ्नै जरो मासेर बनाउन खोजिएको देश

byDainik Nepalgunj
October 31, 2025
in विचार
0 0
0
आफ्नै जरो मासेर बनाउन खोजिएको देश
Share on FacebookShare on Twitter

मेरो जीवनका ५८ बर्ष मध्ये आफु यो समाजलाई सम्झन सक्ने भएका जम्मा ४५ बर्ष भए । २०३६ सालमा जब देशमा जनमत संग्रहको घोषणा भयो त्यसबेला म मात्रै १२ बर्ष पुगेको थिएँ । त्यो उमेर राजनीतिको बारेमा खासै बुझ्ने उमेर पनि थिएन । तर पनि विद्यालयमा गुरुहरूको खासखुस कुराहरू हुन्थ्यो । “अब बहुदललाई जिताउनु पर्छ, त्यसपछि त देशले काँचुली फेर्छ ।”

वास्तवमा त्यो बहुदल भनेको कुन चराको नाम थियो र त्यो काँचुली फेर्ने भनेको के हो कुनै अत्तोपत्तो थिएन । काँचुली त बेला बेलामा आमा र हजरआमाले सर्पले काँचुली फेर्छ भनेको मात्रै सुनेको थिएँ । अब देशले पनि कस्तो काँचुली फेर्ने रहेछ त्यो मेरो लागि अचम्म कै कुरा थियो । कम्यूनिष्टको राजनीतिमा लागेका केहि गुरुहरू हुनुहुँदो रहेछ क्यारे वहाँहरूको त्यो विदेशी प्रतिमानको वामे शिक्षाको हल्लीखल्लीमा हामीजस्ता बबुराहरू उफ्रिनु कुनै नौलो पनि थिएन । बस काँचुली फेर्छ त फेर्छ । हामीलाई त त्यो निलो कलरका झण्डाको मात्रै शिक्षा पाउने अवसर मिल्यो । २०३८–३९ सालतिर खस्यौलीमा रहँदा सरकारको नून खाएका तर कर्म कम्यूनिष्ट हत्याहिंसा र बन्दुकको गर्नेहरू धेरै भेटिए । शक्ति र सत्ता नै बन्दुकको नालबाट निस्किन्छ भन्ने र नेपालको तत्कालिन राज्यसत्ता भनेको नेपालीको होइन भन्ने शिक्षा बाहेक अर्को कुनै कुरा नहुने वातावरण पनि भेटियो । कर्म गर्ने, पौरख गर्ने, उद्यम गर्ने, एकाधजनालाई रोजगार दिनेहरू समेत सामन्त हुन या सामन्तका मान्छे हुन भन्ने कुराबाट प्रशिक्षित हुने मजस्ता थुप्रै भए ।

श्रम गर्नु र श्रमको मोल लिनुसम्म ठिक थियो तर मोल लिएको श्रमले सृजेको कुरा अरूले प्रयोग गर्दा त्यो श्रमिक ठगिएको, उसले केहि नपाएको भन्ने गीतहरू बनाएर नाच्ने र उफ्रिने काम पनि हुन्थ्यो । कसैको घर ज्याला लिएर ज्यामिले बनाउँछ तर त्यो घर कत्रो हुन्छ र कति सुन्दर हुन्छ अनि त्यसलाई घर मालिकले कसरी प्रयोग गर्छ त्यो उसको खुशी हो । घर बनाउने ज्यामिलाई घर बनिसकेपछि उफ्रिपाफ्रि गर्न दिइरहनुपर्छ भन्ने ? अनि बाटो बनिसकेपछि त्यो बाटोमा बाटो बनाउने ज्यामि पनि हिँड्छ र अरू पनि हिँड्छन्, कार हुनेले कार कुदाउँछ नहुने पैदलै हिँड्छ भने यसमा ज्यामिले के पायो र भन्ने जिद सिकाउने शिक्षा प्रगतिवादी कसरी भयो भयो तर हामीलाई सिकाइयो हामीले सिकेर उफ्रियौं ।

