राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग

राजा समर्थकहरूले नेपालगन्जको धम्बोझी चोकमा स्वर्गीय राजा विरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग गरेका छन् । राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके पुगेका राजा समर्थकहरूले वीरेन्द्रको शालिक पुनस्र्थापनाको माग उठाएका हुन् ।

जेनजीको आन्दोलनका क्रममा नेपालगन्जका विभिन्न चोकमा रहेको शहिद सेतु विक, पुष्पलाल श्रेष्ठ, गणेशमान सिह, विपी कोइरालाको ढालिएको थियो । नेकपा एमाले बाँकेले चोकमा ढालिएका शालिक आगामी कार्तिक २९ गते उठाउने निर्णय गरेपछि चोकका शालिक पछिल्लो समय बहसको विषय बनेको छ । २०६२÷०६३ को आन्दोल नका क्रममा स्वर्गीय राजा वीरेन्द्रको शालिक धम्बोझी चोकमा तोडफोड गरी हटाइएको थियो । त्यसपछि दुई पटक राजावादीहरूले स्वर्गीय राजाको शालिक चोकमा पुनस्र्थापना गर्न खोजेपनि हटाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा देवकोटाको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा शालिकहरूको ऐतिहासिक महत्व रहने भएकोले ऐतिहासिक धरोहरको संरक्षण हुनु जरुरी हुन्छ भन्ने हाम्रो मान्यता रहेको उल्लेख छ । ‘जेनजी आन्दोलन भन्दा अघि नेपालगन्जमा राजा बीरेन्द्रको शालिक सुरक्षित हुन् सकेन भने जेनजी आन्दोलनको क्रममा नेपालगन्जका बिभिन्न स्थानमा रहेका शालिकहरूलाई पनि सुरक्षित गर्न नसकिएको दुखद पाटो हामि सामु छ’, ज्ञापन पत्रमा उल्लेख छ, ‘नेपालगन्जमा भत्काइएका सम्पूर्ण शालिकहरू देशका इतिहास र पहिचान दुवै हुन् । तसर्थ, देशको इतिहासको संरक्षण र देशको पहिचानलाई प्रबर्धन गर्नको लागि नेपालगन्जमा भत्काईएका अबस्थामा रहेका राजा बीरेन्द्रको शालिक, बीपीको शालिक, पुष्पलालको शालिक, गणेशमानको शालिक र सेतु बिकको शालिक एकैसाथ पुनस्र्थापना गरिनु पर्दछ ।’

शालिक सुरक्षित हुन् सकेन भने जेनजी आन्दोलनको क्रममा नेपालगन्जका बिभिन्न स्थानमा रहेका शालिकहरूलाई पनि सुरक्षित गर्न नसकिएको दुखद पाटो हामि सामु छ’, ज्ञापन पत्रमा उल्लेख छ, ‘नेपालगन्जमा भत्काइएका सम्पूर्ण शालिकहरू देशका इतिहास र पहिचान दुवै हुन् । तसर्थ, देशको इतिहासको संरक्षण र देशको पहिचानलाई प्रबर्धन गर्नको लागि नेपालगन्जमा भत्काईएका अबस्थामा रहेका राजा बीरेन्द्रको शालिक, बीपीको शालिक, पुष्पलालको शालिक, गणेशमानको शालिक र सेतु बिकको शालिक एकैसाथ पुनस्र्थापना गरिनु पर्दछ ।’

Exit mobile version