संघले मनायो स्थापना दिवस

नेपालगन्ज उद्योग वाणिज्य संघको ५८औं स्थापना दिवस बिहीबार औपचारिक कार्यक्रम गरी मनाइएको छ । संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवि ओलीको अध्यक्षतामा भएको स्थापना दिवसमा पूर्व अध्यक्ष कन्हैयालाल टण्डन, सतिश चन्द्र अग्रवाल, कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको छ ।

अग्रजहरूलाई सम्मान गरेर संघलाई यहाँसम्म ल्याइपुर्याउनेहरूको योगदानको चर्चा गर्दै स्थापना दिवस मनाइएको महासचिव भीम रानाभाटले जानकारी दिए । २०२४ सालमा ओमकार मल खेतानको अध्यक्षतामा स्थापना भएको संघमा स्वर्गीय केदारनाथ टण्डन, स्व. गौरीशंकर मोहलपाल हुँदै कन्हैयालाल टण्डनको काँधमा नेतृत्व आएको थियो । २०५३ सालमा अच्युत प्रसाईले संघको आधुनिक स्वरूपलाई नेतृत्व गर्दै सतिश चन्द्र अग्रवाल, दामोदर आचार्य, सुनिल कुमार शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, अब्दुल वाहिद मन्सुरी हुँदै वर्तमान अध्यक्ष टंक धामीले संघ कमाण्ड गरेका हुन् ।

कार्यक्रममा संघले नेतृत्व विकास समेत गरेको भन्दै प्रदेश मन्त्री आदेश अग्रवाल, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, संघका पूर्व महासचिव श्याम कुमार शर्मा, विष्णु लामिछाने, अजय टण्डन, प्रदिप कुमार छाजेड, कन्हैयालाल वैद्य लगायतलाईं सम्मान पनि गरिएको थियो ।

Exit mobile version