For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च

byDainik Nepalgunj
November 20, 2025
in Blog
0 0
0
नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च
Share on FacebookShare on Twitter

सभ्य र सुसंस्कृत समाज निर्माणमा वैचारिक  मन्थनको ठूलो भूमिका रहन्छ ।युधिष्ठिरले सामना गरेको यक्ष प्रश्न होस् वा कुरुक्षेत्रमा कृष्ण र अर्जुनको विचमा भएको सवाल जवाफ, दुवै पौराणिक प्रश्नोत्तरमा ठूलो दर्शन र बौद्धिकता भेटिन्छ । प्राचीन ग्रीसमा सुकरातले प्रयोग गरेको प्रश्न सोधेर उत्तर खोज्ने पद्धतिबाट सुरु भएको बौद्धिक संवाद प्लेटोको पालामा संवाद ग्रन्थको रुपमा विकसित भयो। समाज र औपचारिक शिक्षा प्रणालीको विकाससँगै यो उपक्रम विश्वविद्यालय, प्राज्ञिक अनुसन्धान र सार्वजनिक नीतिनिर्माणसम्म फैलिन पुग्यो। 

प्रश्नोत्तरले मानिसलाई आफ्नै सोचबारे पुनरावलोकन गर्न, कमजोरी छुट्याउन र नयाँ दृष्टिकोण बनाउन मद्दत गर्छ। यस्तो अभ्यास आजका शहरहरूका लागि विशेष रूपले उपयोगी छ, किनकि साझा मुद्दा, साहित्य, विचार, प्रविधि र सामाजिक परिवर्तनबारे छलफल नगर्ने हो भने सार्वजनिक जीवन स्थिर हुन थाल्छ।

नेपालमा केहि वर्षदेखि लिटरेचर फेस्टिभलहरूको आयोजना गर्ने क्रम बढेको छ । निजी प्रकाशन गृहको प्रवेश र स्थानिय सरकारहरूको सहयोगका कारण यस्ता छलफलहरूले हिउँदका अन्य पारम्परिक व्यवसायिक मेला-महोत्वसवहरू भन्दा पृथक पहिचना बनाउँदै लगेका छन् ।  काठमाडौं, पोखरा, जनकपुर, वीरगंज, चितवन, सुर्खेत, धनगढी र जुम्लामा समेत यस्ता महोत्वसहरूक आयोजना गरिएका छन् । यस्ता जमघटहरू धेरै ठाउँमा नियमति नै भैरहेका छन् भने कति ठाउँमा निरन्तरता पाउन सकेनन । यस्ता संवादले कस्ता विचारहरू मुखरित गर्ने, ओझेलमा परेका नवीन विचारका प्रणेताहरूलाई कसरी उजागर गर्ने र  समाजलाई कुन दिशातर्फ निर्दिष्ट गर्ने भन्ने बारेमा उल्लेख्य योगदान दिन सक्छन् ।  

नेपालगन्जको मौलिक परिचय के ? जंग बहादुरले बसाएको शहर भएको भएर ‘ऐतिहासिक नगरी’ वा बागेश्वरी मन्दिर, अनेकौं मस्जिद, गुरुद्वारा रहेको भएर ‘सांस्कृति नगरी’ वा ‘पश्चिम नेपालको प्रवेशद्वार’ ? यि सब इतिहास र भूगोलले निर्धारण गरेका मानक हुन् । यसमा समकालिन योगदान खासै छैन । बरु ‘सद्भावको शहर’ले यहाँका हिन्दु, मुस्लिम, थारु,  शिख, कर्णाली देखि यहाँका अनेकन आदिवासीहरू सहअस्तित्व र भाइचारामा बसेको स्थापित गर्छ । 

यसै सन्दर्भमा नेपालगंजले नेपालगन्ज म्यारथनको छेको पारेर नेपालगन्ज कनक्लेव आयोजना गर्न थालेको ५ वर्ष पुग्न थालेको छ । नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा होटेल डायमण्ड प्यालेसमा हुन लागेको छ । 

यसपालाको नेपालगन्ज कनक्लेव अन्य सामाजिक/राजनैतिक हिसाबले पनि विशेष छ । भदौ २३-२४ को जेनजी आन्दोलपछि हुन लागेको यो यस्तो किसिमको पहिलो छलफल हो । फागुन २१ को लागि तोकिएको निर्वाचनको परिप्रक्ष्यमा समाजको ‘नाडी छाम्न’ यो छलफल सहयोगी हुन सक्छ । 

मोफसल के सोच्छ ? मानिसहरूका अपेक्षा के छन् ? उत्साह के मा छ र कुन कुराले निराशा दिइरहेको छ ? स्थानिय परिदृश्य समग्र देशलाई सुनाउने यो एक अवसर हो ।

