रिमालले नचाइन् दर्शक

नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायीका रचना रिमालले दर्शकलाई नचाएका छन् । फोटो फ्रिममा, अच्छा लेकिन लण्डनको चिसोले समाउला, भन साइला, आउ तिमि ंअगालोमा, तिमीले सोचे भन्दा धेरै, उनको प्रिति अहिले हो कि पहिले लगायतका दर्जन बढि चर्चित चर्चित गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो । गायीका रिमालको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए । यस्तै अर्का चर्चित गायीका संगिता बडुवालले पनि आफ्ना चर्चित चचित गित प्रस्तुत गरेर दर्शकहरुलाई झुमी झुमी नचाएका थिए ।

गायीका कडुवालले दर्शकहरुलाई देउडा गित गाएर दर्शकलाई देउडा खेलाएका थिए । उहाँको गितमा दर्शकहरु गोलबद्ध गराइ देउडा खेलाएका थिए । यस्तै गायक शक्ति चन्दले पनि दर्शकहरुलाई आफ्नो प्रस्तुतीले युवायुवतिहरुलाई झुमि झुमि नचाएका थिए । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनुभयो । यस्तै भोली शनिवार नेपालगन्ज महोत्सवमा चर्चित गायक कमल विसी माल्दाई, गायीका सृजना खत्री ९हाउडे माया०, मोडल करिश्मा शाहीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले जानकारी गराउनु भएको छ ।

Exit mobile version