सडक क्षेत्र खाली गर : उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकाले विपीचोकदेखि धम्बोझी चोकसम्मको सडक सीमा क्षेत्र खाली गर्न सूचना जारी गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले साष्ट्रिय राजमार्ग अन्तरगतको रत्न राजमार्गको ‘विपि चोकबाट धम्बोजिसम्म दुबैतर्फ फुटपाथ तथा बृक्षारोपण कार्यक्रम’को निर्माण कार्य सुरु हुने भएकाले सडक क्षेत्र खाली गर्न सूचना जारी गरेका हुन् ।

उमपहानगरापलिकाले दुवैतर्फ नालाको बाहिरी किनारबाट ७ फिट भित्र निर्माण गरिएका टहरा होर्डिङ्ग बोर्ड लगायतका हाल जे जस्तो अवस्थामा रहेका संरचनाहरू छन् तीनलाई १४ दिन भित्र हटाउन भनेको छ । ‘तोकिएको अवधिभित्र उक्त संरचनाहरू नहटाइएमा कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनु पर्ने तथा हटाउदा लाग्ने खर्च समेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्वन्धित व्याक्तिहरूबाट नै असुलउपर गरिने व्यहोरा समेत अनुरोध गरिन्छ’, उपमहानगरपालिकाले भनेको छ ।

Exit mobile version