भोली र पर्सी अर्थात मंसिरको ५ र ६ गते नेपालकै पुरानो पुस्तकालय मध्य एक महेन्द्र पुस्तकालय ( प्रेम पुस्तकालय)को विमर्श कार्यक्रम र अठारौ कार्यसमितीको चयन हुँनेछ । पुस्तकालय भनेको कितावको गोदाम घर नभै ज्ञान, सूचना, जिज्ञासाको भोक मेटाउने थलो र पुराना विश्वास, सत्य र ज्ञानलाई नयाँ सन्दर्भमा पुनरताजगी गराउने थलो हो । जिज्ञाशाले ज्ञानका क्षेत्रफल बढाउदै आफनै विश्वासमाथी थप प्रश्न गर्छ । १८रौ कार्य समिति बन्नु पहिला आकांक्षीहरुसंग निम्न लिखित प्रश्न उभिन्छन । यो नेपालगञ्जको बौद्धिक भविष्यको चुनाव परिक्षा पनि हो । नय। ाँ हुँन।भूमिकामा पनि नयाँ देखिन अनिवार्य हुन्छ ।
१. सफलतापछिको सबैभन्दा ठूलो चुनौती : समयको गति बुझ्नु र त्यसै अनुसार परिमार्जित हुँनु हो ।
२. डिजिटल युगमा पुस्तकालय “किताबको गोदाम” होइन, “ज्ञानको अनुभव” बन्नुपर्छ
३. जेन–जीको टुक्रिएको ध्यानलाई पुनः जोड्ने, विज्ञान र सभ्यताको पुल बनाउने
४. एआईलाई शत्रु होइन, सहयात्री बनाएर Library ± AI Ö Future Sacred Space बनाउने
५. गहिरो विमर्श र पठन–संस्कृति जोगाउने तटस्थ थलो बन्ने
६. बजारवादसँग नझुक्ने, प्राज्ञिकता जोगाउने अन्तिम किल्ला बन्ने यो केवल एउटा संस्थाको चुनाव होइन,
इतिहास कथा हैन् तथ्यहरुको संगालो हो । पुस्तकहरुले राजनीतिक सीमा छिचोलेर विश्वयात्रा गरिरहन्छन् । विश्व जागृतिको चरम कालमा ज्ञान र जिज्ञासाका भोक बढदै थिए । जिज्ञासा खतरा उठाउने मात्रै हैन् उपाय खोज्ने वा मूल्य तिर्ने आँट जोस्, बुद्दि पनि दिन्छ । यूवा छटपटिले समयमा सत्ता र अवस्थामाथी प्रश्न काल बन्थ्यो । पेटको भोकजे जिज्ञासु चेत मर्न सक्दैनथ्यो । ज्ञानका माध्यम पुस्तक र पत्रिका हुन्थे । त्यसै परिवेशमा प्रेम पुस्तकालयको स्थापना भएको हो ।
आधुनिकताले प्रवेशसंगै शिक्षित समूह विश्वका हलचलसंग जोडिए । त्यसैमध्यमा राष्ट्रिय कंग्रेस तौलिहवाका नेता भोला नाथ शर्मा र वामदेव शर्मा नेपालगंज आए । बामदेव शर्मा, ससुराली बासुदेव शर्माकोमा आँउछन । उनको भेट पूर्णप्रसाद उपाध्याय र योगेश्वर मिश्रहरुसंगको छलफलपछि प्रेम पुस्तकालय स्थापना हुँन पुग्यो । यसैले भन्नुपर्छः प्रेम पुस्तकालयको स्थापना राजनीतिक चेतले भएको थियो । यो पुस्तकालय राणा शासनकालमा २००३ मा स्थापित भएको हो । पहिलो अध्यक्ष बने रष्ट्रिय कंग्रेुसका कार्यकर्ता वैध्य योगेश्वर मिश्र । उनी जागरुक राजनीतिक सक्रियतावादी र विद्धान थिए, बैध्य थिए । पहिलो कार्य समितीमा अध्यक्ष योृश्वर मिश्र, महाविर प्रसाद गुप्ता, मुलचन्द आजाद, बासुदेव शर्मा, श्रीधरराज शर्मा, पूर्णप्रसाद उपाध्याय, भगवति प्रसाद दुवेदी रहे ।