यहि मेरो जीवनको पहिलो राजनीतिक शिक्षा थियो र यहि नै त्यसपछिका ३५ बर्ष रहि रह्यो । कक्षा १२ को परीक्षा छोडी २०४६ सालको आन्दोलनमा सक्रिय भाग लिन आएको र चन्द्रशेखरको सीआइडी भन्दै बुट र बन्दुकको ब्याट खाएकोमा पनि त्यो बेला गर्वको अनुभूति भयो । कुनै गुनासो रहेन । अझ २०५२ साल पछि शुरु भएको नितान्त हत्याहिँसा, सामन्त मास्ने क्रान्ति ल्याउने देश त हामीले नदेखेको स्वीटजरलैण्ड बन्ने भन्ने कुराले उतै यूरोपियनहरूको एजेण्डा चलाएर विदेशीको आडमा बसेर हामीजस्तालाई भ्रमको भुँवरीमा पारेको रहेछ भन्नेकुरा पछि खुल्दै गएको छ अब लुकेको छैन । कुनै एउटा नाबालक या सिधासाधा नेपाली जनतालाई कम्यूनिष्टहरू पूँजीबादीहरूको बेतुकी शैली, नेपालको माटोसँग यहाँको मौलिकतासँग, यहाँको वास्तविकतासँग र गरिखाने व्यक्ति र समाजसँग घृणा गर्ने पद्दतिबाट शिक्षित प्रशिक्षित गरेकोबाट देशले यो दुर्गती भोगेको हो भन्ने कुरामा अबपनि कसैला दुबिधा हुनुपर्ने छैन होला ।

आफ्ना पाँच दशक बिताउँदै गर्दा बाणिज्यशास्त्र, पत्रकारिता, कानून र राजनीतिशास्त्रको अध्ययन गर्दै आफ्नो नीजि अध्ययन र अनुसन्धान पनि जारी थियो । नेपालको लागि कुन वाद र सिद्धान्तले काम गरिरहेको छ र कसको हितमा गर्दैछ भन्ने पनि अनुसन्धान जारी थियो । कुन पार्टीको के कस्तो नीति रहेको छ ? नेपाललाई वास्तविक रूपमा नेपाल नै बनाउने नीति कसले लिएको छ ? नेपालको मूल रैथाने धर्म, सँस्कृति, परम्परा र मौलिकतामा आधारित राज्यकर्म, देशको राष्ट्रभाषा आदीको बारेमा सबै पार्टीहरूको सारसंग्रह बुझ्ने प्रयास लामो समयसम्म गरें । दुई दशकसम्म कुनै पार्टीको सक्रिय सदस्य नै नरही देशका पार्टीहरूको आचरण हेर्दै गर्दा मैले पाएको एउटा कुरा यो थियो कि नेपालका हरेक पार्टीहरू कम्यूनिष्ट पूँजिवादी मात्रै, थिए । सबैको नीति ब्याख्या जसरी गरेपनि समाजवादको नाउँको वरिपरि नै थिए । त्यस्तो समाजवाद जसको व्याख्या जसलाई जसरी मनलाग्यो त्यसरी नै गर्दा हुन्थ्यो । काट्ने मार्ने वैयक्तिक सम्पत्ति र स्वतन्त्रता खोस्ने, भट्टामा पोल्ने, खिसारेर रुखमा झुण्ड्याएर मार्ने, गरिब किसान मजदुरको नाउँमा आफु र आफ्ना सातपुस्तालाई देश विदेशमा सम्पत्ति थुपार्ने, खाली खुट्टा सिंहदरबारंको राजनीतिमा छिरेर रोयल जिवनशैलीमा बस्ने, सबै समाजवाद र समाजवादीको ब्यवहारिक ब्याख्या भित्र परेको झल्झली देखियो । यो सबै कर्ममा कहिँ कतै नेपाल थिएन । नेपाल सापेक्षता थिएन । नेपाल बनाउन, देशको स्वरूप दिन, देशको सार्वभौमिकता बचाउन, देशको सीमा रक्षा गर्न र नेपाल नेपालीको मात्र हो भन्ने कुरालाई स्थापित गर्न जीवन उत्सर्ग गर्ने हाम्रा इतिहास पुरुषहरू, वीरहरू र तिनीहरूले दिएका अर्ती उपदेश र नीतिहरूको न त सम्मान थियो न त्यसको जगमा बनेका पार्टीहरू नै थिए । यस्तो तन्नम विदेशी दासत्वको सोचमा डुबेर आफ्नै जरो मासेर नेपाल बनाउने सपना बोकेका पार्टीहरूको बोलबालामा नेपाल चलिरहेको देखियो ।