नेपालगन्जले अहिलेका वर्षमा निरन्तर आफूलाई विचार, संस्कार र सिर्जनात्मक ऊर्जाको केन्द्रका रूपमा उभ्याउँदै आएको छ। यही यात्रामा नेपालगन्ज कनक्लेव र फाइनप्रिन्ट फिभरले शहरलाई चलायमान बनाउने विशिष्ट भूमिका खेल्ने अपेक्षा राख्न सकिन्छ। पुस्तक, साहित्य, अर्थतन्त्र, समाज, राजनीति वा सिनेमा जस्ता विषयहरूलाई एउटै छानामुनि ल्याएर खुला बहस सम्भव बनाउनु कुनै सामान्य काम होइन। 

सहरलाई केवल भौतिक पूर्वाधारले मात्र जिवन्त बनाउँदैन। सार्वजनिक संवाद, स्वस्थ बहस र आपसी सीप-अनुभवको आदानप्रदानले पनि उतिकै ऊर्जा दिन्छ। जब सहरी जीवनका मानिसहरू एउटै हलमा बसेर विचार सुन्छन्, प्रश्न गर्छन्, चुनौती दिन्छन् र नयाँ दृष्टिकोण लिएर बाहिर निस्कन्छन्, त्यही क्षणबाट सहरमा बौद्धिक चहलपहल सुरु हुन्छ। यही चहलपहलले बिस्तारै सहकार्य, मित्रता, रचनात्मकता र साझा पहिचान निर्माण गर्न सहयोग गर्छ।

नेपालगन्ज कनक्लेवलाई बढ्दो परिपक्व सार्वजनिक विमर्शको अभ्यासको रुपमा हेर्न सकिन्छ। शहरमा दैनन्दिन समस्या, आर्थिक अवसर, सांस्कृतिक विविधता, राजनीतिक आकांक्षा र नागरिक अनुभवको बहुआयाम छ। यी सबै एउटा साझा मञ्चमा नआउँदासम्म समाजको वहाव बुझ्न कठिन हुन्छ। संवाद गर्ने संस्कृतिले शहरलाई दिशानिर्देश दिन मद्दत गर्छ। विचारको मन्थन हुँदा स्थानीय नेतृत्वलाई नागरिकको चाहना ठम्याउन सजिलो हुन्छ, र समुदायले पनि आफ्नो आवाज प्रभावकारी रुपमा राख्न सक्छ।

यसपटक फाइनप्रिन्ट फिभरले साहित्यिक ऊर्जालाई थप उज्यालो बनाउँदै छ। वरिष्ठ लेखकदेखि उदार सोच राख्ने युवा सिर्जनाकर्मीहरू सम्मिलित हुनु, राजेश हमाल र पत्रकार पवन आचार्यबीचको संवाद, साथै विभिन्न सामाजिक र आर्थिक सत्रहरूको संयोजन, यी सबैले शहरलाई बहस गर्न सिकाउने अभ्यास जस्तै हुन् ।

नेपालगन्जजस्तो विविधतायुक्त शहरमा यस्तो मञ्चले समग्र देशकै सामाजिक परिवेशको ‘स्याम्प्लिङ्’ गर्न मद्दत गर्छ । युवाहरुमा व्याप्त बेरोजगारी र विदेश पलायनको लहर, धार्मिक सद्भाव, सीमापार व्यापार, शहरी व्यवस्थापन, स्वास्थ्य शिक्षाका चुनौती, र स्थानिय विकासका प्राथमिकता जस्ता मुद्दामा यस्ता छलफल केन्द्रित रहनु सान्दर्भिक ठहर्छ। यस्ता साझा बहसले शहरको दिगो विकासको खाका बनाउने आधार तय गर्नेछ ।

अहिले देशभर फैलिएको अनिश्चितता, दलगत खिचातानी, सामाजिक असन्तोष र आर्थिक सुस्तताको बीच नागरिक संवादको आवश्यकता झन बढेको छ। निर्वाचन नजिकिँदै गर्दा मतदाताको भावनात्मक र बौद्धिक तयारी बुझ्न यस्ता छलफल उपयोगी हुन्छन्। बहसले मानिसलाई आफ्नै रोजाइ र वैचारिक मान्यता स्पष्ट गर्न प्रेरित गर्छ। सार्वजनिक तर्कले राजनीतिक दललाई पनि उत्तरदायी बनाउँछ। जनताले के खोजिरहेका छन् भन्ने कुरा स्पष्ट रुपमा सतहमा ल्याइदिन्छ ।

