आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ३५औं ‘प्याब्सन डे’ का अवसरमा ब्राइटल्याण्ड मावि नेपालगन्जका संस्थापक विजय कुमार लामालाई ‘शिक्षा दीप सम्मान’ बाट सम्मानित गरेको छ ।
जय बागेश्वरी माविका संस्थापक विद्यामान राजभण्डारीलाई ‘लाइभटाइम एचिभमेन्ट अवार्ड’ ले विशेष सम्मान गरेको प्याब्सन बाँकेले जनाएको छ ।
त्यस्तै, हालै विद्यावारिधी गरेर ‘देवसेना’ पुस्तक प्रकाशन गरेका डा. जगत तिमिल्सिनालाई प्याब्सनले समारोहमा विशेष सम्मान गरेको थियो ।






























