आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

जिल्ला अदालत बाँकेको आदेश बमोजिम सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको सञ्चालक समिति गठन गर्न माग गर्दै दोस्रो दिन बुधबारपनि संघर्ष समितिका संयोजक वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता आमरण अनसनमा रहेका छन् ।

आमरण अनसनमा रहेका अधिवक्ता गुप्ताले आश्वासनले मात्रै आमरण अनसन नतोड्ने बताएका छन् । अनसनका कारण गलेर सुतिरहेका गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘ठोस निर्णय नहुँदासम्म अनसन रोक्दिन ।’

मंगलबार संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले माग पूरा गर्नका लागि आफ्नो तर्फबाट प्रतिबद्ध रहेको जनाउँदै आज वा भोलि विभागबाट पत्र आउने बताएका थिए । यद्यपि, बुधबार साँझसम्म पत्र आए, नआएको आफुले जानकारी नपाएको गुप्ताले बताएका छन् ।

सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता आफ्नो बचत रकम फिर्ताका लागि संघर्ष गर्न थालेको ६ बर्ष बितिसकेको छ ।

सहकारी वित्तीय संस्था नेपालगन्जमा बचत गरेको ३५ करोड ८५ लाख ९१ हजार १ सय १३ रूपैयाँ अपचलन भएको थियो । उक्त मुद्दामा सञ्चालक समितिका १९ जनाबाट तत्काल बिगो असुल गरी निक्षेपकर्तालाई रकम फिर्ता गर्नु भनी जिल्ला अदालत बाँकेले दिएको आदेश दिएको थियो । न्यायाधीश इन्द्रबहादुर कठायतको बेन्चले २०८० पुस २६ गते बचतकर्ताको रकम संगठितरूपमा ठगी गरेको ठहर गर्दै कैद र सजायसहित जायजेथाबाट रकम असुल गरि फिर्ता दिन आदेश गरेको थियो । जिल्ला अदालतको फैसला विरुद्ध सञ्चालकहरू उच्च अदालत गए । तर, उच्च अदालतले पनि गत जेठ १४ गते जिल्लाकै आदेश सदर गरेको थियो ।

आमरण अनशनमा एक्येबद्धता जनाउनका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुले बुधबार आमरण अनसन स्थल पुगेका छन् ।

अनसनस्थलमा दिनभर जसो नागरिक समाजका विभिन्न प्रतिनिधिहरूले मुद्दाप्रति समर्थन र एक्यबद्धता जनाएका थिए । अबेर राति अनसनस्थल पुगेका मुस्लिम समाजका प्रतिनिधि म सरी बागवानले सहकारी पीडितहरूको मागमा सरकार पटक्कै संवेदनशील नभएकोले गुप्ताको सत्याग्रहमा आफूहरूको साथ सहयोग र समर्थन रहने बताए ।

बुधबार राती आमरण अनसनमा रहेका गुप्ता अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भैरहेको छ ।

अनसनस्थलमा दिनभर जसो नागरिक समाजका विभिन्न प्रतिनिधिहरूले मुद्दाप्रति समर्थन र एक्यबद्धता जनाएका थिए। अबेर राति अनसनस्थल पुगेका मुस्लिम समाजका प्रतिनिधि म सरी बागवानले सहकारी पीडितहरूको मागमा सरकार पटक्कै संवेदनशील नभएकोले गुप्ताको सत्याग्रहमा आफूहरूको साथ सहयोग र समर्थन रहने बताए ।

Exit mobile version