जिल्ला प्रशासन कार्यालय बाँकेले झण्डै दुई महिनापछि राहदानी सेवा सुचारु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा गत भाद्र २४ गते जेनजीको प्रदर्शनका क्रममा आगजनी भएपछि कार्यालयको भवन, भौतिक सामाग्री, कागजात जलेर नष्ट भएपछि सेवा ठप्प भएको थियो ।
प्रशासनका प्रशासकीय अधिकृत विष्णु सहनीले राहदानी सेवा नियमित सुचारु भएको बताएका छन् ।






























