For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आठौं मेयर कपमा अच्युत खरेललाई उपाधि, एमटिबी भेट्रान हिरो बने धम्बोझीका दिपक मल्ल

byDainik Nepalgunj
December 7, 2025
in News, Sports, मुख्य समाचार
0 0
0
आठौं मेयर कपमा अच्युत खरेललाई उपाधि, एमटिबी भेट्रान हिरो बने धम्बोझीका दिपक मल्ल
Share on FacebookShare on Twitter

हरेकका लागि सहज तर, नेपालगन्जले मौलिकता विर्सन खोजेको साइकल यात्रालाई फर्काउने गरि नेपालगन्ज शनिबार बिहान साइक्लिङ्गको उत्साहले झनझन् धड्किएको थियो ।

आठ वर्षदेखिको यो निरन्तर पहल र प्रयासलाई नेपालगन्जले आफ्नो मौलिक सवारी साधन साइकल हो भन्ने कुरा सम्झाउन गरिरहेको सफलता शनिवार आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा पनि देखिएको हो । जुन उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेर सबैको ध्यान आफूतर्फ ताने । एमटिबी पुरुष ३६ किलोमिटर दुरी उनले १ घण्टा २ मिनेट ४० सेकेण्डमा पार गर्दै च्याम्पियन बने र नगद २५ हजार सहित सम्मानित भए ।

सातौमा प्रथमलाई ५० हजार पुरस्कार राखिएको थियो । जेनजी आन्दोलनले गर्दा यसपाली पुरस्कार राशी घटाइएको हो । आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले देशभरमै साइकलको प्रतियोगिता नभएका बेला आफूहरूले प्रतियोगिता गरेर साइकल खेलाडीलाई हौसला थपेको बताए । आउँदा दिनमा पुनः पुरस्कार बढ्ने उनको विश्वास छ ।

विजेता खरेललाई उही गति र जोशका साथ पछ्याएका नेपाल आर्मीका मुकेश थारुले १ घण्टा २ मिनेट ५७ सेकेण्डमा फिनिस गर्दै दोस्रो भए । उनले १५ हजार प्राप्त गरे भने बाँकेका देब बोहोराले तेस्रो स्थान हासिल गर्दै १० हजार पुरस्कार लिए । ३६ किलोमिटरको एमटीबी खुल्ला दौडमा राष्ट्रिय खेलाडीसहित १९ जनाले प्रतिस्पर्धा गरे ।

एमटिबी भेट्रान २५ किमीमा बाँकेकै खेलाडी, नेपालगन्ज धम्बोझीका दिपक मल्ल पहिलो बने । अशोक दिक्षित र थोमेश बहादुर बोहरा क्रमशः दोस्रो र तेस्रो भए । तिनै विजेताले १५ हजार, १० हजार र ७ हजार हात पारे ।

एमटिबी महिला १६ किलोमिटरमा बाँकेका एसी श्रेष्ठ शीर्षस्थानमा उक्लिँदा सिता कार्की दोस्रो र बर्दियाकी निशा थारु तेस्रो भए । उनीहरूले क्रमशः २० हजार, १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे ।

नेपालगन्जको परिचयमा पर्याय साधारण साइकलतर्फ पुरुष २५ किमीमा बाँकेका विनोद यादवले बाजी मारे । जुगल थारु र लिखन प्रसाद थारु क्रमशः दोस्रो र तेस्रो भए । यस्तै साधारण साइकल महिला १६ किमीमा सुमन बर्माले पहिलो स्थान जितिन् । समिता थारु र मिना कुमारी थारुले क्रमशः दोस्रो र तेस्रो स्थान सुरक्षित गर्दै १० हजार, ७ हजार र ५ हजारमा चित्त बुझाए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले गरेका थिए । उद्घाटनमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, वडा १२ का अध्यक्ष तरुण बज्राचार्य, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति थियो ।

मेयर कप संयोजक तथा क्लबका उपाध्यक्ष कबिराम बुढाथोकीको स्वागतपछि क्लबका अध्यक्ष सापकोटाले ‘साइकल खेल मात्र होइन, साइकल संस्कृतिको विकास’ का लागि आठ वर्षदेखि क्लब निरन्तर क्रियाशील रहेको बताए ।

प्रतियोगिता नेपालगन्जको विपी चोकबाट सुरु भई धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै सोही रुटबाट पुनः विपी चोकमा समापन गरिएको थियो। उत्साहपूर्ण प्रतिस्पर्धा पछि विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपालगन्ज बिस्तारै आफ्नो ऐतिहासिक विरासत ‘साइकलको सहर’ को पहचानतर्फ उन्मुख हुँदै गरेको अनुभूति सहभागी र दर्शक दुवैले गरेका थिए । ‘हामी साइकल लेनको अनिवार्यमा निरन्तर दबाबमै छौं,’ क्लब अध्यक्ष प्रदीप सापकोटाले दैनिक नेपालगन्जसंग भने, ‘यो आयोजनाले राष्ट्रिय रुपमा जसरी आकार फैलाउँदैछ, त्यसरीनै हाम्रो साइकल आकर्षणलाई विस्तार गरिरहेको छ ।’

अध्यक्ष सापकोटाका अनुसार, प्रतियोगिताको विभिन्न विधामा १ सय ३० बढी महिला, पुरुष खेलाडीहरू सहभागी भए ।

आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सापकोटाले नेपालगन्ज उपमहानगरपालिकाको २ लाख ७५ हजार सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितामा ३ लाख ३५ हजार खर्च हुने जानकारी पत्रकार सम्मेलननै गरेर दिएका थिए ।

नेपालगन्ज साइक्लिङ क्लबले सचेतनामुलक साइकल र्याली, साइक्लिङ कोरा, टुर दि ठाकुरद्वाराजस्ता गतिविधि गर्दै आएको छ । बाँके, बर्दिया जिल्लामा रहेका प्राचीन धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा यसले योगदान दिदै आएको छ ।

(तस्विर : तिलक जिएम/दैनिक नेपालगन्ज)

Previous Post

रनिङ शिल्डको उपाधि गुराँस चाइल्डहुड र मर्निङ स्टारलाई

Next Post

व्यापारी हत्या प्रयास !

Next Post
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

व्यापारी हत्या प्रयास !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

April 4, 2026
‎खजुरामा दोस्रो योगिनी कपको रौनक

‎खजुरामा दोस्रो योगिनी कपको रौनक

April 4, 2026
दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version