यसले ५ वटा शत्ता र शासन व्यहोर्यो । पश्चिम नेपालको त्यसअवधीमा यातायातको सुविधा नभएको बेला नेपालगन्ज नै शिक्षा, ज्ञान, राजनीति र प्रशासनको केन्द्र बन्न पुग्यो । पानी त माथीबाट तल ओर्लन्थ्यो तर ज्ञान, सूचना, राजनीति र प्रशासन भने पश्चिममा दक्षिणबाट उकालो लाग्थ्यो ।
हरेक व्यक्ति, सस्था र विचार आन्दोलहरुका आआफनै प्रकारका इतिहास हुन्छन । आजको सन्दर्भमा इतिहास सम्झनुको कारण पुर्खालाई सम्झनु मात्रै हैन् त्यसवेलाको प्रगतिशील सोच के थियो भन्ने बुझनु पनि हो । यस ७९ वर्षसम्म यससंस्थाका परिकल्पनाकार, संस्थापक, निरन्तर नेतृत्व प्रदान गर्ने व्यक्तित्वको यस घडीमा सम्झनुपर्छ । उहाँहरुको योगदानलाई कदर गरिनुपर्छ, नमन गरिनुपर्छ ।
सत्तासंग बिद्रोही पचाउने अदभूत पाचक हुन्छ । २००४सालमा राष्ट्रिय कंग्रेसका नेता योगेश्वर वैध्य चिसापानी गौडामा अडिटरमा नियुक्ति भएपछि पुस्तकालय शिव प्रसाद बाचपेयीको जिम्मा आयो भने भगवती प्रसाद द्धिवेदीले सन्चालनको जिम्मामा रहे । पर्दापछाडिबाट एसको मूल नेतृत्वमा उध्योगपति वौद्दिक व्यक्तित्व कृष्ण गोपाल टण्डन रहे । योगेश्वर मिश्रको भूमिका फेरिएपछि,राष्ट्रिय कंग्रेसको भूमिका पनि नरहेपछि बाँके बर्दियामा प्रजातान्त्रिक कंग्रेसको सक्रियता बढ्यो । उनीहरुले पुस्तकालयलाई महत्व दिनुभन्दा राजनीति र किसान आन्दोलनमा जोड दिए । तब पुस्तकलय नेतृत्वमा वैचारिक अभिभावकत्वको अभाव रह्यो ।
मिश्रपछि पुस्तकालयका अध्यँक्षमा, ओमकारमल खेतान, केदारनाथ ठण्डन, कन्यैयालाल टण्डन र हालका अध्यक्ष बलराम प्रसाद यादव रहे । हामीले यस संस्थाको चर्चा गर्दा महाबीर प्रसाद गुप्ता, भगवति प्रसाद द्धिवेदी, तिर्थमान श्रेष्ठ, सचितानन्द चौवेलाइ सम्झन जरुरी छ । सरकार फेरिँदै गए, समाजको बनोट फेरिँदै गयो । चेतनाका स्तर फेरिँदै गयो । सत्ताको बक्रदृष्टि पुस्तकालय प्रति रहने नै भयो । एकपटक १६, १७ साल तिर त बडाहाकिम पनि पुस्तकालयका केही समय नेतृत्वमा रहन पुगे । संसदिय प्रजातन्त्रको समयमा किन बडाहाकिम पुस्तकालयको अध्यक्ष बन्न पुगे र प्रेम पुस्तकालयको मौलिक नाम महेन्द्र पुस्तकालय नामाकरण भयो भयो जिज्ञाशुका प्रश्न बन्न सक्लान ।
हाल कार्यकारी नेतृत्वमा ३०का दशकदेखीनै सचिवमा रहेका सनत रेग्मी नेपालका चर्चित साहित्यकार हुँन । उनी केही समयकालागी प्रज्ञा प्रतिष्ठानमा पुग्दा भने कार्यकारिणीमा रहेनन् ।
