For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर

byDainik Nepalgunj
December 11, 2025
in News
0 0
0
खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर
Share on FacebookShare on Twitter

आशा परियार

नेपालगन्ज उपमहानगरपालिका–१ मा पछिल्ला केही वर्षयता हरेक बिहान र साँझ ¥याकेट–कोर्टको आवाजले गुञ्जन्छ । नेपालगन्जलाई खेलकुद हवका रूपमा विकास गर्ने लक्ष्यसहित वडा नम्बर १ ले यहाँ निर्माण गरेको धमबोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा हरेक दिन ¥याकेट–कोर्टको आवाजसहित खेलाडीले समय बिताउँछन् ।

खेलकुदको विकासका लागि लगानी गर्नुपर्छ भन्ने सोचले वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउउँदै गरेको छ । यो वडाले ब्याडमिन्टनमा मात्रै होइन, खेलकुद क्षेत्रका महत्वपूर्ण पाँच वटा पूर्वाधारमा ठूलो लगानी गरेको छ । करिब १ करोड २० लाख रुपैयाँ लगानीमा निर्मत ब्याडमिन्टन प्रशिक्षण केन्द्र वडाको खेलकुद दृष्टिकोण बदल्ने बहाना बनेको छ ।

बाँके जिल्लामा रङ्गशालापछि धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र सबैभन्दा ठूलो र आकर्षण पूर्वाधार भएको स्थानीय टोपबहादुर थापा बताउँछन् । कोभिड–१९ को लकडाउनपछि खेल्न सुरु गरेका थापा नेपालगन्ज–१ मा ब्याडमिन्टन कोर्ट निर्माण भएयता दुई वर्षदेखि नियमित यहीँ अभ्यास गर्न आउँछन् ।

उनका अनुसार ब्याडमिन्टन खेलेपछि शरीरमा फुर्ति, मन प्रफुल्ल र दिनभरि काम गर्न ऊर्जा मिल्छ । “खेल खेल्नुभन्दा अघि दिनभर सुस्तीपना आउँने जागर नलाग्ने शरीरमा सधै थकान हुन्थ्यो तर ब्याडमिन्टन खेल्न थालेपछि जोशसहित शरीर फुर्तिलो हुन थालेको छ”, थापाले सुनाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष टंक धामीले आफू सात वर्षदेखि नियमित रूपमा ब्याडमिन्टन खेल्दै आएको बताए । “कोभिड–१९ को महामारी सुरु भएपछि स्वास्थ्यका लागि ‘युनिटी पावर’ आवश्यक ठानेर खेल्न थालेको हुँ” उनले भने । उनका अनुसार धम्बोझी ब्याडमिन्टन कोर्ट स्थापना भएको दुई वर्ष भइसकेको छ, र त्यसपछि उनी निरन्तर यहीँ प्रशिक्षणका लागि आउँदै गरेका छन् । “ब्याडमिन्टन मेरो दैनिकीजस्तै बनेको छ,” धामीले भने ।

प्रशिक्षण केन्द्रमा हाल ५५ जना शुल्क तिरेर अभ्यास गर्ने खेलाडी छन् भने २० जना खेलाडीलाई वडाले निःशुल्क प्रशिक्षण दिएको छ । प्रशिक्षण केन्द्रको वार्षिक आम्दानी ४ लाख रुपैयाँ, खर्च ३ लाख रुपैयाँ रहेको वडाले जानकारी दिएको छ । साथै चौकीदार र मर्मत–सम्भारका लागि आवश्यक पर्ने १ लाख रुपैयाँ वडाले नै उपलब्ध गराउँदै आएको छ ।

वडाले लगानी गरेको अर्को महत्वाकांक्षी परियोजना हो, एन्फा ग्रासरुट फुटबल स्पोट्र्स एकेडेमी । करिब १ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो मैदानले बालबालिकादेखि युवापुस्तासम्मका खेल प्रेमीहरूका लागि स्थायी प्रशिक्षण स्थलको भूमिका निर्वाह गर्दै आएको छ । पहिले फुटबल खेल्न चाहनेहरूलाई अभ्यासका लागि सहज नभएकामा अब भने प्रशिक्षण, अभ्यास, र टोलीगत गतिविधि सबै एउटै स्थानमा सम्भव भएको छ । यस मैदानले वडालाई मात्र नभई नेपालगन्ज उपमहानगरपालिकालाई पनि फुटबलमैत्री शहरको रूपमा स्थापित गर्न थालिसकेको छ । यहाँ उत्पादन हुने खेलाडीहरू भविष्यमा राष्ट्रिय स्तरमा चुनौती दिने क्षमता राख्ने आशा गरिएको छ ।

