उच्च अदालत बार नेपालगन्जका अध्यक्ष पवन कुमार गुप्तालाई कसौंधन वैश्य समाज मूल समिति नेपालगन्ज बाँकेले मंगलबार स्वागत, सम्मान गरेको छ ।
वैश्य समाजका प्रतिनिधि समेत रहेका गुप्ता बारको गरिमामय पदमा सर्वसम्मत निर्वाचित भएकोमा समाजले औपचारिक कार्यक्रम गरी स्वागत, सम्मान गरेको समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले जानकारी दिए ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, कानुनी सल्लाहकार विनोद कुमार गुप्ता लगायतले बोलेका थिए । ‘समाजलाई कानुनी रुपमा सुसूचित गर्दै निर्भयताको अवस्था सिर्जना गर्न पनि बारसँग कानुनी शिक्षाको साझेदारिताका लागि प्रस्ताव गरिएको छ’, समाजका अध्यक्ष वैश्यले भने ।
कार्यक्रममा बार अध्यक्ष गुप्ताले आफ्नो धारणा राख्दै समाजका अध्यक्ष विविधि पक्षहरुबारे बोलेका थिए ।
