For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

हामी मरे पनि हाम्रो देश बाँची रहोस्

byDainik Nepalgunj
January 2, 2026
in विचार
0 0
0
हामी मरे पनि हाम्रो देश बाँची रहोस्
Share on FacebookShare on Twitter

हुन त समाजवादीहरू पाप र धर्ममा विश्वास गर्दैनन् । अझ नेपालका विदेशी वादका भरियाहरूले त नेपालको मौलिकता मास्नैपर्ने कसम खाएर पहिलो एजेण्डा नै नेपाल इतरको धर्मसँस्कृतिलाई स्थापित गर्नैका लागि राजनीति गरेको प्रष्ट छ । नेपालका समाजवादी विचारधारा बोकेका पुराना पार्टीले बेलाबेलामा भोगेको दण्डलाई मात्रै पनि आफ्नो कर्मको पाप मान्छन् भने त्यो कर्मको फल अझै बोझिलो बन्दैछ भन्ने बुझे हुन्छ । नेपालको राजनीतिमा २०४६ साल यता हालिमुहाली गरेका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले राजा महेन्द्रलाई गाली गर्न थालेको हिजो पुस १७ गते ६५ बर्ष पुगेछ । देशले बहुदलीय व्यवस्था पछि मात्रै पनि यिनै पार्टीहरूका तीन दर्जन सरकारहरू भोग्यो । यिनीहरूकै शासनकालमा संवैधानिक राजा र नेपालको इतिहास बोकेको गौरवपूर्ण राजसंस्थाको बिघटन गराइयो । न नीति न नैतिकता न विधान न संविधान ससंद र सांसद बनाएर काँग्रेस एमालेले सत्ताभित्र अनेकौं तत्व छिराए र त्यस यताका २० बर्षसम्म उनीहरूसँगै भागबण्डा गठबन्धन गरेर सत्ता र शक्तिको चरम दुरूपयोग गर्दै आए । हिजो जुन शक्तिको आडमा यिनीहरूले देशको राजसंस्था फाले, देशको मूल धर्मसँस्कृति मास्न मोर्चाबन्दी गरे आज त्यहि शक्तिले भदौ बिद्रोह जन्मायो र यिनीहरूलाई फाल्न खोजिरहेको छ । अझैपनि चेत नखुले यिनीहरू फालिनै पर्छ । करनीको पाप त भोग्नैपर्छ ।

यो बीचमा यी समाजवादी पार्टीका सयौं मन्त्री बने्, हजारौं कार्यकर्ताको आर्थिक हैसियत बढ्यो । टायरका चप्पल लगाएर काठमाण्डौं छिरेका नेताहरू र जनताको मुक्तिको सपना देखाएर देशका जनतालाई आपसमा भिडाएर हिंसाको ताण्डब मचाउँदै हजारौं लाशको भर्याङ्ग चढि काठमाण्डौं छिरेका नेताहरू बीना कुनै व्यापार व्यवसाय अलिशान महलहरू, लाखौंका बैंक मौज्दात र महङ्गा गाडीहरूका मालिक बने । देशका साना पूँजिपति र लगानीकर्ता रोइरहे । दलाल र ठेकेदारहरूले देश चलाए । यो सुन्दा कटु लाग्ला तर नेपाली जनताले यिनीहरूको शासनकालमा महसुस गरेको यर्थाथ यहि हो ।

बाइसे चौबिसे राज्य जोडेर नेपाल बनाएको झण्डै अढाई सय बर्ष भयो तर समाजवादीहरूका छोटे रजौटाहरूको जन्म भयो । जब यी जरौटाहरूको ब्रम्हलूट चुलियो यसैको असन्तुष्टिलाई भर्याङ बनाएर यिनका अकाहरूले यिनैलाई पाखा लगाएर नयाँ प्यादा तयार गर्ने योजना बनाए । यिनको कर्मको पाप धुरिबाट कराउन थाल्यो र राजसंस्था फाल्ने मुख्य नाइकेको पार्टी नै अवसान भयो भने मतियारहरूको पार्टी धरापमा परेको छ । यसलाई पाप कराएको भन चाहे कर्मको फल भन जे लाग्छ त्यहि भन ।