वडा कार्यालयले साइकल पम्प ट्र्याकमा पनि ठूलो लगानी गरेको छ । पम्प फर ट्र्याक परियोजनामार्फत करिब ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो संरचना विदेशी सहयोग र स्थानीय लगानीको संयुक्त पहलमा बनेको हो । स्वीस, जर्मनी, अस्ट्रेलियालगायत मुलुकका नागरिकहरूले ४५ लाख रुपैयाँ बराबरको योगदान जुटाएर ट्र्याक निर्माणमा प्रत्यक्ष श्रमसमेत दिए । बाँकी १५ लाख रुपैयाँ वडा र उपमहानगरपालिकाको साझेदारीबाट व्यवस्थापन गरिएको हो । देशभरमा यस्तो पम्प ट्र्याक दुईवटा मात्र छन्, एक काठमाडाँैमा र अर्को नेपालगन्जमा । यही विशेषताले नेपालगन्जलाई वैकल्पिक खेल संरचनाको अद्धितीय केन्द्रका रुपमा उभाएको छ भने युवामाझ नयाँ खेल संस्कृतिको आकर्षकका केन्द्र बन्दै गएको छ ।

त्यति मात्रै होइन वडाले योग भवनमा पनि लगानी गरेको छ । करिब ३५ लाख रुपैयाँ लागतमा बनेको यो भवनले वडामा शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र स्वस्थ जीवनशैलीलाई पनि प्राथमिकताका रूपमा अघि सारेको छ । बिहानैदेखिनै यहाँ योगाभ्यास गर्न आउनेहरूको भीड लाग्छ ।

स्थानीयहरूका अनुसार पहिले योग सिक्ने ठाउँ व्यवस्थित थिएन, जस्का लागी दिनहु अलि टाढा जानुपरेकाले धेरैलाई नियमित अभ्यास गर्न सकस थियो । भवन बनेपछि भने योगप्रेमीहरूका लागि निश्चित तालिका, प्रशिक्षक, र व्यवस्थित कक्षासहित नियमित अभ्यास गर्न सहज भएको छ । “अब भवनभित्र नियमित कक्षा हुन्छ, वातावरण अनुकूल हुँदा शरीर–मन दुवै हलुका महसुस हुन्छ ।” योग अध्यासमा आएका आनन्दप्रकाश महपालले भने । उनका अनुसार नेपालगन्जका अन्य वडामा तुलनामा वडा नम्बर १ मा खेल र स्वास्थ्यप्रति गरिएको लगानी प्रष्ट देख्न सकिन्छ ।

त्यसैगरी वडाले १० लाख रुपैयाँमा निर्माणाधीन ओपन जिम पनि अर्को वैकल्पिक खेल संरचनाका रूपमा अघि सारेको छ । हाल अन्तिम चरणको काम भइरहेको यो जिमले युवा र स्वास्थ्यप्रेमीहरूका लागि बाहिरी खुला ठाउँमै व्यायाम गर्ने वातावरण तयार गर्दैछ । पहिले नेपालगन्ज–१ मा यस्तो जिम सुविधा थिएन । बिहान वा बेलुका दौडधूप गर्न आउने स्थानीयले सामान्य स्ट्रेचिङ्ग र क्यालिस्टेनिक व्यायाम खुला ठाउँमै गर्थे । तर अब जिम उपकरणहरू, आधारभूत फिटनेस संरचनासहितको खुला जिम तयार हुँदैछ । ओपन जिमले युवालाई स्वस्थ, व्यस्त र सकारात्मक गतिविधिमा संलग्न गराउनेछ, र वडामा ‘फिजिकल फिटनेस’ संस्कृतिलाई अझ व्यवस्थित रूपमा स्थापित गर्ने वडाको अपेक्षा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१ का अध्यक्ष रिजाल वडालाई खेलकुदको हवका रूपमा विकसित गर्ने लक्ष्यसहित विभिन्न परियोजना अघि सारिएको बताउँछन् । उनका अनुसार नेपालगन्ज–१ विगतदेखि खेल प्रतिभाको आधारभूमि रहँदै आएको वडा हो, जहाँबाट भलिबल, फुटबल, टेबलटेनिस, उसुलगायत विभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी उत्पादन भइसकेका छन् ।

अध्यक्ष रिजालले भने, “युवाहरू केही हदसम्म दुव्र्यसनतर्फ आकर्षित हुने अवस्था देखिन्थ्यो । स्वस्थ नागरिक उत्पन्न भए मात्र देशदेखि समाजसम्म सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ भन्ने बुझेर हामीले खेल क्षेत्रलाई प्राथमिकतामा राख्यौँ ।”

