For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

byDainik Nepalgunj
April 13, 2026
in News
0 0
0
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

Smoke rises on the skyline after an explosion in Tehran, Iran, Saturday, Feb. 28, 2026.(AP Photo)

Share on FacebookShare on Twitter

मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पार्नुभएको छ । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताउनुभयो । यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ । तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ । इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताउनुभयो । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने स्पष्ट पार्नुभएको छ । “यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ”, उहाँको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाउनुभएको छ । यसबीच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो । क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने सङ्केत देखिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्न प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले इजरायली सेना फिर्ता गराउने, कैदीहरू मुक्त गराउने र ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने लक्ष्यमा काम भइरहेको उल्लेख गर्नुभयो । तर इजरायलले भने आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाहबाट आउने खतरा नियन्त्रणमा आएको दाबी गर्नुभयो, यद्यपि ‘सुरक्षा क्षेत्रभित्र युद्ध जारी’ रहेको स्वीकार गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन युनिफिलले इजरायली ट्याङ्कले आफ्ना गाडीहरूमा दुईपटक ठक्कर दिएको र दक्षिण लेबनानका केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ । लेबनानमा जारी आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र कुल मृतक सङ्ख्या दुई हजार ५५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले भने वर्तमान युद्धविराम लेबनानमा लागू नहुने बताउँदै हिजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने अडान दोहो¥याएको छ ।

Previous Post

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

Next Post

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

Next Post
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

May 5, 2026
राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

May 5, 2026
नेपाल भारत मैत्री सम्बन्धमा जोड

नेपाल भारत मैत्री सम्बन्धमा जोड

May 5, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन : प्रधानमन्त्री शाह

May 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version