यी पार्टीका नेताहरूले बिगत २०४६ यताका ३५ बर्षमा के कति काम गरे देशलाई कस्तो बनाए भनेर सोध्ने ल्याकत नेपाली जनताले राख्नु पर्छ भन्ने कुरा मात्रै नभएर एउटा त्यस्तो राजा वा राजनेतालाई गाली गरको औचित्य कसरी पुष्टि गर्ने भन्ने हो ? देशको राजसंस्था यो देशको विकासको कहाँनेर बाधक थियो ? देशमा अभिभावकीय संस्था नहुँदा के हुँदो रहेछ भन्ने मुल कुरा हो । पृथ्बीनारायाण शाह पछिका राजाहरूमा यो देशको रक्षा गर्ने महान राजा महेन्द्र थिए र उनले २०१७ साल पुसमा चालेको कदम तत्कालिन अवस्थामा गलत थिएन भन्ने कुरा आज झन झन प्रष्ट हुँदै गएको छ ।

हालका राजनीतिक पार्टीहरू झैं नेपालको राजसंस्था कुनैपनि विदेशी वादको छत्रछाँयामा वा कुनै विदेशीको ताण्डवपूर्ण षडयन्त्रको खोलभित्रबाट जन्मेको थिएन । नेपाललाई रणनैतिक भूमिको रूपमा प्रयोग गर्ने योजनामा नेपाली राजसंस्था कहिल्यै खडा भएन । नेपालको अस्मिता बेच्न र विदेशी पोस्नैका लागि नेपाली राजसंस्थाले कहिल्यै काम गरेन । नेपालको शक्ति निर्माण गर्न, नेपाली मात्रको हितको लागि आफ्नो सर्वश्व गुमाएको नेपाली राजसंस्थाको इतिहास छ । यो कुरा हाम्रा पार्टी र नेताहरूले जेन वाइ पुस्तालाई बुझाएनन् भने जेन जी पुस्तालाई त झन बुझाउने कुरै भएन किन कि आजको प्रवृधिको विकासले जेन जी पुस्ता त जेन एक्स र जेन वाइ पुस्ताको हातबाट फुत्केर चरम उपभोक्तावादका टुलकिड्स आइएनजिआ,े एमएनसीको प्रशिक्षणमा सिधै पुगेको छ । जसको परिणाम भदौ २३, २४ भयो र यो अझ भयानक बनाइनेवाला छ ।

नेपाली काँग्रेस र एमालेले हिजो गल्ती गरेको उसको ब्यवहारबाट अझै महसुस गरेको देखिँदैन भने प्रचण्ड माधवहरूलाई एमाले काँग्रेसलाई खुइल्याएर मात्रै आफ्नो अस्तित्व बच्छ भन्ने भ्रम छ । यसैमा उनीहरू जानी जानी नेपाल मास्ने नयाँ मतियार बन्ने दौडको लागि तिघ्रा घस्दै छन् ।

नेपाल देश बनेको यिनीहरूको जस्तो ऐयाशीपूर्ण जिन्दगी, नातावाद, फरियावाद, ठेकेदारवाद, अहंकार र दम्भले पक्कै होइन । राजा महेन्द्रले यिनीहरूले झैं विदेशीको इशारामा काम गरेको भए र देश भन्दा तत्कालका ब्यक्तिगत फाइदा हेरेको भए यो देश बच्ने पनि थिएन । आज राजा र राजसंस्थालाई मनग्य गाली गरेर राजनीति चलेको लागिरहेको छ त्यो अवसर आएको पनि राजा र राजसंस्थाको त्याग र बलिदानले मात्रै हो भन्ने स्वीकार गर्न सक्ने कि नसक्ने ? देशमा नयाँ जेलेस्की जन्मिन नदिन ओली प्रचण्ड माधव शेरबहादुरहरूले किन कुनै त्याग नगर्ने ? नेपाललाई दक्षिण एशियामा पश्चिमाको राजनीतिक प्रयोगशाला बन्न दिनबाट रोक्न यिनीहरूले चासो गरेको देखिन्न । यसले भोलि देश नरहने र हामी पनि नरहने पनि हुन सक्छ ।

