आज विहीवारदेखि नेपालगन्ज कनक्लेव हुने भएको छ । आज पहिलो बहस महानगर सपनासँग जोडिएर गरिंदैछ । महानगर एक सपनाः उदाउँदो र पुरानो सहर जोड्ने प्रयास शिर्षकमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यबीच दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले संवाद गर्दैछन् ।
कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा शुक्रवार महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी लगायत वक्ता रहेका छन् ।
उनीहरु नेपालगन्ज कनक्लेबका विभिन्न सत्रका बक्ताका रुपमा रहनेछन् । कनक्लेवमा खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसर, नेपालगन्जः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधारः प्रविधि वरदान कि अभिशाप, फाइनप्रिन्ट फिवर, ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिने कनक्लेवका निर्देशक नेपालले जानकारी दिए ।






























