For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक

byDainik Nepalgunj
November 21, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक
Share on FacebookShare on Twitter

बाँकेमा महानगरका लागि एकीकृत योजना आवश्यक रहेको औंल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको अग्रसरता ११औं धारा नेपालगन्ज म्याराथनको सन्दर्भमा आयोजना गरिएको महानगर–एक सपना, उदाउँदो सहर र पुरानो सहर जोड्ने बहसमा सहभागीहरूले बाँकेको समग्र विकासको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा बाँकेको एकीकृत विकासका लागि नेपालगन्ज र कोहलपुरका जोडिएको विषय तथा जोड्नु पर्ने विषयमा चर्चा गरिएको थियो । पत्रकार झलक गैरेले सहजीकरण गरेको बहसका मुख्य वक्ता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले महानगर आवश्यकताका आधारमा बन्ने र त्यसका लागि भौगोलिक र आर्थिक रूपमा मात्रै नभई नागरिकहरूको मनोभावना पनि एक हुनुपर्ने धारणा राखेका थिए । कतिपय वक्ताहरूले खेलले नेपालगन्ज र कोहलपुरलाई जोड्न सक्ने बताएका छन् ।

धारा नेपालगन्जको प्रि इभेन्टका रूपमा आयोजना गरिएको बहसमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले विगतमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नेपालगन्ज–कोहलपुर, दाङ्गमा घोराही–तुलसीपुर, रूपन्देहीमा भैरहवा–बुटवल जोडेर महानगरपालिका बनाउने विषय अगाडि बढाएको बताए । उनले त्यसपछि महानगरको बहस सुरु भएको र तत्कालीन कोहलपुर नगरप्रमुख लुट बहादुर रावलको महानगर बनाउने अभिव्यक्तिको कोहलपुरले अपनत्व लिन नसकेको बताए ।

महानगर बनाउने विषय आर्थिक र भौगोलिक मात्रै नभई पहिचान, राजनीतिक र सांस्कृतिक विषय पनि भएको कोहलपुर नगर प्रमुख आचार्यले धारणा राखे । उनले भने, ‘आर्थिक र भौगोलिक एकताले मात्रै महानगर सम्भव हुँदैन, आम जनताले पनि त्यसलाई स्वीकार गर्नुपर्छ ।’

कोहलपुर नगर प्रमुख आचार्यले निर्वाचित भएर आएपछि नेपालगन्ज उपमहानगरपालिकालाई नै आफुले प्रतिस्पर्धी देख्दै आएको बताए । ‘कोहलपुरका लागि अवसर र चुनौति नेपालगन्ज नै हो, स्वभाविक रूपमा रचनात्मक प्रतिस्पर्धीका रूपमा नेपालगन्जलाई लिएका छौं’, उनले भने ।

कोहलपुर नगर प्रमुख आचार्यले राज्य पुनर्संरचनाले नेपालगन्जलाई अत्यन्तै कमजोर बनाएको बताएका थिए । उनले त्यसको असर कोहलपुर पनि परेका बताए । उनले कोहलपुरमा भैरहेको बसाईसराई, तिव्र वृद्धिले कोहलपुर नेपालगन्ज भन्दा अघि बढ्न सक्ने सम्भावना समेत औंल्याएका थिए ।

उनले पछिल्लो समय नयाँ सहरहरूले पुराना सहरलाई उछिनेको उदाहरण दिंदै कोहलपुरले पनि त्यो सम्भावना बोकेको धारणा राखेका थिए । कोहलपुर नगर प्रमुख आचार्यले बाँकेमा मेघा सिटी कसैले रोकेर भने नरोकिने बताएका थिए । उनले त्यसका लागि निश्चित मापदण्ड रहेकाले त्यो पुरा गरेर अगाडि बढ्न सकिने धारणा राखेका थिए । उनले ती मापदण्ड पूरा गरेर अगाडि बढेमा बाँकेबासी महानगरका लागि अवरोधक हुन्छन् भन्ने नलाग्ने बताएका थिए । आचार्यले नागरिक स्तरमा महानगरको बहस आवश्यक रहेको समेत धारणा राखेका थिए । उनले कोहलपुरमा कार्यालय सारिदा होस् वा योजना जिल्लामा ल्याउने कुरा होस् त्यसमा हुने विरोधले नागरिकमा एकता नदेखिएको आशय व्यक्त गरेका थिए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले महानगर भविष्यको सपना रहेको उल्लेख गर्दै हाल उपमहानगरपालिका पहिले उपमहानगरपालिका जस्तो र नगरपालिकालाई नगरपालिका जस्तो बनाउन आवश्यक रहेको बताए । उनले नेपालगन्जलाई उपमहानगरपालिका बनाउँदा जोडिएका क्षेत्र र कोहलपुरलाई नगरपालिका बनाउँदा जोडिएको क्षेत्रको अवस्था पनि सुधारेर मात्रै महानगरको दिशामा अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । नगर प्रमुख विष्टले तत्कालीन समयमा जोशका साथ राजनीतिक हिसाबले निर्णय गरिंदा तत्कालीन जोडिएका गाविसहरूको अवस्था अहिले पनि पछाडि नै रहेको बताएका थिए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज भन्ने बित्तिकै सहरी क्षेत्र र कोहलपुर भन्ने बित्तिकै सहरी क्षेत्र र केही वडाको अवस्था मात्रै हेरिन नहुने बताएका थिए । उनले नेपालगन्ज उपमहानगरपालिका शैक्षिक, स्वास्थ्य, हवाई क्षेत्रका हिसाबले अगाडि रहेपनि उपमहानगर बनाउनका लागि जोडिएका वडामा उपमहानगर जस्तो सेवा, सुविधा प्रवाह हुन नसकेको स्पष्ट पारेका थिए ।