नेपालगन्ज कनक्लेवको हरेक संस्करणले स्थानीय मुद्दालाई राष्ट्रिय मञ्चमा पुर्‍याउने भूमिकासमेत खेलेको छ । यहाँ प्रस्तुत विचार, साहित्य, नीतिगत बहस वा सामाजिक टिप्पणीहरू राष्ट्रिय मिडियासम्म पुग्ने गरेको देखिन्छ। हालैको जेनजी विद्रोहमा नेपालगन्जबाट दुइ युवाले शहादत प्राप्त गरेका छन् । यसले पनि यहाँका मानिसहरूको चिन्तनशिलता र परिवर्तनको चाहनाको बारेमा संकेत गर्छ । नेपालगन्ज केवल सीमावर्ती व्यापारिक केन्द्र मात्र होइन, समाजलाई डोर्याउने विचारको उद्गमस्थल पनि हो भनेर पुन: स्थापित गर्ने अवसर आएको छ। 

म स्वयंले पनि यसपाला  “जेनजी विद्रोहपछिको नेपाल : अन्यौल र अवसर” भन्ने सत्रमा सहजिकरण गर्नेछु । इतिहासका संवेदनशील मोडबारे खुला संवाद गर्दा धेरैले नदेखेको वास्तविकता सतहमा आउँछ । तीखा प्रश्नले कौतुहलताको चुरोसम्म पुग्न सहज बनाउने भए पनि भाषा  सम्मानजनक रहनेछ। चर्चा गम्भीर भए पनि निष्कर्ष उज्यालो दिशामा केन्द्रित रहनेछ। यही अभ्यासले नागरिकलाई आलोचनात्मक रूपमा बुझ्न, तथ्यमा आधारित निर्णय लिन र सामाजिक सद्भाव मजबुत बनाउन सहयोग गर्छ ।

सहरको दीर्घकालीन परिवर्तनका लागि विचारको निरन्तरता आवश्यक हुन्छ। वर्षमा एकचोटि मात्र होइन, विद्यालय, कलेज, युवा क्लब, अनौपचारिक फोरमहरूले पनि यस्ता छलफल नियमित रुपमा संचालन गर्नेगर्नुपर्छ ।यसले सार्वजनिक चेतनालाई बलियो बनाउँछ। सहरभित्रका विविध विचारहरू एक अर्कासँग भेटिने, घुलमिल हुने र उज्यालो हुने ठाउँहरू बढ्दै जाँदा सहर स्वभाविक रूपमा सशक्त बन्छ। बौद्धिक कार्यक्रमहरू कुनै जमात वा समुदायका लागि मात्र होइन, सम्पूर्ण शहरको साझा भविष्यका लागि आवश्यक लगानी हुन् । कन्क्लेभले त्यसको नेतृत्व गर्ने क्षमता राख्छ ।

नेपालको वर्तमान सामाजिक परिवेशमा धेरै जसो टक शो, अन्तर्वार्ता र यस्ता डिस्कोर्षहरूमा कोरा  शैद्धान्तिक आदर्शहरू प्रस्तुत गरिएतापनि समाधानमुखी बहश भने कमै भएको पाइन्छ ।‘यसो हुनु पर्छ’ वा ‘यस्तो गरिनुपर्थ्यो’ भन्ने तर्क धेरैले अघि सारे पनि त्यो कसरी गर्ने वा त्यसका प्रकृयागत चरणहरू भने कमैले सुझाएको पाइन्छ । हाम्रा बहशमा ‘के?’ र ‘कस्तो’ भन्नेमा धेरै मन्थन गर्ने गरिएतापनि ‘कसरी?’ भन्नेमा धेरै ध्यान दिइएको पाइन्न । यस्तोमा आगामी छलफलहरू किताबी विद्धता मात्र व्यक्त गर्ने भन्दा पनि समाधानमुखी बहशमा समेत ध्यान दिनुपर्ने आबश्यकता देखिन्छ । 

नेपालगन्जलाई अब केवल भौगोलिक विशेषताले मात्रै होइन, विचार र संवादले परिचित गराउने समय आएको छ। यस्तो अभ्यासले शहरलाई ऐतिहासिक, सांस्कृतिक वा व्यापारिक पहिचानभन्दा माथि उठाएर सोच्ने सहरमा रूपान्तरण गर्छ। यही रूपान्तरणले भविष्यमुखी नागरिक समाज तयार पार्छ।

Previous Post

म्याराथनसँगै डिस्कोर्सको शृंखला

Next Post

पुस्तकालय,चुनाव र चुनौती

Next Post
पुस्तकालय,चुनाव र चुनौती

पुस्तकालय,चुनाव र चुनौती

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सवारी जाँच पास प्रक्रिया सुधारको माग

सवारी जाँच पास प्रक्रिया सुधारको माग

April 16, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

April 16, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

कति पुग्यो सुनको मूल्य ?

April 16, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version