नेपाल राष्ट्रका निर्माता बडामहाराजधिराज पृथ्वीनारायाण शाहले कहिल्यै राजगद्दी र राजशी अनुभूति गर्नै नपाइ देश एकिकरण मैं जीवन बिताए । उनका छोराहरूले राजाको जस्तो अनुभूत गर्नै पाएनन् । त्यसपछि राजाहरू राणाहरूका बन्दी बने र खोपीभित्रै बस्ने मात्रै भए । राजा त्रिभुवनसम्म आइपुग्दासम्म राजाहरू राजाजस्ता हुन पाएनन् तैपनि राजाहरूले २४० बर्ष लूटे भन्ने गलत र भ्रमपूर्ण भाष्य विदेशीहरूको इशारामा नेपालका पार्टीहरूले स्थापित गरे । यो कर्मको फल पनि भोग्नै पर्नेछ ।

राणाहरूमा आजका राजनीतिक पार्टीको जस्तो अबुझपना र विदेशीको लागि आफ्नो अस्मिता नै बेचिदिने नियत नभएरै होला उनीहरूले राजसंस्थाको महत्व जिउँदो राखेका थिए र राजालाई अधिकारबिहिन र बन्दी बनाएर राखेपनि राजसंस्था र यसका उत्तराधिकारीको परम्परा इमान्दार तरिकाले कायम राखेका थिए । यसैले आजसम्म नेपाल भन्ने देश छ र हामी नेपाली भनेर नाक फुलाउने अवसर पाएका छौं । त्यो राणाहरूको त्याग थियो या सुझबुझ तर त्यसैले त देश आजसम्म बाँचिरह्यो ।

आफ्ना बाबुले राणाहरूको बन्दी जीवन बिताइरहेका बेला जन्मेका राजा महेन्द्र आफ्नो पुरै जीवनकाल जहाँनीया राणा शासनको छत्रछायाँमा हुर्के । उनले देशभित्र या बाहिर कुनैपनि आधुनिक शैक्षिक संस्थाबाट शिक्षित हुन पाएनन् तर पनि उनको राष्ट्रप्रतिको माया, देश र जनताको चिन्तन, राष्ट्रको अन्तराष्ट्रिय छविको ख्याल, कुटनीतिक क्षमता, राष्ट्रिय सम्पत्तिको सुरक्षा, राष्ट्रिय अस्मिताको बचाव जस्ता कुराले उनी आजका दर्जनौं बिषयमा बिद्यावारिधी गर्नेहरू भन्दा, आजका नेता भन्दा अति नै दूरदर्शी राजा अब्बल नेता थिए भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ । तर यो कुरा नेपालका वर्तमान राजनीति गर्नेहरूलाई पचेन । उनलाई गाली गर्नमा नै माहरथ हासिल गरे । महेन्द्र र राजसंस्थालाई गाली गरेको निबेक लिएर राजनीति गरेर खाई रहेका छन् ।

