नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक कमल विसी माल्दाईको दमदार इन्ट्रि भएको थियो । गायक माल्दाईको इन्ट्रि भएपछि दर्शकको भिडले माहोल नै तातियो । माल्दाईले बर्दियाको बाघ आयो बाघ आयो भन्दै स्टेज चढ्नु भएको थियो । माल्दाईले स्टेज चढेपछि दर्शकको माहोल नै फरक खालको देखिएको थियो । गायक माइला दाईले कता कता भनेपछि दर्शकले यता यता जवाफ दिएका थिए । दर्शकको हुटिङले माल्दाईको जोसले झनै माहोलको रोनक छुट्टै भएको थियो । माइला दाई कता कता भन्दै स्टेज चढेका गायक विसीले दर्शक सामु नै पुगेर उफारी उफारी नचाएका थिए । दर्शकको हुटिङ पाएका गायक माल्दाई डोरी बाटेर बोलको गित प्रस्तुत गर्दा दर्शक झनै उफ्रि उफ्रि नाचेर साथ दिएका थिए ।
दर्शकको साथ पाएका गायक माल्दाईसंग भेट्न उनिहरु स्टेजमैै पुगेर फोटो खिचाउन थामी नसक्नु भिड देखिएको थियो । स्टेज चढेका गायक माल्दाईले चकलेटको गेम खेलाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । एकपछि एक चलेका गित प्रस्तुत गर्दै लोक दोहरी गायक माल्दाई बर्दियामा घर छ मलाई के को डर छ भनेपछि झनै दर्शकको हुटिङ आएको थियो । यस्तै चर्चित गायीका सृजना खत्री हाउडे मायाले पिपलु छाया लाहुरे माया, हाउडे माया जस्ता गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो । यस्तै मोडेल करिश्मा शाहीले नृत्य प्रस्तुत गर्नु भएको थियो भने दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।
पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताउनुभयो ।
महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनुभयो । यस्तै भोली आइतवार नेपालगन्ज महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायीका इसबल सन्ज्याल, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले जानकारी गराउनु भएको छ ।































