सुरु भयो सन् २०२६

अंग्रेजी नयाँ बर्ष सन् २०२६ को स्वागतमा नेपालगन्जमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएका छन् । सन् २०२५ को बिदाई गर्दै सन् २०२६ को स्वागतमा नेपालगन्जका सबै जसो तारे होटलले आन्तरिक तथा बाह्य पर्यटकको सहभागितामा सांगीतिक कार्यक्रम आयोजना गरेका हुन् ।

त्यसक्रममा होटल सोल्टीमा पानोरोमा इभेन्टस्ले भव्य न्यू इयर इभ आयोजना गरेको महाप्रबन्धक राजविक्रम शाहले जानकारी दिए ।

होटल सिद्धार्थमा प्रकाश सपुत लगायतका राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम गरिएको छ ।
स्टारलाइटले न्यू इयर इभ विशेष कार्यक्रम गरेको विनोद बुढाथोकीले जानकारी दिए ।

‘हामीले पारिवारिक वातावरणमा भव्य इन्डोर इभेन्टस् आयोजना गरियो’, होटल कल्पतरुका महाप्रबन्धक लक्ष्मण पन्थीले भने ।

Exit mobile version