बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित जमुनाह क्षेत्रमा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दैलेख आठविसकोट नगरपालिका–४ निवासी मनोज माझीको साथबाट ४० मिलिग्राम ब्राउन सुगर जस्तो खैरो पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी सल्यान शारदा नगरपालिका–७ निवासी भुवन रेउलेको साथबाट ८९० मिलिग्राम ब्राउन सुगर जस्तो खैरो पदार्थ तथा ट्रामाडोल ६ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।






