विदेशी प्रतिमानमा बसेर होइन, विदेशीको कलो खाएर होइन, विदेशीहरूको सिद्धान्त बोकेर होइन, विदेशीहरूको एजेण्डा नेपालमा चलाएर होइन, विदेशीहरूको इसारामा उनीहरूको धर्म सँस्कार सँस्कृति भाषा र सभ्यतालाई शिरोधार्य गरेर र चलेर होइन, नेपाल त नेपालको आफ्नो माटोमा आफ्नो इतिहासमा आफ्नो धर्म परम्पराहरू संस्कृति र सभ्यताहरूमा गर्व गर्दै आफैले बनाएको स्वदेशी प्रतिमानमा आधारित रहेर गर्नुपर्छ भन्नेमा कुनै पार्टीहरू नहुँदा नेपालको यो दुर्दशा हुन गएको हो भन्नेमा अब पनि शंका गर्नुपर्छ जस्तो लाग्दैन ।

मैले आफ्नो जीवनको झण्डै ६ दशकको संघार पुग्दै गर्दा देशका झण्डै पाँच दर्जन बढि जिल्ला पुग्ने र त्यहाँ रहेका मजस्तै भुइँमान्छेहरूसँग साक्षात्कार गर्ने गरेको छु । मेरो आफ्नो अनुसन्धानले के कुरा स्पष्ट पारेको छ भने नेपाल आजसम्म क्षतविक्षत भैरहेको, नेपालीको पहिचान नै हराउँदै गएको, अस्थिर हुँदै गएको मुख्य कारण नै नेपाल चलाउनेहरूले नेपाल बिर्सेर नै हो । नेपाल बनाउन खोहि हिँडेन यहाँ त सपना नेपाल इतरका बाँडिए । नेपाल निरपेक्षताका बाँडिए । नेपालको मुल जरो काटेर, नेपाली मौलिकता मासेर, नेपालको आफ्नो कुलधर्म भाषा सँस्कृति प्रति घृणाको बीऊ रोपेर, नेपालको वास्तविक आवश्यकता र नेपालको माटो, भूगोल र गच्छे निरपेक्ष विकासको ढाँचा र नीति लिएर नै नेपालको समृद्धिका सपना बाँडिएको रहेछ । यसकारण नेपाल सधैं अरूको गोटी बन्यो, अस्थिर बन्यो ।

आज संसार आफ्नो देश प्रथम, आफ्नो भाषा सँस्कृति प्रथम, आफ्ना राष्ट्रिय सम्पदा र सम्पत्ति प्रथम, आफ्नो इतिहास प्रथम, आफ्नो मौलिकता प्रथमको नीतिमा हिँड्दै छ । हामी नेपाली र नेपालका राजनीतिक पार्टीहरू भने नेपालको जरो उम्टाएर हामी समृद्ध र विकसित भन्ने भ्रममा कुँदिरहेका छौं । गन्तव्य आफ्नोतिर होइन अरूकोतिर पो छ । आफ्नैलाई तु्च्छ देखाएर, आफ्नो सीप, जाँगर, समाज विकासको पद्धति, समाजिक संरचनामा रहेको खासखास बिशेषतालाई अंगिकार गर्न र त्यसलाई स्थिति गरेर प्रविधिलाई संयोजन गर्दै विकास ढाँचा बनाउन छोडेर लत्याउनतिर लागेका छौं । यहिँबाट नेपाली राजनीतिमा ठूलो गल्ती भएको छ । अझैपनि हामीहरू समाजवादको भूत भ्रममा उफ्रिन छोडेका छैनौं । नेपालसँग र नेपालको हितको लगि कुनै साइनो नभएकाहरूको फोटो खल्तीमा राखेर ढोग्दै उनैका नामको माला जप्न तल्लिन छौं । आफ्नै जरो काटेर देश बनाउने सपना बाँडिरहेका छौं । देशभित्रका अमुल्य सम्पत्ति न चिन्न खोज्यौं न चिन्न दियौं । अरूको हा.हुमा ढुङ्गामुडा बोकेर, पेट्रोल र केमिकल बोकेर, अरूको नीति र सिद्धान्त बोकेर कहिले दक्षिणपन्थी र त कहिले वामपन्थी बन्दै नेपाल निरपेक्ष आन्दोलनको आगो सल्काउन हिँडिरहेका छौं । अब सबैले बुझ्न जरुरी छ यदि देश बचाउने र बनाउने हो भने । देश सबै नेपालीको हो, नेपाली मात्रैको हो, नेपाललाई नेपाल सेन्ट्रिक नीति र आफ्नै वाद र प्रतिमानमा रहेर मात्रै बनाउन सकिन्छ भन्ने कुरामा लागौं । आफ्नै जरो मासेर देश बन्दैन ।

Previous Post

आज विश्व सहरीकरण दिवस

Next Post

क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

Next Post
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version