नेपालको राजसंस्थाप्रति यतिसारो पूर्वाग्रह राख्नुपर्ने कारण यिनीहरूले न आजसम्म प्रष्ट्याउन सकेका छन् न प्रमाणित गर्न नै सकेका छन् । यिनीहरूले गर्ने गरेको कोहोहोलो राजसंस्था भएर विकास भएन, विकासको बाधक राजसंस्था भयो भन्ने मात्रै थियो । आज यिनीहरूले राजसंस्था फालेर कस्को र कस्तो विकास गरे भन्ने कुरा भनिरहन पर्दैन । देशमा आज प्रधानमन्त्रीको बिस्तरामा विदेशी पुग्ने विकास भएको छ । देशको सार्वजनिक ऋण २७ खर्बबाट माथि लागेको छ । पार्टी, नेता र यिनका आसेपासेहरूको सम्पक्ति र ऐयाशीमा मनग्य विकास भएको छ । गरिखाने वातावरण मासिने, समाजले नैतिकता बिर्सिने विकास भएको छ । देशले राजनेता होइन विदेशीका दास जन्माउने कालान्तरमा जेलेन्स्की जन्माउने विकास भएको छ । देशको मूलधर्म र कुलधर्म मासेर विदेशीका मुलकुल धर्म स्थापित गर्ने विकास भएको छ । देशको जमीन बाँझो राखेर विदेशीका कमारा कमारी बन्न जान पाउँदा गर्व गर्ने, म बन्दिन भने तँलाइ पनि बन्न दिन्न भन्ने नेपाली समाजको मानसिकताको विकास भएको छ । देशको पहिचान, पुरातात्विक सम्पदा, देशका अभिलेखहरू र देशभित्र उद्यम गर्नेहरूको सम्पत्तिमा आगो लगाएर उत्सव मनाउने चरित्रको विकास भएको छ । यो सब गर्नैका लागि राजसस्था नचाहिएको भने त भन्नु केहि छैन होइन भने यसको पाप कराउनु पर्छ कि पर्दैन ? आफ्नो देशको राजसंस्था फाल्नेहरूले संसारका राजसंस्था र राजा भएका देशमा युवाहरू बेच्दा अलिकति लाजसरम मान्नु पर्छ कि पर्दैन ? आफ्नो कुलधर्म बेचेर अरूको कलोटिप्न जाँदा लाज मान्नु पर्छ पर्दैन ?

आज राजा महेन्द्रको अवसान भएको ५४ बर्ष बितिसक्दा र राजसंस्था फालेको २० बर्ष हुँदापनि राजा महेन्द्र र राजसंस्था प्रति पूर्वाग्रह राखेर के लछारपाटो लाए ? पृथ्वीनारायण शाहलाई गाली गरे देशलाई कुन बाटोमा डोर्याए ? हाम्रो पुस्तालाई राजाहरूका राम्रा कामहरूको बारेमा पढ्न र बुझ्न नदिइएर कस्तो नेपाल बनाए ? ‘राजा एउटा सामन्त हो, यसको समूल नष्ट नगरेसम्म हामीले कुनै अधिकार पाउँदैनौंं, यसलाई मास्नु पर्छ,’ भनेर दुई दुई पुस्तालाई पथभ्रष्ट बनाएको परिणाम होइन र आजको नेपाल ? अनि के अब यत्तिकै भरमा यिनीहरूले मुक्ति पाउने हो त ? एक पटक सोच्नै पर्छ । नेपालको वास्तविक हित चाहने वर्गले अबपनि आफ्नो चेत खोलेन र देश मास्न उद्दत वर्ग र जेलेस्की मार्गका भ्रुणहरूको पछि लागियो भने भोली नेपाली भन्ने पहिचान खोज्न भारतमा दार्जिलिङ र सिक्किमले संघर्ष गरे झैं गर्नु पर्नेछ । आज यूक्रेनी जनताले आफ्नो थातथलो छोडेर प्राण रक्षाको लागि शरण मागे झैं माग्नु पर्नेछ । यहुदिहरूले बर्षौसम्म आफ्नो भूमि नपाएर अर्काको भूमिमा बस्दा संसारभर यातना खेपे झैं खेप्नु पर्नेछ । आज बंग्लादेशमा हिन्दुहरूले मृत्यु पनि इज्जतदार होस भन्ने कामना गरे झैं गर्नु पर्नेछ । मान चाहे नमान देशको राजसंस्था फाल्ने र यसका मतियार बनेका हामीलाई यस्तै पाप लाग्ने बाटोमा आज देश जाँदै छ । राजा महेन्द्र मरे तर देश मर्न दिएनन, राजसंस्था मर्यो तर देश नमरोस् भनेर काम गर्यो । हामी पनि त्यहि आशा राखौं राजसंस्थाले झैं त्यस्तै त्याग गरौं । हामी मरे पनि हाम्रोे देश बाँची रहोस् ।

Previous Post

मन्त्रीको मन्तव्य– राज्य व्यवस्थामा देखिएको छायाँ

Next Post

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

Next Post
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

April 7, 2026
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

April 7, 2026
बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका

बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका

April 7, 2026
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version