उनका अनुसार नयाँ खेलाडी उत्पादन, बालबालिकामा खेलप्रति चासो जगाउने, र उनीहरूलाई पेशागत खेलकुद यात्रातर्फ प्रेरित गर्ने उद्देश्यले वडाले ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरेको हो । योग भवन निर्माणको कारणबारे उनले थपे, “महिलादेखि पुरुष सबै तनावपूर्ण जीवनबाट मुक्ति चाहन्छन् । स्वास्थ्य र मानसिक सन्तुलन दुवैका लागि योग अपरिहार्य भएकाले हामीले व्यवस्थित योग भवन बनायौँ ।”

वडामा निर्माण भइरहेको खुला जिमको आवश्यकता उनले नियमित ‘मनिङ वाक’ गर्ने भीडसँग जोड्दै बताउँछन्, “वाटर पार्क क्षेत्रमा दैनिक २–३ सय नागरिक बिहानै व्यायामका लागि आउने गर्छन् । उनीहरूलाई थप सुविधा दिनकै लागि खुला जिम निर्माण सुरु गरेका हौँ,” उनले भने ।

खेल संरचनाको विस्तारबारे अध्यक्ष रिजालले जानकारी दिँदै भने, “२६ कठ्ठा जग्गामा हामीले फुटबल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, सफ्ट टेनिस कोर्ट निर्माण गरिसकेका छौँ । एन्फा ग्राउन्डमा कार्यालयसहितको भवन पनि निर्माण भइसकेको छ ।”

दक्षिण एसियामै काठमाडौंपछि दोस्रोपटक नेपालगन्जमा बनेको पम्प ट्र्याक वडाको खेल संरचना विकासको अद्वितीय उदाहरण हो । “हाम्रो उद्देश्य स्पष्ट छ वडा नम्बर १ खेलकुदका सबैखाले संरचनासहितको नमूना हवका रूपमा स्थापित गर्ने,” अध्यक्ष रिजालको भने ।

नेपालगन्ज उपमहानगरले आर्थिक वर्ष २०८०÷८१ मा वडा नं। १९ मा १० लाख रुपैयाँ लगानीमा फुटबल मैदान निर्माण गरेको छ । उसले खेलकुद पूर्वाधारका लागि आव २०८०÷८१ मा ३५ लाख बजेट विनियोजन गरिएको थियो, जसमा १९ लाख ६२ हजार ८७३ रुपैयाँ ६० रुपैयाँ खर्च भएको थियो ।

आव २०८१÷८२ मा पनि खेलकुद पूर्वाधारका लागि ३५ लाख विनियोजन गरिए पनि खर्च १६ लाख ३८ हजार ६ सय ६० रुपैयाँ खर्च भएको थियो । उक्त आव २०८२÷८३ मा खेलकुद पूर्वाधारका लागि कुनै छुट्टै बजेट विनियोजन गरिएको छैन । आवश्यक परेमा अन्य भौतिक संरचना निर्माण, मर्मत–सम्भार तथा रङरोगनका लागि छुट्याइएको १ करोड रुपैयाँको कोषबाट नै खर्च गर्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार स्वास्थ्यका लागि नियमित शारीरिक व्यायाम र खेलकुद अपरिहार्य छन् । “शारीरिक व्यायामलाई खेलकुदसँग जोड्न सकेनौँ भने स्वस्थ रहन सकिँदैन,” उनले भने । उनका अनुसार शरीरका मांसपेशीदेखि अंग–प्रत्यङ्गसम्मलाई तन्दुरुस्त राख्न व्यायाम अनिवार्य छ ।

“क्यान्सर, मुटुसम्बन्धी समस्या, रक्तचाप, सुगर जस्ता प्राणघातक तथा दीर्घरोग रोकथामका लागि पनि नियमित व्यायाम आवश्यक हुन्छ । नसर्ने रोगको जोखिम घटाउन खेलकुद र शारीरिक सक्रियताभन्दा प्रभावकारी उपाय अर्को छैन”, उनी भन्छन् ।

Previous Post

लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

Next Post

खजुरामा भोलिबाट रनिङशिल्ड : आठौं खजुरा मेयरकप रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा

Next Post
खजुरामा भोलिबाट रनिङशिल्ड : आठौं खजुरा मेयरकप रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरामा भोलिबाट रनिङशिल्ड : आठौं खजुरा मेयरकप रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version