शेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गर्दा नेपालगन्जमा नयाँ ब्रोकर कार्यालय सञ्चालनमा आएको छ । शेयर बजारको दायरा बढाउने उद्देश्यका साथ आफ्नो कार्यालय बिस्तार गरेको प्राइमो सेक्युरिटीज प्रा.लि.ले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार बाँके, बर्दियाका लगानीकर्ताहरूलाई एकै थलोमा राखेर ब्रोकर कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिएको प्राइमोले शेयर बजारबारे खुला संवाद पनि आयोजना गर्यो । जहाँ शेयर बजारका जानकारदेखि जिज्ञासु सम्मले आफ्ना कुरा राखे र अन्तरक्रियात्मक संवाद आयोजना गरियो । कार्यक्रममा प्राइमो सेक्युरिटीजका अध्यक्ष विजय बहादुर शाहले बजारको सम्भावना अध्ययन गरेर आफ्नो शाखा सञ्चालनमा ल्याएको जानकारी दिंदै बाँके, बर्दियाले साथ दिने विश्वास व्यक्त गरे ।
सहभागी लगानीकर्ताहरूसँग अन्तरक्रियात्मक संवाद गर्दै प्राइमोका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले आफ्नो कम्पनीदेखि शेयर बजारसम्मका तमाम विषयवस्तुमा कुरा राखेका थिए ।