ट्रेडमार्कमा मात्रै रहेको पुस्तकालयले नयाँ रुप र अवस्था भने १७ कार्यसमितिले पायो । शक्ति र आग्रहका टकराहट, परिस्थितिको उपज, वाध्यताका अवस्थाबीचमा शैक्षिक क्षेत्रका अनुभवी पूर्व प्रधानअध्यापक बलराम यादवको नेतृत्वमा पुस्तकालय पुनरजीवन पायो । यो टिम धन्यवादको पात्र छ । भौतक अवस्थाको विकास गर्नु र पुस्तकालयको मौलिक चरित्रको लयमा फर्काउन उहाँको टिमलाई श्रेय जान्छ । यसकालागी प्राज्ञ सनत रेग्मी, डा हरि तिमल्सिजना, सचिव मणि अर्याल र उपाध्यक्ष पंकज श्रेष्ठ सम्मानका हकदार हुँन । समाज जागृत बन्यो, हामीहरु पनि सहयोगी बन्यौ ।
१.सफलता पछिको चुनौती सफलता सधैँ नयाँ चुनौती लिएर आउँछ । नेतृत्वमा पुगेको मानिसले पहिलाको समीक्षा, उपलब्धिलाई सुरक्षित मात्र राख्ने होइन, नयाँ परिस्थिति, नयाँ प्रवृत्ति र नयाँ पीढीको चेतनालाई बुझेर आफूलाई पुनः प्रमाणित गर्नुपर्छ । विशेषतः शैक्षिक तथा प्राज्ञिक संस्थाहरूमा जस्तै पुस्तकालयमा पनि नेतृत्वको सफलता स्थायी हुँदैन; समयको गति बुझ्न नसक्नेबित्तिकै त्यो सफलता निरर्थक बन्न जान्छ । आजको संसार ज्ञान, सूचना र प्रविधिको अकल्पनीय परिवर्तनको तिब्र गतिमा छ । यस्तो अवस्थामा पुस्तकालयका नयाँ नेतृत्वका अगाडि उठ्ने प्रश्नहरू सामान्य हुँदैनन । ती सभ्यता, विज्ञान र भविष्यबारेका जटिल चिन्तनसँग जोडिएका हुन्छन । नयाँ हुँन नयाँ देखिनु मात्रै हैन चिन्तन पनि युगिन हुँनैपर्छ ।
२. ज्ञानका माध्यमको रूपान्तरणः पुस्तकालयको परम्परा र डिजिटल युगसम्म इतिहासमा पुस्तकालय ज्ञानको केन्द्र थियो । पुस्तक पढ्नु, नोट लिनु, शान्त वातावरणमा अध्ययन गर्नु—यहि नै ज्ञान प्राप्तिको मूल संरचना थियो । त्यहाँ वाचनालयत त्यसको गहनै हुन्छ । वाद,विवाद,संवाद र मिर्शको थलोले मान्छेलाई नित्य नयाँ बनाउछ । पुराना ज्ञान र विश्वासलाई झन धारिलो र परिस्कृत बनाउछ नै । अब भने माध्याम फेरिएका छन र अर्थ पनि । इन्स्टाग्राम, युट्युब, टिकटक, एआइ च्याटबोट, अनगिन्ति डिजिटल आर्काइभलाई समाहित गर्ने इन्टरनेट–संस्कृतिले ज्ञान प्राप्तिको माध्यमलाई फेरिदिएको छ । अब मानिस जानकारी खोज्दैन—जानकारी मानिसलाई आफैं पछ्याउँछ । अल्गोरिद्मिक सिफारिसले उसको रुचि ठोस बनाइदिन्छ भने कहिलेकाहीँ संकुचित पनि पारिदिन्छ । यस कारण पुस्तकालयलाई प्रतिस्पर्धा अब भौतिक संस्थाहरूसँग मात्र होइन, डिजिटल ध्यान–अर्थतन्त्रसँग पनि गर्नुपर्छ । त्यसैले नेतृत्वले सोध्नैपर्ने प्रश्न यिनै हुन— पुस्तकालय केवल किताब राख्ने ठाउँ हो कि ज्ञान–अनुभूतिको प्रांगण ? युवालाई डिजिटल युगले टुक्र्याएको ध्यानलाई कसरी पुस्तकालयले पुनः समेट्ने ? पुस्तकालय कसरी “स्थान” मात्र नभई “अनुभव” बन्न सक्छ ?
