लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन अन्तर्गत एरिया ४ का लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा शुक्रबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रम संयोजक सञ्जय थापाका अनुसार, एरिया ४ अन्तर्गतका ३२ वटा लायन्स तथा लियो क्लबहरूले संयुक्त रूपमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र श्रेष्ठले शुभारम्भ गरे ।
कार्यक्रममा १ सय २१ पिन्ट रक्तदान भएको जानकारी दिंदै एरिया ४ का चिफ पुष्कर बहादुर खड्काले मानवीय सेवाका लागि लायन्सले यसखालका कार्यक्रम नियमित सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रम संयोजक थापाले रक्तदान गर्नेहरूमा ५० जना महिला र १६ जनाले पहिलो पटक रक्तदान गरेको बताए ।