नगर प्रमुख विष्टले विगतमा डुडुवा, खजुरा, जानकी र कोहलपुर स्थानीय जोडेर महानर बनाउने बहस भएको बताए । उनले महानगर बनाउन पूर्वाधार पनि सोही अनुसार हुनुपर्ने धारणा राखे ।

‘महानगर सपना हुनसक्छ, अहिले नै हुन्छ भन्ने होइन ?’, उपमहानगरपालिकाका प्रमुख विष्टले भने, ‘नेपालगन्ज र कोहलपुरका वडाहरू अपग्रेड गर्न बाँकी नै छ ।’ उनले महानगर भविष्यको आवश्यकता भएको समेत उल्लेख गरेका थिए ।

नगर प्रमुख विष्टले खेलकुद, कला, संस्कृतिक एकतालाई कुनै भावनाले नछुने उल्लेख गर्दै कोहलपुर– नेपालगन्ज जोड्ने कार्यको सुरुवात खेलबाट गर्न सकिने बताएका थिए । उनले कोहलपुरमा क्रिकेट खेल र नेपालगन्जमा फुटबल खेल आयोजना गरी नागरिकलाई जोड्ने कार्य त्यसबाट सुरुवात गर्न सकिने र त्यसका लागि बजेट समेत विनियोजन गर्ने बताएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले महानगरका लागि एकीकृत विकासका योजना आवश्यक रहेको धारणा राखेका थिए । उनले त्यसका लागि माष्टर प्लान बनाएर अगाडि बढ्न उचित हुने बताए । हाल उपमहानगरपालिकाको आन्तरिक स्रोत बलियो नभएकाले केन्द्रको भर पर्नु परेको उल्लेख गर्दै पहिले उपमहानगरपालिकालाई उपमहानगरपालिका र नगरपालिकालाई नगर पालिका जस्तो बनाउन आवश्यक रहेको औंल्याए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीले खेलले देशलाई जोडेको बताएका थिए । उनले नेपालगन्ज बाँके जिल्लाको अभिभावक भएको उल्लेख गर्दै धार्मिक सर्किटको कुरा गरे जस्तै खेल सर्किटको कुरा गर्नुपर्ने बताए । उनले महानगर बनाउन मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

पूर्व खेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले नेपालगन्जको सम्भावना औंल्याउँदै महानगर यात्रा कसैले रोकेर नरोकिने धारणा राखेका थिए ।
पर्यटन क्षेत्रका श्रीराम सिग्देलले कोहलपुरमा क्रिकेट मैदान र नेपालगन्जमा फुटबल मैदान रहेको भन्दै त्यसको मर्मतसम्भारका लागि नेपालगन्ज र कोहलपुरले कहिले बजेट छुट्याउँछ भनि प्रश्न गरेका थिए । उनले बाँकेमा रहेको निकुञ्ज र नेपालगन्ज विमानस्थललाई सम्भावनाको रूपमा औंल्याएका थिए ।
सुरेन्द्रदिप कार्कीले नेपालगन्जमा मिल्दा अस्तित्व मेटिन्छ भन्ने साइकोलोजी परिवर्तन हुन आवश्यक रहेको बताएका थिए । त्यस्तै, पत्रकार कमल खत्रीले खेलले एकसुत्रमा बाध्न सक्ने बलियो माध्यम भएपनि बाँकेमा खेलको नेतृत्व गर्नेहरूले पालिकाहरूलाई वेवास्ता गरेको बताएका थिए । वीरेन्द्र यादवले खेल भावना जोड्ने माध्यम हुनसक्ने बताए । जिनु हकले अवधी संग्राहलयको आवश्यकता औंल्याए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले पालिकावाइज बाँडिएको र बाँकेबासी हुन नसकेको धारणा राखे । उनले विकासको एकसुत्रमा बाँधिएर पूर्वाधार विकास हुनुपर्ने बताएका थिए ।
कृष्णा पाठकले बाँकेमा रहेको खेल मैदानको संरक्षण हुनुपर्ने बताइन् भने मब क्याम्पसका स्ववियु सभापति केशर जंग शाहले मब क्याम्पसको पहिचान घटेको हो भन्ने प्रश्न तेस्र्याएका थिए ।
पवन आचार्यले सञ्चालन गरेको कनक्लेवमा स्वागत नेपालगन्ज धारा म्याराथनका अध्यक्ष टिएस ठकुरीले गरेका थिए ।
विहीवारनै देश जोड्ने खेलकुद शिर्षकमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री, हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिना र नेपाल रन युकेका संस्थापक सन्तोष राईसँग महिला राष्ट्रिय क्रिकेटकी पूर्व उप–कप्तानसमेत रहेकी सञ्चारकर्मी ममता थापाले संवाद गरिन् ।
नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रूपमा सहभागि हुन महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आइपुगेका छन् ।
आज शुक्रवार जेनजी विद्रोहपछिको नेपाल ः अन्योल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिसाप विषयमा बहस र छलफल गरिने आयोजकले जनाएको छ ।

Previous Post

पुस्तकालय,चुनाव र चुनौती

Next Post

महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

Next Post
महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घट्यो

    बाँकेमा ८० एचआइभी संक्रमित थपिए

    December 1, 2025
    घरायसी काम न मूल्य न सम्मान

    घरायसी काम न मूल्य न सम्मान

    November 30, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    आज पनि बढ्यो सुनचाँदीको भाउ

    November 30, 2025
    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    November 30, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version