३. जेनजी र ज्ञान–मनोविज्ञानः विज्ञान, गणित र त्यसपछिको संसारः डिजिटलयुगमा जन्मिएको, हुर्किएको, संवाद गर्ने पीढीलाई विज्ञान र गणितमा अत्यधिक केन्द्रित भएर अरू विषय—दर्शन, इतिहास, मानवशास्त्र, साहित्यलाई कम प्राथमिकता दिन्छ । उनीहरूको समस्या रुचि नभएको होइन; प्रस्तुतीकरण र प्रसङ्गको कमी हो । विज्ञान सिकाउने शैली तथ्यात्मक र गणितीय भने इतिहास, समाजशास्त्र र साहित्य पढाउने शैली अझै कण्ठकुरामा अडिएको छ । जेनजीलाई आकर्षित गर्न पुस्तकालयले यी विषयहरू यसरी प्रस्तुत गर्न सक्छ—विज्ञान–मानव सभ्यता सम्बन्धित प्रदर्शनी (जस्तैः “बिग–ब्याङदेखि बौद्ध दर्शनसम्म” वा “न्युटनदेखि एआए सम्म”) विषय–संकरित पुस्तक–क्लबः जहाँ एकै बैठकमा विज्ञानको खोज र समाजको प्रभाव दुवैको विश्लेषण हुन्छ । इण्टरएक्टिभ लर्निङ स्पेसः जसले पुस्तक पढ्नलाई ‘अनुभव’ बनाउँछ—केवल पाठ होइन । जेनजीलाई चाहिएको कुरा विषयवस्तु होइन—सन्दर्भ र अनुभूति हो ।
४. विज्ञान र मानव सभ्यताको समाइने बिन्दुः पुस्तकालयको नयाँ भूमिका विज्ञानले कसरी चल्छ ? भन्ने सिकाउँछ, सभ्यताले किन चल्छ? भन्ने सिकाउँछ । यी दुईको समन्वय—यही नै आजको ज्ञान–युगको केन्द्र हो । पुस्तकालयले यसको मन्थन गराउने पाँच आधारभूत कार्य गर्न सक्छ— १.विज्ञान–दर्शन संवाद २.जस्तै “जलवायु परिवर्तन—विज्ञान, राजनीति, अर्थतन्त्र र साहित्य” एकै फोल्डरमा ३.युवा शोध–मञ्च । जसले अनुसन्धानलाई मात्र होइन, प्रश्न उठाउने क्षमतालाई पनि प्रोत्साहित गर्छ । ४.सभ्यता अध्ययन हल जहाँ इतिहास, भूगोल, पुरातत्व, धर्मदर्शन, टेक्नोलोजी सबैको सम्बन्ध देखाइन्छ । ५.विज्ञान–कला परियोजनाल् जहाँ एआई कलादेखि खगोलशास्त्रसम्म एउटै कार्यक्रमभित्र छलफल हुन सक्छ । पुस्तकालयले विज्ञान र मानवताको पुल बन्न सक्दा—त्यो केवल पुस्तक राख्ने संरचना हुँदैन; त्यो सभ्यताको प्रयोगशाला बन्छ । ५. एआइ पुस्ता र पुस्तकालयः प्रतिस्पर्धा होइन, सहयात्रा हुँनुपर्छ । एआईको युगमा युवाले च्याटबोटबाट नोट पनि बनाउँछन्, सारांश पनि निकाल्छन्, समस्या पनि समाधान गराउँछन् । यस्तो अवस्थामा पुस्तकालय किन आवश्यक ? किनकि पुस्तकालय गहिरो सोचको अभ्यास गराउँछ, जुन एआई दिन सक्दैन। पुस्तकालय समूह–विमर्श र मानव–मानव सम्बन्ध बनाउँछ । पुस्तकालय साँचो स्रोत प्रदान गर्छ—एआई कल्पना गर्न सक्दैन । किनकि पुस्तकालय मानसिक एकाग्रता बनाउने एकमात्र सुरक्षित स्थान हो । एआई पुस्तालाई आकर्षित गर्न पुस्तकालयमा निम्न नवीनता ल्याउन सकिन्छ— एआई कर्नर, डिजिटल–आर्काइभ र स्क्यान–स्टेशन, थीमेटिक लर्निङ, एआई सहयोगी पुस्तक खोज प्रणाली । एआईलाई निषेध गर्ने होइन—पुस्तकालयसँग एकीकृत गर्नुपर्छ । ब्क्ष् + ीष्दचबचथ = ब्गनmभलतभम प्लयधभिमनभ ऋगतिगचभ
