गत भाद्र २४ गते जेनजीको प्रदर्शनको क्रममा आपराधिक समूहले घुसपैठ गरी उच्च अदालत तुलसीपुर, ईजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, अदालतमा दर्ता भएको अपराधिक उपद्रव सम्बन्धी कसूरको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानकै क्रममा नेपालगन्जका विभिन्न स्थानबाट छ जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दिपक पातलीले जानकारी दिएका छन् ।
प्रहरीले रवि कुमार वैश्य, बल्लु गोडिया, गंगा सागर वर्मा, मोहम्मद ताहिर हलवाई, एशन राज सिद्दिकी, ओमराज सोनीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जिल्ला अदालतबाट उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राख्न अनुमति दिएको जनाएको छ ।
