एमालेले गर्यो उम्मेदवार सिफारिस

नेकपा एमालेले बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फको उम्मेदवारी सिफारिस गरेको छ । नेकपा एमाले बाँकेको शनिबार भएको तीन वटै निर्वाचन क्षेत्रको क्षेत्रीय कमिटिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

दुई वटा क्षेत्रीय समितिले एकल र एउटा क्षेत्रबाट तीन जना उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल, क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य दलबहादुर सुनारको नाम एकल सिफारिस भएको एमाले बाँके स्रोतले बनाएको छ ।

त्यस्तै, क्षेत्र नं. २ मा भने नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस गरिएको छ । क्षेत्रले पठाएको नाम जिल्ला हुँदै प्रदेश र केन्द्रमा जाने छ ।

क्षेत्र नम्बर १ का ढकाल विघटित प्रतिनिधि सभाका सदस्य हुन् । धेरै जनाले रुचि देखाए पनि तीन जनासम्मको नाम पठाउन भनिएकाले ३ नम्बरबाट तीन जनालाई समेटिएको र अन्यत्रबाट एकल नाम सिफारिस भएको पार्टी उपाध्यक्ष रत्न खत्रीले बताएका छन् ।

Exit mobile version