६. बौद्धिक विमर्शको संकट र निरन्तरता
आज सबै प्लेटफर्म आवाजका लागि बनेका छन्—विचारका लागि होइन । बौद्धिक विमर्श चलाउने परम्परा कमजोर हुँदै गएको छ । यसको कारण—सतही डिजिटल संवाद, ध्यान–अर्थतन्त्र, राजनीति–समाजको क्षयशील बहस संस्कार,युवामा सहनशीलता र गहिरो अध्ययनको कमी, पुस्तकालयले यसलाई उल्ट्याउन सक्ने शक्तिशाली साधनहरू छन्— नियमित थीम आधारित बहस, सत्रः पुस्तकले समाजलाई कस्तो बदल्छ ? संवाद–शृङ्खलाः युवा, नीति र ज्ञान । युवालाई बोल्ने मौका दिनुपर्छ—सुनाउने मात्र होइन । विमर्श जारी राख्न पुस्तकालय नै सबैभन्दा तटस्थ र ज्ञानमूलक थलो हो । ७. बजारवाद बनाम प्राज्ञिकताः आधुनिक द्धन्द्व र समाधान आज ज्ञान–संस्कृति बजारले निर्देशित गर्छ ।
कसरी ? प्रकाशन उद्योग ‘युट्युब–स्टाइल’ सामग्रीतिर लाग्छ । मूल पूतक हैन् गाइडले बजार लियो । किताब बिक्री विगतको तुलनामा कठिन भयो । । शैक्षिक संस्थाहरू करियर–केन्द्रित मात्रै भए । स्किल, सर्टिफिकेट, डिग्री—सबै बजारको भाषामा भएपछि प्राज्ञिकता—विचार, ज्ञान, अनुसन्धान—बजारले नाप्न सक्दैन । यहीँबाट द्धन्द्व सुरु हुन्छ । पुस्तकालय यो द्धन्द्व समाधान गर्ने ‘तटस्थ क्षेत्र’ हुन सक्छ— १.जसले विचारलाई नाफाभन्दा माथि राख्छ । २.जसले ज्ञानलाई वस्तु होइन, मूल्य बनाउँछ । ३.जसले पठन–संस्कृति पुनर्जीवित गर्छ । ४.जसले युवालाई सोच्न सिकाउँछ—मात्र पढ्न होइन । प्राज्ञिकता र बजारवाद सधैँ एकआपसका मित्र बन्ने स्वभावै रहेन । जब ज्ञान बजारसंग हार्दै गयो, राजनीतिक सत्तानै कब्जा गर्दै गयो ।
८. निष्कर्षः पुस्तकालय—भविष्यको सभ्यताको उर्वरक्षेत्र नयाँ नेतृत्वका हातमा पुस्तकालय केवल एक संस्थागत जिम्मेवारी होइन—भविष्य निर्माणको अवसर पनि हो । ज्ञानको रूप फेरिएको छ । सोच बद्लिएको छ । प्रविधिले संसार रूपान्तरण गरेको छ । ध्यानको संरचना नै फेरिएको छ यस्तो समयमा पुस्तकालयले आफूलाई रूपान्तरण र्न सके— मानव सभ्यताको दीर्घकालीन स्मृति र भविष्यका विचारको कारखाना बन्न सक्छ । यही बुझेर अघि बढ्ने नेतृत्वले मात्र आजको चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ । पुस्तकालयले विज्ञान, सभ्यता, दर्शन, इतिहास, एआइ, र मानवीय संवेदनालाई एउटै प्लेटफर्ममा ल्याएर ज्ञान–संस्कृतिको नयाँ युग सुरु गर्न सक्छ । नत्र ट्रेडमार्क त रहन सक्ला समयको गति भने पछयाउन सक्ने छैन ।
